प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १२/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • मातृत्व—अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड
    ब्यूँझनुहोस्‌!—२००२
  • आमाले सामना गर्ने चुनौतीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १२/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

मातृत्व “मातृत्व—के असाधारण क्षमता भएकी महिला नै चाहिन्छ?” भन्‍ने श्रृंखलाबद्ध आवरण लेखको लागि धेरै धन्यवाद। (मे ८, २००२) जागिरे आमाहरू जति घरमै बस्ने आमाहरू व्यस्त हुँदैनन्‌ भन्‍ने आज धेरैको सोचाइ छ। तपाईंहरूको लेखले आफ्ना पाठकहरूलाई सबै आमाहरू वास्तवमा जागिरे आमाहरू हुन्‌ भनी बुझ्न मदत गऱ्‍यो!

टि. एम., संयुक्‍त राज्य अमेरिका (g02 11/22)

पत्रिका हेर्ने बित्तिकै मैले पृष्ठ २ मा भएको असाधारण महिलाको चित्र देखिहालें। मलाई तुरुन्तै त्यो लेख पढ्‌न मन लाग्यो। दुई साना छोराकी आमाको नाताले म के भन्‍न सक्छु भने, त्यस लेखमा आमाले दैनिक रूपमा गर्नुपर्ने जुन कार्यहरूबारे वर्णन गरिएको थियो, त्यो एकदमै वास्तविक थियो।

सी. एल., जर्मनी (g02 11/22)

म १२ वर्षीया केटी हुँ र मैले यो पत्रिका पाउनसाथ पढिहालें। मेरी आमाले बुबा र मेरोलागि कति धेरै मेहनत गर्नुहुँदो रहेछ भन्‍ने कुरा अब मैले बुझें। म मेरी आमाको धेरै मूल्यांकन गर्छु र अहिले म उहाँलाई धेरै मदत गर्छु।

ए. एल., संयुक्‍त राज्य अमेरिका (g02 11/22)

मेरो सानो छोरा दुई वर्षको भयो। छोरा जन्मनुअघिसम्म मैले आंशिक रूपमा जागिर खाँदै पूर्ण-समय प्रचारकको काम गरिरहेकी थिएँ। त्यही जीवन शैलीको चाहना गरेकी हुँदा मलाई आफू आमाको भूमिका निर्वाह गर्न अयोग्य छु जस्तो लाग्यो। मलाई आश्‍वासन चाहिएको थियो र यी लेखहरू पढ्‌दा मैले धेरै हल्का महसुस गरें।

एस. टि., इटाली (g02 11/22)

आराम गर्न समय निकाल्नुहोस्‌ भनी तपाईंहरूले दिनुभएको सल्लाहको महत्त्व मैले भर्खर बुझ्न थालेकी छु। यो लेख पढ्‌नुभन्दा अघि पनि म आराम गर्ने गर्थें तर यसो गरेकोमा म दोषी महसुस गर्थें। तर सन्तुलन कायम गरेसम्म दोषी महसुस गर्नु आवश्‍यक छैन भन्‍ने कुरा बुझ्न मदत गर्नुभएकोमा तपाईंहरूलाई धन्यवाद।

सी. सी., संयुक्‍त राज्य अमेरिका (g02 11/22)

कोही-कोही आमाहरू आफ्नो कडा मेहनतअनुसारको मूल्यांकन आफूले नपाएको महसुस गर्छन्‌। यस लेखले उनीहरू जुन प्रशंसाको योग्य थिए, त्यो दियो। चार जना छोराछोरीको आमाको हैसियतमा मलाई घरायसी कामकाज र जागिरबीच सन्तुलन कायम राख्नु कत्ति गाह्रो हुन्छ भन्‍ने कुरा थाह छ। यहोवाले कडा मेहनत गर्ने आमाहरूको विषयमा तथ्य कुरा लेख्न सुलेमानलाई चलाउनुभएको कुराले मलाई सान्त्वना दिनुका साथै यथासक्दो गर्ने प्रोत्साहन दिएको छ।

इ. एस., जर्मनी (g02 11/22)

म तीन वर्षीया छोरीकी आमा हुँ र मलाई जहिले पनि साह्रै थकित महसुस हुने भएकोले दोषी भावनाको सामना गर्छु। यी लेखहरूले मलाई यस्तो महसुस गर्ने म मात्र होइन रहेछु भन्‍ने कुरा बुझ्न मदत गर्नुका साथै आफ्नो अवस्था सुधार्न मैले गर्न सक्ने केही एकदमै राम्रा सुझावहरू पनि दियो।

के. जे., संयुक्‍त राज्य अमेरिका (g02 11/22)

यस पत्रिकाको आवरण चित्रमा एक जना आमाले आफ्नो सानो बच्चालाई बोकिरहेकी छिन्‌। यसो हेर्दा त्यो सानो बच्चाले हट डग खाइरहेजस्तो देखिन्छ। म र मेरी पत्नीले भर्खरै शिशुहरूको विषयमा सी पी आर-सम्बन्धी कक्षा लिएका थियौं। शिशु तथा स-साना केटाकेटीहरूले हट डग खायो भने सर्किने डर हुन्छ भनेर प्रशिक्षकले बताउनुभएको थियो। उहाँले स-साना केटाकेटीलाई सकेसम्म हट डग नदिनु भन्‍नुभएको छ।

जी. इ., संयुक्‍त राज्य अमेरिका (g02 11/22)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: हट डग खाँदा शिशु तथा स-साना केटाकेटीहरू सर्किन सक्छन्‌ भन्‍ने कुरामा हामी सहमत छौं। वास्तवमा, हाम्रो आवरण चित्रमा देखाइएको आमाले बोकिरहेको बच्चाले गाजर चुसिरहेको हो।

भूकम्प मैले “भूकम्प पीडितहरू आफ्नो कथा सुनाउँछन्‌” भन्‍ने आवरण लेख पढें। (अप्रिल ८, २००२) यस लेखमा तपाईंहरूले “७.० र त्यो भन्दा ठूलो रेक्टर स्केलको भूकम्प २० औं शताब्दीको दौडान लगभग यथावत्‌ नै रहेको छ” भन्‍ने स्रोतबाट लिइएको टिप्पणी उद्धरण गर्नुभएको थियो। तथापि, सन्‌ १९९९ वर्ल्ड आलम्नायक-ले देखाएअनुसार सन्‌ १९९० दशकको दौडान भूकम्पको संख्यामा निकै वृद्धि भएको थियो।

एफ. ए., इटाली (g02 11/08)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: यस विषयमा तटस्थ रहेर कुरा गर्नुपर्दा, हाम्रो लेखले २० औं शताब्दीमा कति भूकम्पहरू गए भनेर केही भूकम्प-वैज्ञानिकहरूले किटान गरेर भनेको कुरालाई औंलाएको मात्र हो। कतिले भूकम्पहरूको संख्या “लगभग यथावत्‌ नै रहेको छ” भन्‍ने विश्‍वास गरे तापनि मत्ती अध्याय २४ मा येशूको भविष्यवाणी हाम्रो युगमा पूरा भइरहेको छ भन्‍ने कुरालाई त्यहाँ स्पष्ट पारिएको थियो। येशूले “ठूला ठूला भैंचालो जानेछ” भन्‍नुभएको थियो।—लुका २१:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने