प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा २२
  • यूसुफलाई जेलमा हालिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यूसुफलाई जेलमा हालिन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा २२
यूसुफ जेलमा

कथा २२

यूसुफलाई जेलमा हालिन्छ

इश्‍माएलीहरूले मिश्र देशमा लैजाँदा यूसुफ १७ वर्षको मात्र थियो। त्यहाँ उसलाई पोतीफर भन्‍ने मान्छेले किन्छ। पोतीफर मिश्र देशको राजा, फिरऊनकहाँ काम गर्छ।

यूसुफ आफ्नो मालिक पोतीफरको घरमा खूब काम गर्छ। यसकारण यूसुफ अलि ठूलो भएपछि पोतीफरले आफ्नो घरको सारा जिम्मा उसलाई सुम्पिदिन्छ। त्यसोभए, यूसुफलाई किन जेलमा हालेको त? पोतीफरकी स्वास्नीले गर्दा।

यूसुफ जवान भएपछि हेर्नमा अति सुन्दर हुन्छ। यूसुफलाई सुन्दर देखेर पोतीफरकी पत्नी ऊसित सुत्न चाहन्छे। तर यसो गर्नु गलत हो भनेर यूसुफलाई थाह थियो। ऊ आफ्नी मालिककी पत्नीसित सुत्न मान्दैन। पोतीफरकी पत्नी साह्रै रिसाउँछे। यसकारण, लोग्ने घर फर्केपछि उसले झूटो कुरा गर्छे: ‘यूसुफ मसित जबरजस्ती सुत्न खोज्यो!’ आफ्नी पत्नीको कुरा सुनेपछि पोतीफर असाध्यै रिसाउँछ। उसले यूसुफलाई जेलमा हालिदिन्छ।

तर छिट्टै जेलको हाकिमले यूसुफ असल केटो रहेछ भनेर थाह पाउँछ। उसले यूसुफलाई अरू जम्मै कैदीहरूको हेरविचार गर्न खटाउँछ। एकदिन फिरऊन आफ्नो दुई जना नोकरसित असाध्यै रिसाउँछ। उनीहरूमध्ये एक जना फिरऊनलाई रक्सी दिने काम गर्थ्यो भने अर्कोचाहिं रोटी पकाउने काम गर्थ्यो। एक रात उनीहरू दुवैले बेग्लाबेग्लै सपना देख्छन्‌। उनीहरूले आफ्नो सपनाको अर्थचाहिं बुझ्दैनन्‌। भोलिपल्ट यूसुफ उनीहरूलाई यसो भन्छ: ‘मलाई तिमीहरूको सपना बताओ।’ उनीहरूले सपना बताएपछि यूसुफले परमेश्‍वरको मदत पाएर उनीहरूको सपनाको अर्थ खोलिदिन्छ।

राजालाई रक्सी दिने नोकरलाई यूसुफ यसो भन्छ: ‘तीन दिनपछि तिमी जेलबाट निस्कनेछौ र तिमीले फेरि फिरऊनको दरबारमा पहिलेकै काम पाउनेछौ।’ यूसुफ उसलाई यो कुरा पनि भन्छ: ‘तिमी बाहिर निस्केपछि, फिरऊनलाई मेरो विषयमा भन र मलाई यस ठाउँबाट निस्कन मदत गर है।’ तर रोटी पकाउने नोकरलाई चाहिं यूसुफ यसो भन्छ: ‘अबको तीन दिनपछि नै फिरऊनले तिम्रो टाउको काट्‌नेछ।’

तीन दिनपछि यूसुफले भने जस्तै हुन्छ। फिरऊनले रोटी पकाउने नोकरको टाउको काट्‌न लगाउँछ। रक्सी दिने नोकरचाहिं जेलबाट निस्केर फेरि राजाको सेवा गर्न थाल्छ। तर उसले यूसुफलाई भुसुक्कै बिर्सिहाल्छ! उसले फिरऊनलाई यूसुफबारे केही भन्दैन। त्यसैले यूसुफ जेलमै बसिरहनुपर्छ।

उत्पत्ति ३९:१-२३; ४०:१-२३.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने