प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १०/८ पृ. १८-१९
  • प्रभावकारी साक्षी दिने केटाकेटीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभावकारी साक्षी दिने केटाकेटीहरू
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानिएलको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १०/८ पृ. १८-१९

प्रभावकारी साक्षी दिने केटाकेटीहरू

यहोवाका साक्षीहरूका थुप्रै केटाकेटीहरू स्कूलमा अनि प्रचारमा जाँदा नडराई आफ्नो विश्‍वासबारे बताउँछन्‌। तिनीहरू असाध्यै सफल पनि भएका छन्‌। निम्न उदाहरणहरू विचार गर्नुहोस्‌।a

क्रिस्टिना भन्छिन्‌, “कक्षा तीनमा हुँदा हाम्रो मिसले हामीलाई दिनभरि भएका कुराहरू लेख्न एक-एक वटा डायरी दिनुभएको थियो। हामीले लेखेको दैनिकी मिसले पढ्‌नुहुन्थ्यो र केही टिपोट लेखेर हामीलाई फिर्ता दिनुहुन्थ्यो। मैले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा असाइनमेन्ट पाएकी थिएँ र त्यसैबारे दैनिकी लेख्ने विचार गरें। हाम्रो मिसलाई त्यो दैनिकी साह्रै मन परेछ। त्यसकारण, मैले उहाँलाई मेरो असाइनमेन्ट सुन्‍न राज्य भवनमा बोलाएँ। अचम्मको कुरा, उहाँ मात्र होइन एक कक्षामा मलाई पढाउनुहुने मिस पनि उहाँसँगै आउनुभयो। पछि मिसले कक्षाका सबै साथीहरूसामु मेरो कार्यक्रम निकै रमाइलो लाग्यो भन्‍नुभयो। मलाई धेरै खुसी लाग्यो। तर अर्को कुरा पनि छ। वर्षदिन जति पछि मैले आफ्नो यो अनुभव यहोवाका साक्षीहरूको क्षेत्रीय सम्मेलनमा पनि सुनाउने मौका पाएँ र त्यो सम्मेलनमा मेरो मिस पनि आउनुभएको थियो। पछि मेरो अग्रगामी साथीसित मेरो मिसलाई भेट्‌न गयौं र उहाँलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक दियौं। उहाँ हाम्रो जिल्ला अधिवेशनमा पनि आउनुभयो।”

छ वर्ष पुगेकी सिड्‌नी स्कूलका साथीहरूलाई मरेका मानिसहरू कुन अवस्थामा हुन्छन्‌, परमेश्‍वर र येशूबीच के सम्बन्ध छ लगायत बाइबलमा भएका अरू थुप्रै सत्य कुराहरू निर्धक्क भई बताउन सिपालु थिइन्‌। तिनकी आमा भन्छिन्‌, “ऊ प्रचार गर्न निकै जोसिलो र निडर छे।” कक्षा एकको पढाइ सिद्धिने बेला आफूलाई साह्रै दुःख लाग्यो भनेर सिड्‌नीले आमालाई बताइन्‌। उनले भनिन्‌, “मलाई साथीहरूको चिन्ता लागिरहेछ। उनीहरूले कसरी यहोवाको कुरा सिक्छन्‌ होला?” सिड्‌नीले एउटा उपाय निकालिन्‌। स्कूल जाने अन्तिम दिन उनले साथीहरूलाई एक-एक वटा बाइबलका कथाहरू भएको मेरो पुस्तक राम्ररी पोको पारेर उपहार दिइन्‌। सिड्‌नीले आफ्ना साथीहरूलाई जम्माजम्मी २६ वटा किताब दिइन्‌ र घर पुगेर आ-आफ्ना आमाबाबुसित मिलेर त्यो उपहार खोल्नू भनिन्‌। सिड्‌नी आफ्ना साथीहरूलाई प्रचार गर्ने आफ्नो व्यक्‍तिगत इलाका सम्झन्छिन्‌। किताब पढेर कस्तो लाग्दैछ भनेर सोध्न उनीले साथीहरूलाई फोन पनि गरिन्‌। उनको एक जना साथीले त हरेक रात आफ्नी आमासित उक्‍त पुस्तक पढ्‌ने गर्छु भनेर बताइन्‌।

पन्ध्र वर्षकी हुँदा एलेनले इतिहास पढाउने आफ्नो सरलाई दुई/तीनवटा ब्यूँझनुहोस्‌! पत्रिका दिएकी थिइन्‌। एलेन भन्छिन्‌, “सरलाई ती पत्रिकाहरू साह्रै मन परेछ। अहिले उहाँले ब्यूँझनुहोस्‌! पत्रिका पढ्‌न थाल्नुभएको दुई वर्ष भइसक्यो।” एलेन अझै यसो भन्छिन्‌, “मैले हालै सरलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक पनि दिएँ र उहाँकी दुइटी छोरीहरूलाई यो किताब साह्रै मन पऱ्‍यो भनेर सरले मलाई बताउनुभयो। त्यसैले पछि उहाँलाई लर्न फ्रम द ग्रेट टिचर किताब पनि दिएँ। यो किताब पाउनुभएपछि उहाँले यसो भन्‍नुभयो: ‘किताबहरूको लागि धेरै धन्यवाद। मेरी छोरीहरू र म यी किताबहरू पढेको पढ्यै गर्छौं। तिमीजस्तो परिपक्व अनि आफ्नो काममा समर्पित किशोरी देख्दा धेरै खुसी लाग्छ। तिमीसित अतुलनीय विश्‍वास छ। मैले भन्दा तिमीले पो मलाई धेरै कुरा सिकायौ!’ यस घटनाले गर्दा बाइबलमा भएका सत्य कुराको मूल्याङ्‌कन गर्ने मानिसहरूको कुनै कमी छैन, हामीले सुनाउने प्रयास मात्र गर्न पर्दो रहेछ भनेर मैले बुझें।”

डेनियलले पहिलो पटक बाइबल अध्ययन सञ्चालन गर्न थाल्दा छ वर्षका मात्र थिए। डेनियल भन्छन्‌, “म आमासँगै उहाँका बाइबल अध्ययनहरूमा जान्थें तर मलाई आफैले कसैलाई बाइबलबारे सिकाउन मन लाग्यो।” डेनियलले ऱ्‍याट्‌क्लिफ नाउँकी एक वृद्धालाई बाइबल साहित्य दिएका थिए। त्यसकारण उनीसँगै बाइबल अध्ययन सुरु गर्ने निधो गरे। “म तपाईंलाई मलाई मन पर्ने किताब देखाउँछु है” भन्दै तिनले “म हरेक हप्ता यहाँ आएर तपाईंलाई एउटा कथा पढेर सुनाउँछु नि हुन्‍न” भने। ऱ्‍याट्‌क्लिफ राजी भइन्‌। “पछि त्यही दिन हामीले ऱ्‍याट्‌क्लिफ बज्यैसित अध्ययन सुरु गऱ्‍यौं” डेनियलकी आमा लोरा भन्छिन्‌। “डेनियल र ऱ्‍याट्‌क्लिफ बज्यै पालैपालो अनुच्छेद पढ्‌थे र त्यसपछि डेनियलले कथाको पुछारमा भएका केही बाइबल पदहरू छानेर पढ्‌न पनि लगाउँथे। म डेनियलसँगै जान्थें तर ऱ्‍याट्‌क्लिफ बज्यै डेनियलसँगै छलफल गर्न चाहनुहुन्थ्यो।” पछि डेनियल र ऱ्‍याट्‌क्लिफले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट पनि अध्ययन गर्न थाले। त्यतिन्जेल डेनियलकी बहिनी न्याट्‌ली पनि पढ्‌न सक्ने उमेरकी भइसकेकी थिइन्‌। त्यसकारण, बहिनीचाहिं पनि दाइसँगै जान थालिन्‌। ऱ्‍याट्‌क्लिफले थुप्रै प्रश्‍न सोध्ने गर्थिन्‌ र तीमध्ये कुनै-कुनै निकै गहिरा हुन्थे। तर डेनियल र न्याट्‌लीले चर्चाका लागि बाइबल विषयहरू पुस्तिका र बाइबलको शब्दसूची प्रयोग गर्दै बाइबलबाटै जवाफ दिन्थे। आजीवन क्याथोलिक धर्म मान्‍ने ऱ्‍याट्‌क्लिफलाई आफूले सिकिरहेको कुरा निकै रोचक लाग्यो। एकदिन अध्ययन सकेपछि उनले “मैले वर्षौं अघि नै बाइबल पढ्‌नुपर्ने रहेछ” भनिन्‌। दुःखको कुरा, हालै ९१ वर्षको उमेरमा ऱ्‍याट्‌क्लिफको मृत्यु भयो। तर, बाइबल अध्ययन गरेर उनले यसै पृथ्वीमा एक दिन आफ्नो पुनरुत्थान हुने आशाका साथै बाइबलको अनमोल सच्चाइ सिक्ने मौका पाइन्‌। डेनियल अहिले दस वर्षका भए र तिनी दुइटा बाइबल अध्ययन सञ्चालन गर्दैछन्‌। न्याट्‌ली अहिले आठ वर्षकी भइन्‌ र आफ्नै उमेरकी अर्की केटीलाई बाइबल अध्ययन गराउँदैछिन्‌।

क्रिस्टिना, सिड्‌नी, एलेन, डेनियल र न्याट्‌लीजस्ता केटाकेटीहरू देखेर मसीही आमाबाबुको छाती गर्वले ढक्क फुल्दछ। अझ योभन्दा ठूलो कुरा, तिनीहरूले यहोवालाई आनन्दित बनाएका छन्‌। यहोवाले पनि यस्ता केटाकेटीहरूले उहाँको नाउँप्रति देखाएको प्रेम कहिल्यै बिर्सनुहुनेछैन।—हितोपदेश २७:११; हिब्रू ६:१०. (g05 9/8)

[फुटनोट]

a यस लेखमा उल्लेख गरिएका सम्पूर्ण प्रकाशनहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌।

[पृष्ठ १८-मा भएको चित्र]

क्रिस्टिना (माथि) र सिड्‌नी

[पृष्ठ १९-मा भएको चित्र]

डेनियल र न्याट्‌ली

[पृष्ठ १९-मा भएको चित्र]

एलेन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने