प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अप्रिल पृ. १२-१३
  • सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • परिवार आनन्दमय बनाउने तरिकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • समस्याबारे कसरी कुरा गर्ने?
    ब्यूँझनुहोस्‌!—२०१६
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अप्रिल पृ. १२-१३
पतिले आफ्ना सासू-ससुराको बीचमा असजिलो महसुस गर्दै गरेको तिनकी पत्नीले पछाडिबाट हेर्दै छिन्‌

परिवारका लागि | विवाह

सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?

चुनौती

हामी गाह्रो परिस्थितिको सामना गर्दै थियौं। मेरी पत्नीले हाम्रो अवस्थाबारे आफ्नो बुबाआमालाई बताइन्‌। त्यसपछि तिनको बुबाले मलाई सल्लाह दिन फोन गर्नुभयो। यो कुरा मलाई पटक्कै मन परेन।”—जितa

“मेरी सासू प्रायः यसो भन्‍ने गर्नुहुन्छ: ‘छोराको मलाई धेरै याद आउँछ।’ उहाँहरू निकै घनिष्ठ हुनुहुन्थ्यो भन्‍ने कुरा मलाई सुनाउनुहुन्छ। उहाँको छोरासित विवाह गरेर उहाँलाई चोट पुग्नुमा मेरै गल्ती छ जस्तो लाग्छ।”—निशा

सासू-ससुरासितको समस्यालाई वैवाहिक जीवनको समस्या नबनाउन के गर्न सकिन्छ?

तपाईंले के बुझ्नुपर्छ?

विवाहले नयाँ परिवारको सुरुवात गर्छ। बाइबलमा यसो लेखिएको छ: जब कुनै पुरुषले विवाह गर्छ उसले “आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ।” पत्नीको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। बाइबलमा यस्तो बताइएको छ: जब तिनले विवाह गर्छिन्‌ तिनीहरू दुवै “एउटै शरीर” हुन्छन्‌। हो, तिनीहरू दुवै मिलेर एउटा नयाँ परिवारको सुरुवात हुन्छ।—मत्ती १९:५.

बुबाआमाभन्दा वैवाहिक जीवन महत्त्वपूर्ण छ। विवाहसम्बन्धी सल्लाहकार जोन एम. गटमेन यसो भन्छन्‌: “वैवाहिक सम्बन्धको एउटा महत्त्वपूर्ण कुरा भनेको जोडीले जस्तोसुकै निर्णय गरे तापनि तिनीहरूले एकअर्काको विचार बुझ्नुपर्छ। आफ्नो जोडीसितको सम्बन्ध सुमधुर बनाउने हो भने तपाईंको पहिलेको परिवारसित अर्थात्‌ बुबाआमा वा दाजुभाइ दिदीबहिनीसितको सम्बन्धमा केही छाँटकाँट गर्नु समावेश छ।”b

नयाँ परिस्थिति स्वीकार्न केही बुबाआमालाई गाह्रो लाग्न सक्छ। एक जना जवान पति यसरी बताउँछन्‌: “विवाह हुनुअघि मेरी पत्नीले सधैं आफ्नो बुबाआमाको इच्छालाई प्राथमिकता दिन्थिन्‌। तर विवाहपछि छोरीले अरूलाई नै प्राथमिकता दिएको देख्दा तिनकी आमालाई यो कुरा स्वीकार्न निकै गाह्रो भयो।”

नवविवाहित जोडीलाई पनि गाह्रो हुन सक्छ। सुरुमा उल्लेख गरिएको जित अझै यसो भन्छन्‌: “सासू-ससुरा भनेको साथी छान्‍नु जस्तो होइन। यो त कसैले तपाईंलाई यसो भनेको जस्तै हो, ‘तिमीले चाहे पनि या नचाहे पनि अब तिम्रो दुई जना नयाँ साथी छन्‌।’ उहाँहरूदेखि दिक्क लागे तापनि आखिर उहाँहरू तपाईंकै परिवार हुनुहुन्छ।”

तपाईं के गर्न सक्नुहुन्छ?

सासू-ससुराको विषयलाई लिएर तपाईं र तपाईंको जोडीबीच ठाकठुक पर्छ भने मेलमिलापको भावसहित यस विषयलाई सुल्झाउने कोसिस गर्नुहोस्‌। बाइबलको यो सल्लाह पालन गर्नुहोस्‌: “शान्ति खोज र त्यसकै पछि लाग।”—भजन ३४:१४, NRV.

शान्ति कायम गर्न निम्न अवस्था विचार गर्नुहोस्‌। प्रत्येक अवस्था पति वा पत्नीको दृष्टिकोणबाट प्रस्तुत गरिएको भए तापनि यी अवस्था दुवैलाई लागू हुन्छ। अनि यहाँ छलफल गरिने सिद्धान्तले सासू-ससुरासित सम्बन्धित थुप्रै समस्यालाई सुल्झाउन मदत गर्नेछ।

आमासित तपाईंको अझ राम्रो सम्बन्ध होस्‌ भन्‍ने तपाईंकी पत्नी चाहन्छिन्‌। तर तपाईंलाई भने सासूसित राम्रो व्यवहार गर्न साह्रै गाह्रो लाग्छ।

यसो गरे कसो होला? यो कुरा आफ्नी पत्नीसित छलफल गर्नुहोस्‌ र सम्झौता गर्न इच्छुक हुनुहोस्‌। तपाईंले आफ्नी पत्नीलाई सधैंभरि प्रेम गर्छु भनेर वाचा बाँध्नुभएको छ। त्यसैले “मलाई मेरो सासु यस्तो लाग्छ या उस्तो लाग्छ” भन्‍ने कुरा तपाईंको मुख्य चिन्ताको विषय नभई पत्नीसितको सम्बन्ध हो। छलफलको दौडान सासूसितको सम्बन्ध सुधार्न के गर्न सकिन्छ, एक दुईवटा उपाय निकाल्नुहोस्‌ र त्यसैअनुसार गर्नुहोस्‌। तपाईंले गर्नुभएको कोसिस देख्दा तपाईंप्रति पत्नीको आदर पक्कै बढ्‌नेछ।—बाइबल सिद्धान्त: १ कोरिन्थी १०:२४.

पतिलाई भन्दा बुबाआमालाई खुसी पार्न चाहनुहुन्छ भनेर तपाईंको पति गुनासो गर्छन्‌।

यसो गरे कसो होला? आफ्नो पतिसित यस समस्याबारे छलफल गर्नुहोस्‌। समस्यालाई पतिको नजरबाट हेर्ने कोसिस गर्नुहोस्‌। आफ्नो बुबाआमालाई दिनुपर्ने आदर मात्र दिइरहनु भएको हो भने तपाईंको पति आत्तिनु पर्ने कुनै कारण छैन। (हितोपदेश २३:२२) तैपनि बुबाआमाले नभई पतिले नै तपाईंको जीवनमा प्रथम स्थान पाएको छ भनेर तपाईंको बोली र व्यवहारद्वारा पतिलाई ढुक्क बनाउनुपर्ने हुन सक्छ। तपाईंले पतिलाई यस कुरामा विश्‍वस्त बनाउनुभयो भने तपाईंको ध्यान पाउन सासू-ससुरासित प्रतिस्पर्धा गरिरहेको जस्तो तिनले महसुस गर्ने छैनन्‌।—बाइबल सिद्धान्त: एफिसी ५:३३.

तपाईंकी पत्नी सल्लाह माग्न तपाईंकहाँ नभई आफ्नो बुबाआमाकहाँ जान्छिन्‌।

यसो गरे कसो होला? यसबारे पत्नीसित कुरा गर्नुहोस्‌ र बुबाआमासित कुन-कुन विषयमा सल्लाह माग्नु उपयुक्‍त हुन्छ भन्‍नेबारे छलफल गर्नुहोस्‌ र एउटा निष्कर्षमा पुग्नुहोस्‌। व्यावहारिक हुने प्रयास गर्नुहोस्‌। आफ्नो चिन्ताबारे बुबाआमासँग कुरा गर्नु के सधैं गलत हो? कहिले उपयुक्‍त हुन सक्छ? तपाईंहरू दुवै जना सहमत हुनुहुन्छ भने बुबाआमासित सल्लाह माग्दा समस्या हुँदैन।—बाइबल सिद्धान्त: फिलिप्पी ४:५.(g15-E 03)

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

b द सेभेन प्रिन्सिपल्स फोर मेकिङ्‌ म्यारिज वर्क भन्‍ने किताबबाट लिइएको हो।

मूल शास्त्रपद

  • “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।” —१ कोरिन्थी १०:२४.

  • “पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्‌।”—एफिसी ५:३३.

  • “तिमीहरूको व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्‌।”—फिलिप्पी ४:५.

सकारात्मक पक्षमा ध्यान दिनुहोस्‌

“तपाईंले सासू-ससुरासित राम्रो सम्बन्ध कायम राख्नु महत्त्वपूर्ण छ। उहाँहरूले नै तपाईंको जोडीलाई पालनपोषण गर्नुभयो। त्यसैले उहाँहरूमा जस्तोसुकै त्रुटि भए तापनि उहाँहरूप्रति आभारी हुनुपर्छ। तिनीहरूको अनुभवबाट पनि तपाईंले थुप्रै कुरा सिक्न सक्नुहुन्छ। तपाईंले आफ्ना सासू-ससुराका राम्रा गुणहरूमा ध्यान दिनुभयो र त्यसलाई अनुकरण गर्नुभयो भने तपाईं अझै परिपक्व व्यक्‍ति बन्‍न सक्नुहुन्छ।”—ज्योति

एक पति र पत्नी आफ्ना सासू-ससुरासित रमाइलो समय बिताउँदै गरेको
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने