प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. २०
  • लौ, कस्तो हिंडाइ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लौ, कस्तो हिंडाइ!
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • विश्‍वासद्वारा हिंड्‌नुहोस्‌, देखिने कुराको आधारमा होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • परमेश्‍वरसँग हिंडिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको मार्गमा हिंडिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. २०

लौ, कस्तो हिंडाइ!

फिनल्यान्डका ब्यूँझनुहोस्‌! लेखकद्वारा

दुइ-दुइटा लौरो टेकेर हिंडेको कतै देख्नुभएको छ? यसरी हिंड्‌नु फिनल्यान्डको एउटा लोकप्रिय कसरत भएको छ। यसलाई नोर्डिक हिंडाइ भनिन्छ। हिंड्‌दा स्की खेल्दा जस्तै दुइटा लौरो चाहिन्छ। यो हिंडाइको सुरुवात कसरी भयो? अनि फाइदा चाहिं के-कति छ?

यसरी हिंडिरहेको कोही देख्दा स्कीको जुत्ता नबाँधी स्की खेल्दै गरिरहेको पो हो कि जस्तो लाग्ला! खासमा स्की खेलाडीहरूले गर्मी याममा जोडतोडले अभ्यास गर्ने गर्थे। यसरी अभ्यास गर्दा गर्दै यो हिंडाइको जन्म भयो। यो कसरत काइदाको हुने भएकोले सन्‌ १९८० को दशकमा अरू खेलका खेलाडीहरूलाई पनि यही कसरत गराउन थालियो। सन्‌ १९९० दशकको पुच्छरतिर त सर्वसाधारणबीच समेत यो हिंडाइ लोकप्रिय भइसकेको थियो। सन्‌ २००४ को ग्यालप सर्वेक्षणअनुसार ७,६०,००० अर्थात्‌ १९ प्रतिशत फिनल्यान्डवासीले कम्तीमा हप्ताको एक चोटि भए पनि यो कसरत गरेको पाइयो। उक्‍त सर्वेक्षण सुओमेन लाटुकाले (स्की संघ) गर्न लगाएको हो। सोही संघका कार्यकारी निर्देशक टुओमो यान्टुनेन भन्छन्‌, “हिजोआज फिनल्यान्डमा सामान्य हिंडाइपछिको सर्वाधिक लोकप्रिय कसरत भएको छ, नोर्डिक हिंडाइ।” अनि यो केही दिन चलेको लहर मात्र थिएन। हाल, अरू मुलुकमा पनि यसको लोकप्रियता बढ्‌दो छ।

धेरैलाई थाह छ, हिंड्‌नु राम्रो हो। तर दुइटा लौरो टेकेर हिंड्‌नुको फाइदा चाहिं के नि? स्वास्थ्यविज्ञ तथा नोर्डिक हिंडाइका विशेषज्ञ यार्मो आहोनेन भन्छन्‌, “नोर्डिक हिंडाइले पाखुरा, ढाड र पेटका मांसपेशीहरू जस्ता कम्मरमाथिका अङ्‌गहरूलाई ठूलै गुन लगाउँछ।” उनी यसो पनि भन्छन्‌, “यो हिंडाइले घिच्रो र कुमको दुखाइ कम गर्छ। बसी बसी अफिसमा काम गर्नेहरूलाई धुरुक्कै पार्ने समस्या नै यही हो।”

सामान्य हिंडाइभन्दा नोर्डिक हिंडाइमा मांसपेशीहरूको राम्रो कसरत हुने भएकोले क्यालोरी पनि मजैले खर्च हुन्छ। लौरो टेक्दा छिट-छिटो हिंडिन्छ र मुटुले अझ राम्ररी काम गर्छ। यति मात्र कहाँ हो र! यसका समर्थकहरूको दाबा छ, लौरो ठीकसित टेकेर हिंड्‌दा जीउ कुप्य्राएर हिंड्‌ने समस्या पनि हट्‌छ। आहोनेनको दाबा छ, “नोर्डिक हिंडाइमा शरीरको केही भार त लौरोले नै बोकिदिने भएकोले जोर्नीहरूमा बढी भार पर्दैन।” नोर्डिक हिंडाइ गर्ने एक व्यक्‍ति भन्छन्‌, लौरोको टेक्ने भाग तिखो छ भने चिप्लो ठाउँमा पनि हिंड्‌न सजिलो हुन्छ। त्यसैले त बूढापाकाहरू हिउँले डम्म ढाकिएको ठाउँमा हिंड्‌नुपर्दा यही नौलो हिंडाइको साहारा लिन थालेका छन्‌। (g05 11/22)

[पृष्ठ २०-मा भएको पेटी]

लौ त सुरु गरौं!

नोर्डिक हिंडाइको लागि महँगो-महँगो सर-सामान जोरजाम गर्नु पर्दैन। हिंड्‌न सजिलो जुत्ता र ठिक्कको दुइटा लौरो भए पुग्छ। साऱ्‍हो ठाउँमा हिंड्‌नु छ भने लौरोको तीखो टुप्पोमा रबरको सोल लगाउनुहोस्‌। नोर्डिक हिंडाइमा पारङ्‌गत हुन त्यति गाह्रो छैन। तर भर्खरै हिंड्‌न थाल्नुभएको हो भने चाहिं विज्ञबाट सरसल्लाह लिनु बेस है!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने