प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या २ पृ. ७-९
  • तपाईँका छोराछोरीलाई प्रविधिले कसरी असर गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँका छोराछोरीलाई प्रविधिले कसरी असर गर्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • छोराछोरी र स्मार्टफोन—भाग १: के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?
    परिवारका लागि
  • छोराछोरी र स्मार्टफोन—भाग २: छोराछोरीलाई स्मार्टफोनको उचित प्रयोग गर्न सिकाउनुहोस्‌
    परिवारका लागि
  • मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या २ पृ. ७-९
विभिन्‍न उमेरका केटाकेटी खेलौना वा खेलकुदमा रमाउनुको सट्टा इलेक्ट्रोनिक साधनहरूमा भुलिरहेका छन्‌।

प्रविधिले कसरी असर गर्न सक्छ? तपाईँका छोराछोरीलाई

वयस्कहरूलाई इलेक्ट्रोनिक साधन चलाउन गाह्रो लाग्न सक्छ। तर केटाकेटीले भने सजिलै ती चलाउन सिक्छन्‌।

कोही-कोहीले के महसुस गरेका छन्‌ भने इन्टरनेटमा धेरै समय बिताउने केटाकेटी . . .

  • इलेक्ट्रोनिक साधन चलाउने लतमा फस्न सक्छन्‌।

  • अनलाइनमार्फत दादागिरी गर्न सक्छन्‌ वा त्यसको सिकार हुन सक्छन्‌।

  • जानाजानी होस्‌ वा अनजानमा, अश्‍लील सामग्री हेर्न सक्छन्‌।

तपाईँले के बुझ्नुपर्छ?

एक ठिटा आमा आफ्नो कोठा भएतिरबाट जाँदै गरेकी चाल पाएर एउटा हातमा मोबाइल समात्दै बिस्तारै कोठाको ढोका लगाउन खोज्दै छ।

लत लाग्नु

गेम खल्ने जस्ता कुनै-कुनै अनलाइन गतिविधिहरू निकै लत लाग्ने खालका हुन्छन्‌। “फोनमा भएका एपहरू हामीलाई हरबखत फोनमै भुलाउने किसिमले बनाइएका हुन्छन्‌” भनी रिक्लेमिङ कन्भर्सेसन किताब बताउँछ। विज्ञापनले भरिएका एपहरू जति धेरै प्रयोग गर्छौँ, त्यति नै धेरै त्यसका निर्माताहरूले हामीबाट नाफा कमाउँछन्‌।

यसबारे सोच्नुहोस्‌: के तपाईँका छोराछोरीलाई इलेक्ट्रोनिक साधन नभई हुँदैन? तपाईँ तिनीहरूलाई समयको सदुपयोग गर्न कसरी मदत गर्न सक्नुहुन्छ?—एफिसी ५:१५, १६.

दादागिरी

कोही-कोही अनलाइनमा निर्दयी अनि छाडा व्यवहार गर्छन्‌। यस्तो व्यवहारले दादागिरी गर्ने हदसम्म पुऱ्‍याउन सक्छ।

मानिसहरूले सामाजिक सञ्जाल चलाउँदा त्यस्तो व्यवहार गर्नुको एउटा कारण लोकप्रिय हुने र फलोवरहरू बढाउने तिनीहरूको चाहनाले हो। अथवा आफूलाई एक्लो पारिएको थाह पाउँदा पनि मानिसहरूले चित्त दुखाउन सक्छन्‌ र आफू दादागिरीको सिकार भएको महसुस गर्न सक्छन्‌; जस्तै, आफूलाई कुनै जमघटमा नबोलाइँदा।

यसबारे सोच्नुहोस्‌: तपाईँका छोराछोरीले अनलाइनमा अरूसित कस्तो व्यवहार गरिरहेका छन्‌? (एफिसी ४:३१) साथीहरूले कुनै गतिविधिमा नबोलाउँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

अश्‍लील सामग्री

इन्टरनेटमा अश्‍लील सामग्रीहरू छ्यास्छ्यास्ती पाइन्छ। हुनत कुनै-कुनै सफ्टवेयर प्रयोग गरेर छोराछोरीले के हेरिरहेका छन्‌ भनेर आमाबुबाले नियाल्न सक्छन्‌। तर सबै अवस्थामा ती प्रभावकारी नहुन सक्छन्‌ र छोराछोरीले अझै पनि अश्‍लील सामग्री हेरिरहेका हुन सक्छन्‌।

सेक्सटिङ (मोबाइलमार्फत अश्‍लील मेसेज, फोटो अथवा भिडियो पठाउनु) कानुन विपरीत पनि हुन सक्छ। यस्तो काम गर्ने व्यक्‍तिलाई कुनै-कुनै ठाउँमा बाल अश्‍लीलतामा मुछिएको अभियोगसमेत लगाइन सक्छ।

यसबारे सोच्नुहोस्‌: तपाईँ आफ्ना छोराछोरीलाई अश्‍लील सामग्रीहरू पठाउने वा हेर्ने प्रलोभनमा नपर्न कसरी मदत गर्न सक्नुहुन्छ?—एफिसी ५:३, ४.

तपाईँ के गर्न सक्नुहुन्छ?

छोराछोरीलाई सिकाउनुहोस्‌

केटाकेटीले इलेक्ट्रोनिक साधनहरू सजिलै चलाउन सिके तापनि तिनीहरूलाई डोऱ्‍याइ चाहिन्छ। इन्डिस्ट्राक्टेबल भन्‍ने किताबअनुसार केटाकेटीले मोबाइल वा अन्य इलेक्ट्रोनिक साधनहरू उचित तरिकामा चलाउन सिक्नुअघि नै तिनीहरूलाई ती दिनु भनेको “पौडिन जान्‍नुअघि नै पानीमा हाम फाल्न दिनु जत्तिकै गैर-जिम्मेवारीपूर्ण हो।”

बाइबल सिद्धान्त: “बालकलाई सही बाटोमा लगाऊ; बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।”—हितोपदेश २२:६.

आफूले लागू गर्न चाहेका सुझावहरूमा चिन्ह लगाउनुहोस्‌ वा आफ्नो सङ्‌कल्प लेख्नुहोस्‌।

  • छोराछोरीलाई अनलाइनमा कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउने

  • साथीहरूले कुनै गतिविधिमा नबोलाउँदा महसुस हुने एक्लोपनको कसरी सामना गर्ने भनेर सिकाउने

  • अनुचित सामग्रीहरू सकेसम्म ब्लक गर्ने

  • छोराछोरीको मोबाइल समय-समयमा हेर्ने

  • छोराछोरीले हरेक दिन कतिबेर मोबाइल चलाउने भनेर समय तोक्ने

  • छोराछोरीलाई राती फोन चलाउन नदिने

  • खाना खाने बेला मोबाइल चलाउन नदिने

आमाबुबाले विचार गर्नुपर्ने कुराहरू

  • बच्चालाई भुलाउनको निम्ति के हामी इलेक्ट्रोनिक साधनहरू चलाउन दिने गर्छौँ?

  • के हाम्रा छोराछोरीलाई इन्टरनेट चलाउन मिल्ने साधन चाहिन्छ? चाहिन्छ भने किन?

  • इन्टरनेटको सुविधा भएको इलेक्ट्रोनिक साधन किनिदिन हाम्रो क्षमताले भ्याउँछ?

  • के हाम्रा छोराछोरीले मोबाइल चलाउने सन्दर्भमा आत्मसंयम देखाइसकेका छन्‌?

  • के हाम्रा छोराछोरीले आफूले गरेको निर्णयको जिम्मेवारी आफै लिन्छन्‌?

  • हामीले कस्ता नियमहरू बनाउनुपर्छ?

  • छोराछोरीलाई इलेक्ट्रोनिक साधनहरू चलाउने समय र अन्य गतिविधिमा भाग लिने समयबीच सन्तुलन कायम राख्न कसरी मदत गर्न सक्छौँ?

    बाइबल सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।’—हिब्रू ५:१४.

लोरेटा र डेभिड।

“छोराछोरीलाई मोबाइल चाहिनुको कारण के हो? तिनीहरू तपाईँको मोबाइलमा कस्ता वेबसाइटहरू हेर्छन्‌? कस्ता गेमहरू खेल्छन्‌? तिनीहरू कति समय मोबाइल चलाउँछन्‌? तिनीहरूलाई इलेक्ट्रोनिक साधन दिनुअघि तिनीहरू कत्तिको परिपक्व र आत्मसंयमी छन्‌, विचार गर्नुहोस्‌।”—लोरेटा, आफ्नो पति डेभिडसँग

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने