प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या २ पृ. १३-१५
  • तपाईँको सोचाइलाई प्रविधिले कसरी असर गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको सोचाइलाई प्रविधिले कसरी असर गर्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • के म एकैचोटि धेरै काम गर्न खोज्छु?
    युवाहरू सोध्छन्‌
  • प्रविधिको उचित प्रयोग कसरी गर्ने?
    परिवारका लागि
  • एकान्तपनको मोल
    ब्यूँझनुहोस्‌!—१९९८
  • म कसरी ध्यान दिन सक्छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या २ पृ. १३-१५
एक पुरुष खाना पकाउनको लागि ट्याबलेटमा पकाउने तरिका हेर्दै छन्‌।

प्रविधिले कसरी असर गर्न सक्छ? तपाईँको सोचाइलाई

चाहे स्कुलमा होस्‌ वा काम अथवा अरू कारणको लागि होस्‌, मानिसहरू निरन्तर सिकिरहेका हुन्छन्‌। यस सन्दर्भमा प्रविधि उपयोगी साबित हुन सक्छ। घरमै बसी-बसी यत्ति धेरै जानकारी पाउन पहिला कहिल्यै यस्तो सजिलो भएको थिएन!

तर प्रविधिको अत्यधिक प्रयोग गर्ने मानिसहरूले यस्तो महसुस गरेका छन्‌ . . .

  • ध्यान दिएर पढ्‌न गाह्रो हुने।

  • एक चोटिमा एउटा काममा ध्यान दिन गाह्रो हुने।

  • एक्लै हुँदा झिजो लागिहाल्ने।

तपाईँले के बुझ्नुपर्छ?

एक किशोरी एक चोटिमा एउटाभन्दा धेरै काम गर्दै छिन्‌। उनी एकै समयमा मोबाइलमा मेसेज गर्दै छिन्‌, साथीसित भिडियो कल गर्दै छिन्‌ अनि पढ्‌नको लागि कम्प्युटर चलाउँदै पाठ्यक्रम हेर्दै छिन्‌।

पढ्‌नु

इलेक्ट्रोनिक साधन प्रयोग गर्ने मानिसहरूसित अक्सर पूरै लेख राम्ररी पढ्‌ने धैर्य हुँदैन। त्यसैले उनीहरू सरसरती हेरेर मुख्य कुरा थाह पाउन खोज्छन्‌।

कुनै कुरा तुरुन्तै थाह पाउनु परेको छ भने सरसरती पढ्‌नु पनि ठीकै हो। तर यसरी पढ्‌दा कुनै विषयवस्तु राम्ररी बुझ्न भने सकिँदैन।

यसबारे सोच्नुहोस्‌: के तपाईँ लामा-लामा अनुच्छेदहरू ध्यान दिएर पढिरहन सक्नुहुन्छ? यसो गर्दा तपाईँले कसरी अझ धेरै बुझ्न सक्नुहुन्छ?—हितोपदेश १८:१५.

ध्यान दिनु

केही मानिस एकै चोटि एउटाभन्दा धेरै काम गर्नको लागि प्रविधिको प्रयोग गर्छन्‌। जस्तै, तिनीहरू पढ्‌दै गर्दा साथीहरूसित मेसेज पनि गरिरहेका हुन्छन्‌। तर यसो गर्दा तिनीहरूको ध्यान खलबलिन्छ र तिनीहरूले कुनै पनि काम राम्रोसँग पूरा गर्न सक्दैनन्‌।

ध्यान दिनको लागि आफूलाई अनुशासनमा राख्नु महत्त्वपूर्ण हुन्छ र यस्तो प्रयास खेर जाँदैन। ग्रेस नाम गरेकी एक किशोरी यसो भन्छिन्‌: “एकै चोटि एउटाभन्दा धेरै काम गर्नुको सट्टा एउटा काममा मात्रै ध्यान दिनु बेस हो भनेर मैले सिकेँ। यसो गर्दा आफूले गरिरहेको काममा गल्ती हुने सम्भावना थोरै हुन्छ र तनाव पनि कम हुन्छ।”

यसबारे सोच्नुहोस्‌: पढिरहेको बेला अरू काम पनि गर्न खोज्नुहुँदा के तपाईँ पढेको कुरा राम्ररी बुझ्न र सम्झन सक्नुहुन्छ?—हितोपदेश १७:२४.

एक्लै हुँदा

केही मानिसहरूलाई एक्लै बस्न मन पर्दैन। त्यसैले तिनीहरू आफूलाई व्यस्त राख्नको लागि प्रविधिको प्रयोग गर्छन्‌। ओलिभिया नाम गरेकी महिला यसो भन्छिन्‌: “मलाई फोन, ट्याबलेट वा टिभी नहेरीकिन १५ मिनेट मात्र बस्नुपऱ्‍यो भने पनि बोर लागिहाल्छ।”

तर चाहे हामी युवा होऔँ वा वयस्क, एक्लै हुँदा गहिरिएर सोच्ने राम्रो मौका पाउँछौ। यो कुनै कुरा सिक्नको लागि एकदमै महत्त्वपूर्ण छ।

यसबारे सोच्नुहोस्‌: के तपाईँ एक्लै हुँदा आफ्नो समयको सदुपयोग गर्नुहुन्छ?—१ तिमोथि ४:१५.

तपाईँ के गर्न सक्नुहुन्छ?

प्रविधि प्रयोग गर्ने तपाईँको बानी केलाउनुहोस्‌

तपाईँ आफ्नो सोच्ने क्षमतालाई तिखार्न के-कस्तो तरिकामा प्रविधिको प्रयोग गर्न सक्नुहुन्छ? प्रविधिले तपाईँको ध्यान दिने र पढ्‌ने क्षमतालाई कसरी असर गर्न सक्छ?

बाइबल सिद्धान्त: “बुद्धि र सोच्ने क्षमता जोगाइराख।”—हितोपदेश ३:२१.

आफैलाई सोध्नुहोस्‌

  • मोबाइल वा ट्याबलेटमा लामा-लामा अनुच्छेदहरू पढ्‌दा के मलाई ध्यान दिन गाह्रो हुन्छ? यदि त्यसो हो भने के कारणले गर्दा मलाई ध्यान दिन गाह्रो हुन्छ?

  • सजिलै ध्यान भङ्‌ग हुन नदिन म के-कस्ता कदमहरू चाल्न सक्छु?

सुझाव: सुरुमा एउटा मात्रै अनुच्छेद पढ्‌न कोसिस गर्नुहोस्‌ अनि बिस्तारै बढाउँदै लैजानुहोस्‌। विषयवस्तुमा राम्ररी ध्यान दिनको लागि आवाज निकालेर बिस्तारै पढ्‌नुहोस्‌।

  • पर्याप्त समय लिएर पढेको कुरामा मनन गर्नको लागि म कस्ता छाँटकाँटहरू गर्न सक्छु?

सुझाव: आफ्नो अध्ययनको समयको अन्तिम १० मिनेट पढेको कुराको पुनरावृत्ति गर्न छुट्ट्याउनुहोस्‌।

  • कस्ता अवस्थाहरूमा म एकै चोटि एउटाभन्दा धेरै काम गर्न खोज्छु?

  • एकै चोटि एउटा मात्र काममा ध्यान दिनको लागि म के-कस्ता छाँटकाँटहरू गर्न सक्छु?

सुझाव: पढ्‌ने ठाउँमा ध्यान खलबलाउने कुराहरू नराख्नुहोस्‌। यसो गर्दा एकै चोटि एउटा मात्र काम गर्न मदत मिल्नेछ।

बाइबल सिद्धान्त: “बुद्धि हासिल गर; समझ हासिल गर।”—हितोपदेश ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने