प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ११/८ पृ. ३
  • खतरा कत्तिको व्याप्त छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खतरा कत्तिको व्याप्त छ?
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • जब जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्‌
    ब्यूँझनुहोस्‌!—२००३
  • ती अजिर जीवाणुहरू—फेरि कसरी देखा पर्छन्‌
    ब्यूँझनुहोस्‌!—२००३
  • रोगहरू विरुद्धको सङ्‌घर्षमा सफलता र असफलताहरू
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ११/८ पृ. ३

खतरा कत्तिको व्याप्त छ?

अक्टोबर १९९७ मा तीन हप्ता पुगेको बच्चा हली मलीनलाई कानको संक्रमण भयो। दुई चार दिनमा पनि निको नभएपछि डाक्टरले नयाँ एन्टिबायोटिक लेखिदिए। चाँडै निको हुनुपर्ने थियो तर भएन। संक्रमणले छोडेन अनि प्रत्येक एन्टिबायोटिकको मात्रा पूरा गरिसकेपछि पनि फेरि-फेरि संक्रमण भइरह्‍यो।

एक वर्षको होउन्जेलसम्म हलीले १७ प्रकारको एन्टिबायोटिक कोर्स पूरा गरिसकेकी थिइन्‌। पछि, २१ महिनाको हुँदा उनलाई नराम्रोसँग संक्रमण भयो। अन्तिम विकल्पको रूपमा उनलाई १४ दिनसम्म नसाबाट एन्टिबायोटिक खुवाएपछि बल्ल संक्रमण हरायो।

यस्ता घटनाहरू दिनदिनै सामान्य हुँदै गइरहेका छन्‌ अनि यो बच्चा र वृद्धहरूमा मात्र सीमित छैन। कुनै समय एन्टिबायोटिक खाएर सजिलै निको हुने रोगहरूबाट अहिले सबै उमेरका मानिसहरू बिरामी परेर मरिरहेका छन्‌। वास्तवमा, एन्टिबायोटिक प्रयोग गरिएको विभिन्‍न उपचारबाट बचेका जीवाणुहरू कुनै-कुनै अस्पतालमा गम्भीर समस्याको रूपमा सन्‌ १९५० को दशकदेखि देखा परिरहेको छ। अनि १९६० र १९७० को दशकमा एन्टिबायोटिक प्रतिरोधात्मक जीवाणुहरू अस्पतालबाट बाहिरसम्म फैलन थाले।

अन्ततः चिकित्सा अनुसन्धाताहरूले एन्टिबायोटिकले नछुने प्रतिरोधी जीवाणुहरू वृद्धि हुनुको प्रमुख कारण मानिस र पशुहरूमा एन्टिबायोटिकको अचाक्ली प्रयोग हो भनी बताएका छन्‌। सन्‌ १९७८ मा एक जना चिकित्सा कर्मचारीले एन्टिबायोटिकको अचाक्ली प्रयोगलाई “अनियन्त्रित” भनी वर्णन गरे। अतः १९९० को दशकतिर यस्ता शीर्ष समाचारहरू संसारभरि सामान्य भइसकेका थिए: “जब्बर कीराहरू आउँछन्‌,” “जब्बर कीराहरूले अड्डा जमाउँछन्‌,” “खतरनाक औषधीहरू—एन्टिबायोटिकको अचाक्ली प्रयोगले जब्बर कीराहरूको जगजगी।”

सनसनीपूर्ण? सम्मानित चिकित्सा संगठनहरूअनुसार होइन। सन्‌ २००२ मा संक्रामक रोगहरूबारे रिपोर्टमा विश्‍व-स्वास्थ्यसंघकी महानिर्देशकले यसो भनिन्‌: “नयाँ सहस्राब्दीको प्रभातमा मानवजातिले अर्को संकट सामना गर्दैछ। पहिला-पहिला निको हुने रोगहरू . . . अहिले सूक्ष्मजीवको वृद्धिलाई रोक्ने प्रतिरोधीहरूको कवचमा जम्मा भइरहेका छन्‌।”

यो संकट कत्तिको गम्भीर छ? “[औषधी-प्रतिरोधात्मक जीवाणुहरूको] खतरनाक विकासले संक्रामक रोगहरूको उपचार गर्ने मौकाको ढोका बन्द गरिरहेको छ” भनी विश्‍व-स्वास्थ्यसंघले रिपोर्ट गऱ्‍यो। आज थुप्रै निकायहरूले यसलाई “पूर्व-एन्टिबायोटिक युगमा” मानिसजातिको फिर्ता समेत भनेका छन्‌ जुन समयमा संक्रमणहरू निको पार्ने कुनै एन्टिबायोटिकहरू थिएनन्‌।

वास्तवमा प्रतिरोधी जीवाणुहरूले कसरी संसारमा अधिकार जमाउन, उच्च प्रविधियुक्‍त वैज्ञानिक प्रविधिहरूलाई उछिन्‍न सकेका छन्‌? के मानिसले आफू र अरूलाई जोगाउन सक्ने कुनै उपाय छ? अनि एन्टिबायोटिक प्रतिरोधी जीवाणुहरूसित प्रतिरोध गर्नको लागि कस्ता समाधानहरू आशा गर्न सकिन्छ? यसपछिका लेखहरूले केही जवाफहरू प्रस्तुत गर्नेछ। (g03 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने