प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ६२
  • दाऊदको परिवारले दुःख पाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दाऊदको परिवारले दुःख पाउँछ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • राजा दाउदको पाप
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • २ समुएल विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ६२
दाऊदसित कुरा गरिरहेका भविष्यवक्‍ता नातान

कथा ६२

दाऊदको परिवारले दुःख पाउँछ

दाऊदले यरूशलेममा शासन गर्न थालेपछि यहोवाले उसलाई शत्रुहरूमाथि धेरै पटक विजयी तुल्याउनुहुन्छ। यहोवाले इस्राएलीहरूलाई कनानको देश दिने प्रतिज्ञा गर्नुभएको थियो। दाऊदको पालामा यहोवाको मदतले गर्दा कनानका सबै देश इस्राएलीहरूले कब्जा गर्छन्‌।

दाऊद असल राजा थियो। ऊ यहोवालाई माया गर्थ्यो। यसकारण, यरूशलेमलाई कब्जा गर्ने बित्तिकै दाऊदले त्यहाँ यहोवाको करारको सन्दुक ल्याउँछ। दाऊद एउटा मन्दिर बनाएर त्यसभित्र करारको सन्दुक राख्न चाहन्छ।

अलि बूढो भएपछि दाऊदले एउटा ठूलो गल्ती गर्छ। अरूको कुनै पनि चीज लिनु हुँदैन भनेर दाऊदलाई थाह थियो। तर एकदिन बेलुकी आफ्नो दरबारको छतमा टहलिरहेको बेला उसले एउटी असाध्यै सुन्दरी आइमाईलाई देख्छ। उसको नाउँ बेतशेबा थियो र उसको पति उरियाहचाहिं दाऊदको सिपाही थियो।

दाऊदले बेतशेबालाई असाध्यै मन पराउँछ। दाऊदले उसलाई आफ्नो दरबारमा ल्याउन लगाउँछ। त्यतिखेर बेतशेबाको पति टाढा लडाइँमा गएको हुन्छ। दाऊद बेतशेबासित सुत्छ। पछि ऊ गर्भवती हुन्छे। यो थाह पाएर दाऊद असाध्यै चिन्तित हुन्छ। उरियाह लडाइँमा मरोस्‌ भनेर उसलाई लडाइँ भइरहेकै ठाउँमा खटाउन दाऊदले आफ्नो सेनापति योआबलाई खबर पठाउँछ। उरियाह मरेपछि दाऊदले बेतशेबासित बिहे गर्छ।

यहोवा दाऊदसित असाध्यै रिसाउनुहुन्छ। यसकारण उहाँले आफ्नो सेवक नातानलाई दाऊदले गरेको पाप देखाउन पठाउनुहुन्छ। चित्रमा हेर त, नातान दाऊदसित कुरा गरिरहेको छ। आफ्नो गल्ती थाह पाएपछि दाऊद असाध्यै दुःखी हुन्छ। यसकारण यहोवाले उसको ज्यान लिनुहुन्‍न। तर उहाँले यसो भन्‍नुहुन्छ: ‘तैंले यी खराब काम गरेको हुनाले तेरो परिवारमा म दुःख ल्याउनेछु।’ दाऊदले साँच्चै धेरै दुःख पाउँछ!

सबैभन्दा पहिला बेतशेबाको छोरो मर्छ। त्यसपछि दाऊदको जेठो छोरो अम्नोन मौका छोपेर आफ्नी बहिनी तामारसित जबरजस्ती सुत्छ। यो कुरा थाह पाएपछि दाऊदको छोरो अब्शालोम असाध्यै रिसाउँछ र अम्नोनलाई मार्छ। पछि अब्शालोमले थुप्रै मान्छेको मन जितेर आफूलाई राजा बनाउँछ। आखिरमा अब्शालोमलाई दाऊदले लडाइँ गरेर हराउँछ। तर अब्शालोमलाई चाहिं त्यतिखेर अरूले नै मार्छ। हो, दाऊदले साँच्चै नै धेरै दुःख पाउँछ।

यी सबै कुरा भइरहेको बेला बेतशेबाले अर्को छोरो जन्माउँछे। उनीहरूले उसको नाउँ सुलेमान राख्छन्‌। दाऊद बूढो र बिरामी भएको बेला उसको छोरो अदोनियाहले आफूलाई राजा बनाउन खोज्छ। तर राजाचाहिं सुलेमान नै हुनेछ भनेर देखाउन दाऊदले सादोक नाउँको पूजाहारीलाई बोलाएर सुलेमानको टाउकोमा तेल खन्याउन लगाउँछ। यसको केही समयपछि ७० वर्षको उमेरमा दाऊद मर्छ। उसले ४० वर्षसम्म इस्राएलमा शासन गर्छ। ऊपछि सुलेमान इस्राएलको राजा हुन्छ।

२ शमूएल ११:१-२७; १२:१-१८; १ राजा १:१-४८.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने