प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १०७
  • स्तिफनसलाई ढुंगाले हान्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्तिफनसलाई ढुंगाले हान्छन्‌
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवाको भयमा हिड़ने गर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १०७
रिसले चूर भएका मानिसहरूले ढुङ्‌गाले हान्दै गर्दा स्तिफनस प्रार्थना गर्छन्‌

कथा १०७

स्तिफनसलाई ढुंगाले हान्छन्‌

चित्रमा हेर त! घुँडा टेकेर बसेको यो मान्छे स्तिफनस हो। ऊ येशूको विश्‍वासी चेला हो। तर हेर, उसलाई अहिले मान्छेहरूले ढुंगा हान्दैछन्‌। उनीहरूले स्तिफनससित किन त्यस्तो खराब व्यवहार गरेका होलान्‌?

किनभने परमेश्‍वरले स्तिफनसलाई अचम्मलाग्दा चमत्कारहरू गर्ने शक्‍ति दिनुभएको थियो। तर यी मान्छेहरूलाई उसले त्यसो गरेको मन पर्दैन। त्यसकारण तिमीले किन अरूलाई प्रचार गरेको भनेर उनीहरू निहुँ खोज्न थाल्छन्‌। तर परमेश्‍वरले स्तिफनसलाई धेरै बुद्धि दिनुहुन्छ र बरु उल्टो उनीहरूले नै झूटा कुरा सिकाइरहेका छन्‌ भनेर स्तिफनसले छर्लंग पारिदिन्छ। यसले गर्दा उनीहरू रिसले मुरमुरिन्छन्‌ अनि स्तिफनसलाई समात्छन्‌। त्यसपछि अरू मान्छेहरू जम्मा गरेर स्तिफनसको विषयमा झूटो कुरा बोल्न लगाउँछन्‌।

अरूको झूटो कुरा सुनिसकेपछि प्रधान पूजाहारीले स्तिफनसलाई यसो भनेर सोध्छ: ‘के यिनीहरूले भनेको कुरा साँचो हो?’ अनि स्तिफनसले बाइबलबाट एउटा राम्रो भाषण दिएर आफ्नो जवाफ दिन्छ। पहिले-पहिले पनि खराब मान्छेहरूले यहोवाका अगमवक्‍ताहरूलाई दुःख दिएका थिए भनेर स्तिफनसले आफ्नो भाषणको अन्तमा बताउँछ। त्यसपछि उसले यसो भन्छ: ‘तिमीहरू पनि त्यही खराब मान्छेहरू जस्तै छौ। तिमीहरूले परमेश्‍वरको सेवक येशूलाई माऱ्‍यौ। तिमीहरू परमेश्‍वरको आज्ञा पनि मान्दैनौ।’

यो सुनेर धर्मगुरुहरू रिसाउनसम्म रिसाउँछन्‌! उनीहरू रिसले दाह्रा किट्‌न थाल्छन्‌। तर स्तिफनस शीर उठाएर यसो भन्छ: ‘हेर, म येशूलाई स्वर्गमा परमेश्‍वरको दाहिनेपट्टि उभिरहेको देख्छु।’ स्तिफनसले बोल्न सिध्याउन नपाउँदै धर्मगुरुहरू आ-आफ्नो कान थुन्छन्‌ र स्तिफनसमाथि झम्टन्छन्‌। उनीहरूले स्तिफनसलाई घिसार्दै सहरबाहिर लैजान्छन्‌।

त्यहाँ उनीहरूले आ-आफ्नो बाहिरी लुगा फुकालेर एक जना जवान मान्छे शावलको जिम्मा लगाउँछन्‌। चित्रमा हेर त, के तिमी शावललाई उभिएर हेरिरहेको देख्छौ? त्यसपछि मान्छेहरूको हूलले स्तिफनसलाई ढुंगा हान्‍न थाल्छ। मान्छेहरूले ढुंगाले हिर्काइरहेको बेला तिमीले चित्रमा देखेजस्तै स्तिफनस घुँडा टेकेर परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्छ: ‘हे यहोवा, उनीहरूलाई यो खराब कामको सजाय नदिनुहोस्‌।’ धेरैजसो मान्छे धर्मगुरुहरूको लहैलहैमा लागेर उसलाई ढुंगा हिर्काउन तम्सिएका हुन्‌ भनेर स्तिफनसलाई थाह थियो। त्यसपछि स्तिफनस मर्छ।

अरूले तिमीसित नराम्रो व्यवहार गऱ्‍यो भने के तिमी त्यसको बदला लिन्छौ अथवा तिनीहरूलाई दण्ड दिनुहोस्‌ भनेर के तिमी परमेश्‍वरलाई बिन्ती गर्छौ? तर येशू र स्तिफनसले त्यसो गर्नुभएन। उहाँहरूले खराब व्यवहार गर्नेहरूलाई समेत दया देखाउनुभयो। हामीले पनि उहाँहरूले जस्तै गर्ने कोसिस गर्नुपर्छ।

प्रेरित ६:८-१५; ७:१-६०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने