प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ११४
  • सबै खराब कुराको अन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै खराब कुराको अन्त
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • समुद्रका नाच्ने घोडाहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • पृथ्वीमा नयाँ प्रमोदवन
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • बाइबलको भविष्यवाणी पूरा हुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ११४
येशू र उहाँको स्वर्गीय सेना सेतो घोडामा

कथा ११४

सबै खराब कुराको अन्त

भन त तिमीले चित्रमा के देख्यौ? स्याबास! सेतो घोडचढीहरूको पल्टन। तर उनीहरू कताबाट आइरहेका छन्‌, राम्ररी हेर त। ती घोडाहरू बादल माथि-माथि स्वर्गबाट आइरहेका छन्‌। तर स्वर्गमा पनि घोडा हुन्छ र?

हुँदैन। यी घोडाहरू साँच्चैका घोडाहरू होइनन्‌। साँच्चैका घोडाहरू भए त, कहाँ बादलमा दौडिन सक्थे र? तर बाइबलले स्वर्गमा घोडाहरू दौडेको कुरा गर्छ। किन, तिमीलाई थाह छ?

उहिले-उहिलेका मान्छेहरू घोडा चढेर लडाइँमा जान्थे। यसकारण परमेश्‍वरले पनि पृथ्वीका मान्छेहरूसित लडाइँ गर्नुहुनेछ भनेर बुझाउन बाइबलले स्वर्गबाट घोडा चढेर आउने व्यक्‍तिहरूको विषयमा कुरा गरेको हो। परमेश्‍वरले लड्‌नुहुने युद्ध हुने ठाउँको नाउँ के हो, तिमीलाई थाह छ? आरमागेडोन। परमेश्‍वरले यो युद्ध लडेर पृथ्वीमा भएका सबै खराब कुरा नाश गर्नुहुनेछ।

परमेश्‍वरले येशूलाई आरमागेडोनमा यो युद्ध लड्‌न पठाउनुहुनेछ। यहोवाले येशूलाई आफ्नो सरकारको राजा बनाउन रोज्नुभएको छ भनेर तिमीलाई यादै होला नि। त्यसैले चित्रमा येशूले राजमुकुट लगाउनुभएको हो। उहाँले बोक्नुभएको तरवारले चाहिं उहाँले परमेश्‍वरका सबै शत्रुहरूलाई मार्नुहुनेछ भनेर देखाउँछ। परमेश्‍वरले सबै खराब मान्छेलाई नाश गर्नुहुनेछ भनेर थाह पाउँदा के तिमीलाई अचम्म लाग्यो?

दस नम्बरको कथा फेरि सम्झ त! तिमीले त्यहाँ चित्रमा के देखेका थियौ? हो, जलप्रलयले सबै खराब मान्छेलाई नाश गरेको। त्यो जलप्रलय कसले गराएको थियो? यहोवा परमेश्‍वरले। अब १५ नम्बरको कथा पल्टाएर हेर त। त्यहाँ चित्रमा के भएको हो? हो, यहोवाले सदोम र गमोराका मान्छेहरूलाई आकाशबाट आगो झारेर नाश गर्नुहुँदैछ।

तेत्तीस नम्बरको कथा पनि पल्टाएर हेर त। मिश्र देशका घोडा अनि रथहरूलाई के भइरहेको छ? कसले उनीहरूलाई पानीमा डुबाएर नाश गर्नुभयो? यहोवाले। तर उहाँले आफ्ना मान्छेहरूलाई बचाउन त्यसो गर्नुभएको थियो। त्यसै गरी ७६ नम्बरको कथा हेर। यहोवाको आफ्नै मान्छे, इस्राएली जातिले नराम्रो काम गर्दा उनीहरूलाई पनि नाश हुन दिनुभयो।

यसकारण पृथ्वीमा भइरहेको सबै खराब कुरा हटाउन यहोवाले स्वर्गबाट आफ्ना सिपाहीहरू पठाउनुहुनेछ भनेर अचम्म नमान। बरु, त्यसपछि के हुनेछ भनेर सोच। अब पाना पल्टाऔं र अर्को कथा पढेर हेरौं!

प्रकाश १६:१६; १९:११-१६.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने