प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १११
  • भुसुक्कै निदाएको केटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भुसुक्कै निदाएको केटो
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • “सबै मानिसको रगतबाट म निर्दोष छु”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • टापुमा जहाज दुर्घटना
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पावलको नयाँ सहयोगी तिमोथी
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १११
मृत युटाइकस भुइँमा

कथा १११

भुसुक्कै निदाएको केटो

लौ न, यो केटोलाई ठूलै चोट लाग्यो जस्तो छ नि। हेर त, पावल घरबाट हतारिंदै निस्कँदैछ! तिमीले तिमोथीलाई पनि देख्यौ कि? यो केटो झ्यालबाट खसेजस्तो छ।

हो, ऊ खसेकै हो। पावलले यहाँ त्रोआसमा चेलाहरूलाई भाषण दिइरहेको थियो। अब धेरै समयपछि मात्र उनीहरूसित फेरि भेट हुनेछ भनी पावललाई थाह थियो। पावल भोलिपल्टै जहाज चढेर जान लागेको थियो। यसैकारण पावल आधा रातसम्मै उनीहरूसित कुरा गरिरहन्छ।

झ्यालबाट खस्ने केटोको नाउँ युटाइकस हो। झ्यालमा बस्दाबस्दै ऊ भुसुक्कै निदाउँछ अनि तीन तला तल भुइँमा खस्छ। त्यसकारण सबै जना उसलाई के भयो होला भनेर चिन्तित हुन्छन्‌। उसलाई उठाउन जाँदा त उनीहरूले सोचेझैं युटाइकस मरिसकेको हुन्छ।

ऊ मरिसक्यो भनेर थाह पाएपछि पावलले ऊमाथि घोप्टो परेर अँगालो हाल्छ र भन्छ: ‘चिन्ता नगर्नुहोस्‌। उसको सास छ!’ अनि पावलले भनेझैं त्यो केटो साँच्चै ठीक हुन्छ! वास्तवमा पावलले चमत्कार गरेर उसलाई फेरि जिउँदो पारेको थियो। युटाइकसलाई जिउँदै पाउँदा सबै जना रमाउँछन्‌।

त्यसपछि उनीहरू सबै जना माथि गएर खाना खान्छन्‌। पावल बिहानसम्मै कुरा गरिरहन्छ। अबचाहिं युटाइकस पटक्कै निदाउँदैन! कुराकानी सकेर पावल, तिमोथी र उसका अरू साथीहरू जहाज चढ्‌छन्‌। उनीहरू कहाँ जान्छन्‌ तिमी भन्‍न सक्छौ?

पावल र तिमोथीले युटाइकस मरिसकेको भेट्टाउँछन्‌

पावलले भर्खरै आफ्नो तेस्रो प्रचार यात्रा सिध्यायो। अब पावल आफ्नै घर फर्कन लागेको छ। यस पटक पावलले एफिससमा मात्रै तीन वर्ष बितायो। त्यसकारण, यो यात्रा उसको दोस्रो यात्राभन्दा लामो थियो।

त्रोआसबाट हिंडेपछि जहाज एकछिन मिलेटसमा रोकिन्छ। यो ठाउँबाट एफिसस नजिकै पर्ने भएकोले पावलले त्यहाँको मण्डलीका धर्मगुरुहरूलाई मिलेटसमा भेट्‌न बोलाउँछ। पावलसितको यो नै अन्तिम भेटघाट भएकोले जहाज हिंड्‌ने बेला एफिससका धर्मगुरुहरू असाध्यै दुःखी हुन्छन्‌!

अन्तमा जहाज सिजरिया फर्कन्छ। त्यहाँ पावल फिलिपको घरमा बस्छ। सिजरियामै हुँदा एकदिन अगमवक्‍ता अगाबसले पावललाई सतर्क गराउँछ। पावल यरूशलेम गए भने त्यहाँ कैदी बनाइनेछन्‌ भनेर उसले बताउँछ। नभन्दै, त्यस्तै हुन्छ। त्यसपछि पावलले सिजरियाको जेलमा दुई वर्ष बिताउँछ र अन्तमा पावललाई रोमी सिजरको अदालतमा लैजान रोम पठाइन्छ। अब रोम जाँदा बाटोमा के हुन्छ, हामी अर्को कथा पढेर थाह लगाऔं!

प्रेरित अध्याय १९ देखि २६ सम्म।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने