प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ७८
  • भित्तामा लेख्ने औंला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भित्तामा लेख्ने औंला
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍व परिवर्तन गर्ने चार शब्द
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • भित्तामा लेखिएका शब्दहरू
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तक
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • घमण्डी शासकले आफ्नो साम्राज्य गुमाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ७८
निकै डराएर भित्तामा लेखिएका अक्षरहरू हेर्दै गरेका राजा बेलसजर र तिनका पाहुनाहरू

कथा ७८

भित्तामा लेख्ने औंला

हेर त मान्छेहरू ठूलो भोज मनाउँदैछन्‌। यो ठूलो भोजमा बाबेलका राजाले एक हजार नाइकेहरूलाई निम्त्याएका छन्‌। यरूशलेमको मन्दिरबाट ल्याइएका सुन र चाँदीका कचौराहरू उनीहरूले चलाइरहेका छन्‌। तर अचानक हातका औंलाहरू देखा पर्छन्‌ र त्यसले भित्तामा लेख्न थाल्छ। यो देख्ने सबै जना डराउँछन्‌।

त्यतिखेर बाबेलमा नबूकदनेसरको नाति बेलसजरले शासन गरिरहेको थियो। भित्तामा औंलाले लेखेको देखेपछि राजा चिच्याउँदै आफ्ना बुद्धिमान्‌ मान्छेहरूलाई बोलाउन लगाउँछ। राजा यसो भन्छ: ‘यो हस्तलेख पढेर मलाई अर्थ बताउन सक्ने मान्छेलाई थुप्रै इनाम दिइनेछ र ऊ राज्यको दर्जामा तेस्रो गनिनेछ।’ तर कुनै पनि बुद्धिमान्‌ मान्छेले भित्ताको त्यो हस्तलेख पढ्‌न सक्दैन नता त्यसको अर्थ नै बताउन सक्छ।

मान्छेहरूको कोलाहल सुनेर राजाकी आमा भोज खाने ठूलो कोठाभित्र पस्छे। उसले राजालाई यसो भन्छे: ‘तिमी किन व्याकुल छौ? तिम्रै राज्यमा पवित्र देवताहरूको आत्मा भएको एक जना मान्छे छ। तिम्रो बाजे नबूकदनेसरले आफू राजा छँदा उसलाई सबै बुद्धिमान्‌ मान्छेको प्रधान नियुक्‍त गरेका थिए। उसको नाउँ दानियल हो। त्यही दानियललाई बोलाऊ र उसले अर्थ बताइदिनेछ।’

राजाले तुरुन्तै दानियललाई बोलाउँछ। तर उसले एउटै पनि इनाम लिन मान्दैन। यसपछि यहोवाले बेलसजरको बाजे नबूकदनेसरलाई किन एकपल्ट राजगद्दीबाट हटाउनुभएको थियो भनेर दानियलले बताउँछ: ‘हजुरको बाजे घमन्डी हुनुहुन्थ्यो। त्यसकारण यहोवाले उहाँलाई सजाय दिनुभयो।’

दानियलले बेलसजरलाई यसो पनि भन्छ: ‘तर यी सबै कुरा जानेर पनि हजुरले आफूलाई नम्र बनाउनुभएन। यहोवाको मन्दिरबाट ल्याइएका भाँडा र कचौराहरू निकालेर हजुरले तिनमा दाखमद्य पिउनुभयो। हजुरले काठ र ढुंगाका देवताहरूको प्रशंसा गर्नुभयो। हजुरले हाम्रो महान्‌ सृष्टिकर्ताको सम्मान गर्नुभएन। यसैकारण परमेश्‍वरले यो हात पठाएर यी शब्दहरू लेख्न लगाउनुभएको हो।’

भित्तामा हातले लेखेका अक्षरहरू: मने, मने, तकेल ऊपर्सीन

अनि दानियल भन्छ: ‘भित्तामा खोपिएको लेखोटका शब्दहरू यिनै हुन्‌: मने, मने, तकेल ऊपर्सीन।’

‘मनेको अर्थ परमेश्‍वरले हजुरको राज्यको गन्ती गरेर त्यसको अन्त गरिदिनुभयो। तकेलको अर्थ हजुर तराजुमा जोखिनुभयो र हलुंगो ठहरिनुभयो। ऊपर्सीनको अर्थ हजुरको राज्य मादी र फारसीहरूलाई दिइयो।’

दानियलले यसो भनिरहेकै बेला मादी र फारसीहरूले बाबेलमाथि आक्रमण गर्न थालिसकेका हुन्छन्‌। तिनीहरूले सहरलाई कब्जा गरेर बेलसजरलाई मार्छन्‌। भित्तामा लेखिएको कुरा त्यही रात सत्य साबित हुन्छ! तर अब इस्राएलीहरूलाई चाहिं के हुने हो? हामी चाँडै पत्ता लगाउनेछौं। तर पहिले दानियललाई के हुन्छ, त्यो थाह लगाऔं।

दानियल ५:१-३१.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने