प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ९९
  • माथिल्लो तलाको कोठामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • माथिल्लो तलाको कोठामा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको साँझको भोज
    येसु—बाटो, सत्य र जीवन
  • तपाईंलाई असर गर्ने एउटा उत्सव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • अन्तिम भोज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवा र उहाँको छोरालाई सम्झौं
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ९९
आफ्ना वफादार प्रेरितहरूसित येशूको अन्तिम भोज

कथा ९९

माथिल्लो तलाको कोठामा

यो घटना दुई दिनपछि, बिहीबार रातीको हो। येशू आफ्ना १२ प्रेरितसित निस्तार चाडको भोज खान माथिल्लो तलाको यो ठूलो कोठामा भेला हुनुभएको छ। कोठाबाट निस्कदैं गरेको मान्छे यहूदा इस्करयोती हो। अब ऊ येशूलाई कसरी पक्रने भनेर पूजाहारीहरूलाई बताउन जाँदैछ।

केही दिनअघि यहूदाले पूजाहारीहरूकहाँ गएर यो प्रश्‍न गरेको थियो: ‘येशूलाई पक्रन मदत गरें भने तपाईंहरू मलाई के दिनुहुन्छ?’ उनीहरूले चाँदीका तीस टुक्रा दिने वचन दिन्छन्‌। अब येशूलाई समात्न लगाउन यहूदा ती पूजाहारीहरूलाई लिन जाँदैछ। यहूदा कति दुष्ट रहेछ!

निस्तार चाडको भोज सकिएपछि येशूले अर्को विशेष भोज सुरु गर्नुहुन्छ। उहाँ आफ्ना प्रेरितहरूलाई रोटी दिंदै यसो भन्‍नुहुन्छ: ‘यो खाओ किनभने तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो।’ त्यसपछि उहाँले एक कचौरा दाखमद्य दिदैं यसो भन्‍नुहुन्छ: ‘यसलाई पिओ किनभने यो तिमीहरूको निम्ति बगेको मेरो रगत हो।’ येशूले सुरु गर्नुभएको यो भोजलाई बाइबलले ‘प्रभुको साँझको भोज’ अथवा ‘प्रभुको भोज’ भन्छ।

मिश्रमा परमेश्‍वरको स्वर्गदूतले इस्राएलीहरूको घरलाई ‘नाघेर’ मिश्रीहरूका परिवारका सबै जेठाहरूलाई मारेको दिनको सम्झना गर्न इस्राएलीहरू निस्तार भोज मनाउने गर्थे। तर अबदेखि येशू आफ्ना चेलाहरूले उहाँलाई अनि उहाँले उनीहरूका निम्ति कसरी जीवन दिनुभयो, त्यो सम्झेको चाहनुहुन्छ। यसैकारण उहाँ आफ्ना चेलाहरूलाई हरेक वर्ष यो विशेष भोज मनाउनू भन्‍नुहुन्छ।

प्रभुको साँझको भोज खाएपछि येशूले प्रेरितहरूलाई आफ्नो विश्‍वास बलियो बनाउनू अनि साहसी हुनू भन्‍नुहुन्छ। अन्तमा आफ्ना चेलाहरूसित परमेश्‍वरको भजन गाएपछि येशू त्यहाँबाट निस्कनुहुन्छ। उहाँहरू बाहिर निस्कँदा मध्य रात भइसकेको हुन्छ। हेरौं, उहाँहरू अब कहाँ जानुहुन्छ।

मत्ती २६:१४-३०; लूका २२:१-३९; यूहन्‍ना १३ देखि १७ अध्यायसम्म; १ कोरिन्थी ११:२०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने