प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १०३
  • बन्द कोठाभित्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बन्द कोठाभित्र
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
  • “मैले प्रभुलाई देखेँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येसु फेरि जीवित हुनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वर आफ्नो छोरालाई सम्झनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १०३
पुनरुत्थान हुनुभएको येशू चेलाहरूकहाँ देखापर्नुहुन्छ

कथा १०३

बन्द कोठाभित्र

पत्रुस र यूहन्‍नाले येशूको चिहान छोडेर गएपछि मरियम एक्लै हुन्छे। ऊ रुन थाल्छे! अनि हामीले अगाडिको कथाको चित्रमा देखेझैं ऊ निहुरिंदै चिहानभित्र चियाउँछे। त्यहाँ उसले दुई स्वर्गदूतहरू देख्छे! उनीहरूले मरियसलाई सोध्छन्‌: ‘ए नारी, तिमी किन रुँदैछ्‌यौ?’

मरियम यस्तो जवाफ दिन्छे: ‘किनभने उनीहरूले मेरा प्रभुलाई लगेछन्‌ र उहाँलाई कहाँ राखेका छन्‌, म जान्दिनँ।’ यति भनेर मरियम फनक्क फर्किन्छे र एक जना मान्छेलाई देख्छे। त्यो मान्छेले उसलाई सोध्छ: ‘ए नारी, तिमी कसलाई खोज्दैछौ?’

मरियमले उसलाई माली होला भन्ठान्छे र उसैले येशूको लास लगेको हुनुपर्छ भनी सोच्छे। मरियम यसो भन्छे: ‘हजुर, तपाईंले उहाँलाई लैजानुभएको हो भने उहाँलाई कहाँ राख्नुभएको छ मलाई बताउनुहोस्‌।’ तर मरियमले माली भन्ठानेको मान्छे वास्तवमा येशू हुनुहुन्थ्यो। मरियमले चिन्‍न नसक्ने शरीर उहाँले धारण गर्नुभएको थियो। येशूले ‘ए मरियम’ भनेर बोलाउनुभएपछि मरियमले उहाँ येशू हुनुहुँदोरहेछ भनेर चिनिहाल्छे। त्यसपछि ऊ दौडँदै गएर चेलाहरूलाई यसो भन्छे: ‘मैले प्रभुलाई देखें!’

त्यसै दिन, इम्माउस भन्‍ने गाउँ गइरहेको बेला दुई चेलाहरूले एक जना बटुवालाई भेट्‌छन्‌। येशू मारिनुभएकोले चेलाहरू साह्रै दुःखी छन्‌। उनीहरू सँगसँगै हिंड्‌दै जाँदा त्यो बटुवाले बाइबलबाट थुप्रै कुरा बुझाउँछ र दुवै चेलालाई धेरै हलुको महसुस हुन्छ। अन्तमा, त्यो बटुवासँगै खाना खान बस्दा उहाँ त येशू पो हुनुहुँदोरहेछ भनेर चेलाहरूले चिन्छन्‌। तर येशू उनीहरूको दृष्टिबाट अलप भइहाल्नुहुन्छ। त्यसपछि ती दुई जना चेलाहरू उहाँको विषयमा प्रेरितहरूलाई बताउन हतारिंदै यरूशलेम फर्कन्छन्‌।

यी सबै भइरहेको बेला येशू पत्रुसकहाँ पनि देखा पर्नुहुन्छ। यो सुनेर निकै हलचल मच्चिन्छ। अनि अघिको दुई जना चेलाहरू यरूशलेम पुगेर प्रेरितहरूलाई भेट्‌छन्‌। येशू कसरी बाटोमा देखा पर्नुभयो भनेर उनीहरूले प्रेरितहरूलाई बताउँछन्‌। तर उनीहरूले यो घटना सुनाइरहेकै बेला अचम्मको कुरा हुन्छ। त्यो अचम्मको कुरा के होला, तिमीलाई थाह छ?

चित्रमा हेर त। ढोका बन्द भए पनि येशू उनीहरूकहाँ देखा पर्नुहुन्छ। चेलाहरू असाध्यै खुसी हुन्छन्‌! के तिमीलाई पनि खुसी लागेन? अहिलेसम्म येशू कति पटक आफ्ना चेलाहरूकहाँ देखा परिसक्नुभयो, गनेर हेर त। पाँच पटक, होइन त?

येशू चेलाहरूकहाँ देखा पर्नुहुँदा प्रेरित थोमाचाहिं त्यहाँ हुँदैन। चेलाहरूले थोमालाई यसो भन्छन्‌: ‘हामीले प्रभुलाई देख्यौं!’ तर थोमाले आफैले नदेखेसम्म म विश्‍वास गर्दिनँ भन्छ। यसको आठ दिनपछि चेलाहरू फेरि ढोका बन्द गरेर कोठाभित्र बसिरहेका हुन्छन्‌ र यस पटक चाहिं थोमा पनि उनीहरूसितै हुन्छ। अचानक, येशू कोठाभित्र देखा पर्नुहुन्छ। त्यसपछि बल्ल थोमाले येशू बिउँतनुभएको रहेछ भनेर विश्‍वास गर्छ।

यूहन्‍ना २०:११-२९; लूका २४:१३-४३.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने