खण्ड ३
तपाईंको सौन्दर्यमाथि एक झलक
भनिन्छ, सौन्दर्य सतही मात्र हुन्छ। तर त्यसो हो भने सुन्दर युवाहरूको मात्र फलिफाप भएजस्तो किन देखिन्छ? साथीको जस्तै लुगा लगाउने, रूपरंग बनाउने दबाबको सामना कसरी गर्न सकिन्छ?
तपाईंले हरेक दिन बिहान ऐनामा देख्नुहुने आफ्नो रूपरंगप्रति नयाँ तथा व्यवहारिक दृष्टिकोण राख्न यसपछिका केही पृष्ठहरूले मदत गर्नेछन्।