प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g25 सङ्‌ख्या १ पृ. १४-१५
  • आशावादी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशावादी हुनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसो गर्नु किन महत्त्वपूर्ण छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ?
  • म कहाँ आशा पाउन सक्छु?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्रीको परिचय
  • उज्ज्वल भविष्यको पक्का आशा
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२५
g25 सङ्‌ख्या १ पृ. १४-१५
एक परिवार सुन्दर दृश्‍य हेर्दै पिकनिकको आनन्द उठाइरहेका छन्‌।

बढ्‌दो महङ्‌गी—एउटा ठूलो समस्या

आशावादी हुनुहोस्‌

के तपाईँ बस्ने ठाउँमा आम्दानी खासै धेरै छैन तर महङ्‌गी भने चर्किँदै गएको छ? के तपाईँलाई आफू र आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न धौधौ भइरहेको छ? यसो हो भने तपाईँलाई आफ्नो भविष्यको बढ्‌तै चिन्ता लाग्न सक्छ। यस्तो चिन्ताले पिरोलिरहेको अवस्थामा तपाईँसित आशा छ भने ठूलो सान्त्वना पाउन सक्नुहुनेछ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

आशावादी मानिसहरू केही राम्रो कुरा हुनेछ भनी आस मात्र गरेर बस्दैनन्‌। बरु त्यस आशाले तिनीहरूलाई जस्तोसुकै अवस्थामा भए पनि आफ्नो तर्फबाट सक्दो गर्न जुर्मुऱ्‍याउँछ। जस्तै, अध्ययनहरूले देखाएअनुसार आशावादी मानिसहरूले निम्न कुराहरू गर्न सक्छन्‌:

  • दृढ भई समस्याको सामना गर्न

  • परिस्थितिअनुसार छाँटकाँट गर्न

  • स्वास्थ्यलगायत जीवनका विभिन्‍न क्षेत्रमा बुद्धिमानी निर्णय गर्न

तपाईँ के गर्न सक्नुहुन्छ?

पहिलो, बाइबलले तपाईँलाई अहिले कसरी मदत गर्छ भनी विचार गर्नुहोस्‌। बाइबलमा भएका व्यावहारिक सल्लाहहरूले तपाईँलाई बढ्‌दो महङ्‌गीको सामना गर्न मदत गर्छ। यी लगायत अन्य सल्लाहहरूले जीवनलाई सही तरिकामा डोऱ्‍याउन र भविष्यमा आइपर्ने चुनौतीहरूको लागि तयार रहन तपाईँलाई मदत गर्नेछ।

“सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ, समझशक्‍तिले तिमीलाई जोगाउनेछ।”—हितोपदेश २:११.


दोस्रो, बाइबलले भविष्यबारे के बताउँछ भनी विचार गर्नुहोस्‌। बाइबलका सल्लाहहरू कत्ति बहुमूल्य छन्‌ भनेर थाह पाएपछि बाइबलले दिने भविष्यको आशाबारे सिक्न पनि तपाईँ उत्सुक हुनुहुनेछ। जस्तै, परमेश्‍वरले बाइबलमा “उज्ज्वल भविष्य र आशा” मात्र होइन, बरु त्यसमा विश्‍वास गर्न सकिने कारणबारे पनि बताउनुभएको छ। (यर्मिया २९:११) त्यो हो, परमेश्‍वरको राज्य।

परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ?

परमेश्‍वरको राज्य एउटा सरकार हो, जसले चाँडै पूरै पृथ्वीमाथि शासन गर्नेछ। (दानिएल २:४४; मत्ति ६:१०) यसले स्वर्गबाट शासन गर्नेछ र हामीले भोगिरहेको दुःख र गरिबीजस्ता समस्याहरूको अन्त गरिदिनेछ। त्यसपछि हरेकले आनन्दित हुन चाहिने सबै कुरा पाउनेछन्‌ र शान्तिमा रहनेछन्‌। यसबारे केही बाइबल पदहरू तल उल्लेख गरिएका छन्‌:

“तिमी आनन्दित हुनेछौ र तिम्रो फलिफाप हुनेछ।”—भजन १२८:२.

“तिनीहरूको [राज्यको प्रजा] परिश्रम खेर जानेछैन।”—यसैया ६५:२३.

“पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ।”—भजन ७२:१६.

लाखौँ मानिस यी प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त छन्‌ किनकि तिनीहरूलाई परमेश्‍वरले ‘कहिल्यै झूट बोल्नुहुन्‍न’ भनेर थाह छ। (तितस १:२) त्यसैले तपाईँले पनि बाइबलमा भएका कुराहरू आफैले जाँचेर हेर्नुभए कसो होला? बाइबलले दिने आशाले तपाईँलाई आर्थिक कठिनाइसित जुझ्न बल दिन्छ र भविष्य उज्ज्वल हुनेछ भन्‍ने कुरामा ढुक्क हुन मदत गर्छ।

रमाज।

“बाइबलले दिने आशाले मलाई यस संसारमा भइरहेको समस्याहरू क्षणिक हुन्‌ भनेर सम्झन मदत गरेको छ। यो कुरा विचार गर्दा मैले आर्थिक कठिनाइहरूको सामना गर्न बल पाएको छु।”—रमाज, जोर्जिया।

थप जानकारी पाउनुहोस्‌

के तपाईँ बाइबलले भविष्यबारे बताएको कुरामा विश्‍वास गर्न सक्नुहुन्छ? कृपया jw.org मा यी भिडियोहरू हेर्नुहोस्‌: के बाइबल भरपर्दो किताब हो? अनि परमेश्‍वरको राज्य के हो?

एक स्त्री किताबको ऱ्‍याकबाट बाइबल निकाल्दै छिन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने