प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ७/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ७/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

बुबाहरू “असल बुबा बन्‍न के चाहिन्छ?” (सेप्टेम्बर ८, २००४) भन्‍ने शृङ्‌खला मैले भर्खरै पढेर सिध्याएँ। परिवार र मण्डलीका जिम्मेवारीहरूको लागि अझ बढी समय निकाल्न म आफ्नो जागिरको समयतालिकामा छाँटकाँट गर्दैछु। मेरो आर्थिक अवस्थालाई विचार गर्दा कहिलेकाहीं मलाई जागिरमा अझ बढी मेहनत गरेर मैले अझ धेरै पैसा कमाउनुपर्छ जस्तो लाग्थ्यो। तर पैसाभन्दा महत्त्वपूर्ण कुरा आफ्नो परिवारसित बिताएको समय हो भनेर यस शृङ्‌खलाले मलाई विश्‍वस्त बनायो। सफल बुबाहरूको अनुभवले मलाई प्रोत्साहन दियो।

के. एस., जापान

यस शृङ्‌खलाको लागि म र मेरी बहिनी असाध्यै कृतज्ञ छौं। बुबासित हाम्रो त्यत्ति कुराकानी हुँदैन। हामी पक्कै पनि उहाँलाई माया गर्छौं अनि उहाँले मुखैले नभन्‍नुभए तापनि उहाँ हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। यो लेख पढ्‌दा हामीलाई बुझ्ने कोही हुनुहुन्छ भनेर महसुस गर्न सक्यौं। तपाईंहरूलाई हृदयदेखि धन्यवाद छ!

भी. डी., इटाली

ख्याति “ख्यातिभन्दा उत्तम कुरा” (सेप्टेम्बर ८, २००४) भन्‍ने लेख मेरा प्रार्थनाहरूको जवाफ थियो। पूर्ण-समय प्रचारकको काम फेरि सुरु गरेर मैले एउटा बुद्धिमानी निर्णय गरें भन्‍ने कुराबारे यसले मलाई विश्‍वस्त तुल्यायो। त्यस लेखले देखाएझैं सुरुमा त चार्ल्सको बुबा तिनको निर्णयसित सहमत भएनन्‌। तर पछि गएर तिनले कत्ति ठूलो इनाम पाए! यहोवाको सेवामा अझ बढी समय बिताउन मैले गरेको निर्णयसित मेरी आमा सहमत हुनुहुनेछ भन्‍ने आशा मलाई छ। यस्ता लेखहरूमार्फत हामीलाई यहोवाका विश्‍वासी सेवकहरूबारे जानकारी दिनुभएकोमा धन्यवाद।

वाई. पी., युक्रेन

जवान व्यक्‍ति भएकोले कहिलेकाहीं म आफूलाई संसार र यसले दिन सक्ने कुराहरूद्वारा अलमलिएको पाउँछु। वास्तवमा, आफूले रोजेको सांसारिक पेसाद्वारा मैले ठूलो ख्याति कमाउन सक्थें। यो लेख पढिसकेपछि मैले महसुस गरें कि मैले यो पेसा रोज्नु पछाडिको मनसाय यहोवाको सेवा गर्नु थिएन। भाइ चार्ल्स सिन्टेकोको जीवनीले मेरो मनै छोयो किनभने ख्याति भनेको के हो भन्‍ने कुरा उहाँ आफैले प्रत्यक्ष अनुभव गर्नुभएको थियो, तैपनि उहाँले यहोवाको सेवा गर्न रोज्नुभयो। पूर्ण-समय यहोवाको सेवा गर्नु जति राम्रो कुरा यो संसारमा अरू केही पनि छैन भनी यो लेखले मलाई देखायो।

आर. के., क्यानाडा

पूर्ण-समय यहोवाको सेवा गर्न भाइ सिन्टेकोले आकर्षक गायन पेसालाई लत्याउनुभयो भन्‍ने कुराले मेरो मनै छोयो। म मेरो श्रीमान्‌ सँगसँगै अग्रगामी गर्दैछु। यहोवामा भरोसा राखेर अनि हाम्रो जीवनमा परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिएर हामी भाइ सिन्टेकोको उदाहरण पछ्याउन चाहन्छौं। यो उत्थानदायी अनुभव प्रकाशित गर्नुभएकोमा तपाईंहरूलाई धन्यवाद छ!

इ. एस., जापान

विवाहपूर्व यौनसम्बन्ध  “युवा जनहरू सोध्छन्‌ . . . विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु?” भन्‍ने लेखको लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। (सेप्टेम्बर ८, २००४) एक जना शिक्षक र सल्लाहकारको रूपमा मैले यो लेख निकै रोचक पाएँ। कक्षाको एउटा छलफलमा मैले विद्यार्थीहरूलाई यहोवाको नजरमा पवित्र र प्रशंसनीय रहन अनि विवाहपूर्व यौनसम्बन्ध राख्दा आइपर्न सक्ने विभिन्‍न समस्याहरूबाट जोगिएर आफ्नो पढाइमा राम्रो प्रगति गर्न मदत गर्ने केही उपयोगी बुँदाहरूबारे बताएँ। थुप्रै विद्यार्थीहरूले चासो देखाए र बाइबलबारे अझ बढी सिक्न चाहे! अहिले केही शिक्षकहरूले तिनीहरूको कक्षाका विद्यार्थीहरूसित पनि कुराकानी गरिदिन मलाई आग्रह गरिरहेका छन्‌। मेरो कक्षाका विद्यार्थीहरूसित म हरेक हप्ता युवा जनहरूका प्रश्‍न पुस्तकबाट विभिन्‍न विषयहरूमा छलफल गर्छु।

बी. सी., मोजाम्बिक

म २५ वर्षको भएँ र नैतिक तवरमा चोखो रहन मैले हरसम्भव प्रयास गरेको छु। आदरणीय विवाहमा बाँधिन अहिले म अझ बढी कटिबद्ध भएको छु। तपाईंहरूको यस्तो राम्रो काम जारी राख्नुहोस्‌।

एफ. के., युगान्डा (g05 6/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने