प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. १६ पृ. १२७-१३२
  • कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिरस्कार
  • “मलाई एक्लै छोडेर कसरी जान सकेको होला?”
  • “त्यति मात्र गरिदिएको भए त . . . ”
  • “साथीहरूलाई के भन्‍ने?”
  • शोकसित जुझ्ने
  • आफ्ना भावनाहरू अरूलाई बताउने
  • परिवारको रूपमा एकसाथ सहने
  • शोकाकुल अवस्थामा सँभाल्ने आशा
  • म यो चोट कसरी सहन सक्छु?
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • के मैले यस्तो महसुस गर्नु स्वाभाविक हो?
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • अरूले कसरी मदत गर्न सक्छन्‌?
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. १६ पृ. १२७-१३२

अध्याय १६

कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन?

मिशेल, आफ्नो बुबाको मृत्यु भएको दिनलाई सम्झँदै यसो भन्छन्‌: “म स्तब्ध भएँ। . . . मेरो मन मानेन, ‘यो हुनै सक्दैन भनेर बरबराएँ।’ ”

शायद तपाईंले माया गर्नुहुने व्यक्‍ति—आमा या बुबा, भाइ, बहिनी वा साथीको मृत्यु भएको होला। अनि दुःखी महसुस गर्नुको साथै रीस, अन्योल र डर पनि महसुस गर्दै हुनुहुन्छ होला। जेसुकै गरेर पनि आँसु थाम्न सक्नुहुन्‍न होला। वा आफ्नो पीडालाई गुम्साएर राख्न खोज्दै हुनुहुन्छ होला।

वास्तवमा, आफूले माया गरेको व्यक्‍ति लाजरसको मृत्युमा शोक मनाइरहेका व्यक्‍तिहरू देखेर येशू “रुनुभयो।” (यूहन्‍ना ११:३३-३६; २ शमूएल १३:२८-३९ तुलना गर्नुहोस्‌।) अरूले पनि यस्तै महसुस गरेका छन्‌ भनेर थाह पाउँदा तपाईंले केही मदत पाउन सक्नुहुन्छ।

तिरस्कार

सुरुमा त तपाईंले त्यस्तो कुनै प्रतिक्रिया देखाउनुहुन्‍न होला। यो एउटा नराम्रो सपना मात्र हो अनि कसैले आएर तपाईंलाई झस्काएपछि अवस्था जस्ताको तस्तै हुनेछ भन्‍ने आश गर्नुहुन्छ होला। उदाहरणको लागि, सिन्डीकी आमा क्यान्सर रोगले मरिन्‌। सिन्डी भन्छिन्‌: “मलाई उहाँको मृत्यु भयो भनेर पत्यारै लागेको छैन। कुनै त्यस्तो घटना भएपछि, ‘यो त आमालाई भन्‍नैपर्छ बा’ भनेर मनमनै भनिरहेकी हुन्छु किनभने त्यस्ता कुराहरू आमालाई बताउने बानी थियो।”

शोकाकुल व्यक्‍तिहरू आफ्ना प्रिय जनको मृत्युलाई स्वीकार्न प्रायः तत्पर हुँदैनन्‌। मरेको व्यक्‍तिलाई अचानक सडकमा, गुडिरहेको बसमा वा सबवेमा देखेजस्तो पनि लाग्ला। उक्‍त मरेको व्यक्‍तिसित अलिकता मात्र रूपरंग वा आकृति मिल्ने कोही देख्यो भने पनि मृत्यु भएको होइन कि भन्‍ने आशा हुन्छ। किनभने नबिर्सनुहोस्‌, परमेश्‍वरले मानिसहरू मरोस्‌ भनेर होइन तर बाँचोस्‌ भनेर बनाउनुभएको थियो। (उत्पत्ति १:२८; २:९) त्यसकारण मृत्युलाई स्वीकार्न गाह्रो हुनु त स्वाभाविकै हो।

“मलाई एक्लै छोडेर कसरी जान सकेको होला?”

मरेको व्यक्‍तिसित कताकता रीससमेत उठ्यो भने छक्क नपर्नुहोस्‌। सिन्डी भन्छिन्‌: “आमाको मृत्युपछि कहिलेकाहीं मलाई यस्तो लाग्थ्यो, ‘मर्छु होला भनेर तपाईंले हामीलाई किन थाह दिनुभएन। तपाईं त फुत्त निस्कनुभयो।’ त्यसपछि आफू एक्लै भएजस्तो लाग्यो।”

भाइबहिनीको मृत्युले पनि त्यस्तै भावनाहरू जगाउनसक्छ। करेन भन्छन्‌, “मरिसकेको व्यक्‍तिसित रीसाउनु त पटक्कै नसुहाउने कुरा हो। तर के गर्ने, बहिनी मरेपछि मलाई ऊसित रीस उठ्यो। ‘मलाई एक्लै छोडेर कसरी जान सकेको होला? यसो गर्ने आँट कसरी गरेको होला?’ जस्ता विचारहरू मेरो दिमागमा घुमिरहन्थ्यो।” आफ्नो भाइ वा बहिनीको मृत्युले गर्दा पीडा भोग्नु पर्दा पनि कसै-कसैलाई रीस उठ्‌नसक्छ। कोही चाहिं आफूलाई एक्लै पारेजस्तो महसुस गर्छन्‌। कसै कसैले शायद बिरामी भाइ वा बहिनीले मर्नुअघि पाएको मायाममताको डाह पनि गर्लान्‌। शोकाकुल आमाबाबुले आफ्नो एउटा बच्चा मरेपछि अर्को बच्चा पनि मर्ला कि भन्‍ने डरले गर्दा बढ्‌तै हेरचाह गर्न थाल्नसक्छन्‌। यसले गर्दा पनि मरेको व्यक्‍तिसित असाध्यै रीस उठ्‌नसक्छ।

“त्यति मात्र गरिदिएको भए त . . . ”

मृत्युपछि प्रायजसो दोषी भावना पनि आइरहन्छ। मनमा अनेकन्‌ शंका उपशंकाहरू खेल्न थाल्छन्‌। ‘हामीले कुनै कुरा गर्न बाँकी राख्यौं कि? अर्को चिकित्सकको राय लिनुपर्नेथियो कि?’ त्यति मात्र गरिदिएको भए भन्‍ने विचारहरू त छँदैछ। ‘हामी त्यति धेरै झगडा नगरेको भए।’ ‘अलि बढी दयालु भएको भए।’ ‘उसको साटो बरु म पसलमा गइदिएको भए।’

मिशेल भन्छन्‌: “बुबासित व्यवहार गर्दा त्यति अधीर नभई उहाँको कुरा अलि बुझिदिएको भए त हुन्थ्यो। वा उहाँ घर फर्कनुहुँदा सजिलो होस्‌ भनेर मैले अलि बढी सघाउपराउ गरिदिएको भए हुन्थ्यो जस्तो मलाई लाग्छ।” इलिशा यसो भन्छन्‌: “आमा बिरामी परेर दुइ चार दिनमै अकस्मात्‌ बित्नुहुँदा हामी दुवैले एकअर्कालाई व्यक्‍त नगरेका भावनाहरू मेरो मनमा थुप्रै थिए। अहिले म असाध्यै दोषी महसुस गर्छु। उहाँलाई भन्‍नुपर्ने कुराहरू अझै मनभित्रै छन्‌। बिगतमा, उहाँलाई भन्‍न हुने नहुने कुराहरू भनेको र आफ्ना गल्तीहरू पनि झलझली सम्झन्छु।”

जे भयो त्यसको लागि पनि दोषी महसुस गर्नुहोला। सिन्डी अतीतलाई सम्झँदै यसो भन्छिन्‌: “आमासित गरेको भनाभन, मैले गर्दा उहाँलाई भएको तनाउ, सबै सम्झँदा दोषी महसुस गर्छु। मेरो कचकचले गर्दा नै उहाँ बिरामी पर्नुभएको होला जस्तो लाग्थ्यो।”

“साथीहरूलाई के भन्‍ने?”

एउटी विधवीले आफ्नो छोराबारे यसो भनिन्‌: “बुबाको मृत्यु भयो भनेर जोनी कसैलाई बताउन चाहँदैनथिए। ऊ असाध्यै अप्ठ्यारो महसुस गर्थ्यो र अप्ठ्यारो लागेकोले उसलाई रीस पनि उठ्‌थ्यो।”

परिवारमा मृत्यु र शोक (अंग्रेजी) पुस्तक यसो भन्छ: “ ‘साथीहरूलाई के भन्‍ने?’ भन्‍ने प्रश्‍न [मृतकका] भाइबहिनीहरूको लागि सर्वमहत्त्वपूर्ण विषय  हुन जान्छ। ती भाइबहिनीहरूलाई अहिले आफूले भोगिरहेको अनुभव साथीहरूले बुझ्दैनन्‌ जस्तो लाग्छ। मृत्युको पीडालाई बुझाउन खोज्दा साथीहरू अक्क न बक्क परेर ट्‌वाल्ल हेर्लान्‌। . . . फलस्वरूप, शोकाकुल भाइ वा बहिनीले त्यागिएको, एक्लो र कहिलेकाहीं त बौलाएजस्तो महसुस गर्लान्‌।”

तर यो पनि नबिर्सनुहोस्‌, कहिलेकाहीं शोकाकुल साथीलाई के भन्‍नुपर्छ भनेर साथीहरूलाई थाह नभएको पनि हुनसक्छ। त्यसैले बरु केही भन्दैनन्‌। तपाईंको प्रिय जनको मृत्युले तिनीहरूको पनि कोही मर्नसक्छ भनेर सम्झाउनसक्छ। अतः त्यो कुरालाई सम्झनै नचाहेर तिनीहरू तपाईंबाट तर्किन सक्छन्‌।

शोकसित जुझ्ने

यसरी शोक गर्नु सामान्य हो भनेर थाह पाउँदा पनि ठूलो मदत पाउन सकिन्छ। तर वास्तविकतालाई अस्वीकार गर्दा शोक झनै लम्बिन्छ। कहिलेकाहीं परिवारका सदस्यहरू खाना खान बस्दा मरेको व्यक्‍तिको ठाउँ खाली छोड्‌छन्‌। तर एउटा परिवारले भने अर्कै उपाय निकाल्यो। आमा चाहिं यसो भन्छिन्‌: “पहिले हामी टेबलमा जहाँ जहाँ बस्थ्यौं, त्यहीं नबसेर ठाउँ हेरफेर गऱ्‍यौं। डेभिडको ठाउँमा मेरो श्रीमान्‌ बस्नुभयो र त्यसले गर्दा हामीले त्यत्तिको शून्य महसुस गरेनौं।”

तपाईंले त्यस प्रिय व्यक्‍ति जिउँदो हुँदा भन्‍न नहुने कुरा भनें, भन्‍नुपर्ने कुरा भनिंन अनि गर्न हुने, नहुने कुराहरू गरें भनेर मनमा कुरा खेलिरहला, तर तपाईंको प्रिय जन मर्नुको कारण त्यो होइन भनी बुझ्दा पनि केही हदसम्म मदत पाउन सकिन्छ। यसबाहेक, “धेरै कुरामा हामी चुक्‍तछौं।”—याकूब ३:२.

आफ्ना भावनाहरू अरूलाई बताउने

डा. अर्ल ग्रोलमान यस्तो सुझाउ दिन्छन्‌: “तपाईंको मनमा खेलिरहेको द्वन्द्वलाई स्वीकारेर मात्र पुग्दैन। त्यसलाई हटाउन केही कदम चाल्नुपर्छ। . . . यो घडी आफ्ना भावनाहरू अरूलाई बताउने समय हो।” अरूबाट अलग्गिएर एकलकाँटे हुने समय पटक्कै होइन।—हितोपदेश १८:१.

ग्रोलमान भन्छन्‌, शोकलाई इन्कार गर्दा “तपाईंले शोकको पीडालाई झन्‌ झन्‌ लम्ब्याउनुहुन्छ।” तिनी यस्तो सुझाउ दिन्छन्‌: “तपाईंका यी भावनाहरू सामान्य हुन्‌ भनेर बुझिदिने अनि तपाईंको कुरा ध्यान दिएर सुनिदिने साथी खोज्नुहोस्‌।” आमा या बुबा, भाइ, बहिनी, साथी वा मसीही मण्डलीका प्राचीनले अवश्‍य मदत दिनसक्छन्‌।

अनि रुन मन लाग्यो भने नि? डा. ग्रोलमान यसो भन्छन्‌: “कसै कसैको लागि भावनात्मक पीडा कम गर्ने सबैभन्दा ठूलो उपचार नै आँसु बगाउनु हो र यो पुरुष, स्त्री, केटाकेटी सबैमा लागू हुन्छ। रुनु भनेको चिन्ता र पीडा कम गर्ने स्वाभाविक तरिका हो।”

परिवारको रूपमा एकसाथ सहने

कोही प्रिय जनको मृत्यु हुँदा तपाईंका आमाबाबुले निकै मदत दिन सक्नुहुन्छ र तपाईंले पनि उहाँहरूलाई मदत दिन सक्नुहुन्छ। उदाहरणका लागि, बेलाइतका जेन र साराको २३ वर्षीय भाइ डारलको मृत्यु भयो। तिनीहरूले आफूलाई कसरी सँभाले? जेन यस्तो जवाफ दिन्छिन्‌: “अब हामी परिवारमा चार जना मात्र बाँकी भएको हुँदा म बुबाको पुच्छर लागें र साराले आमाको साथ छोडिनन्‌। यसो गर्दा हामीमध्ये कोही पनि एक्लै परेनौं।” जेन अझै यसो भन्छिन्‌: “मैले बुबा रुनुभएको कहिल्यै देखेकी थिइनँ। उहाँ निकै चोटि रुनुभयो र एक अर्थमा राम्रै भयो किनभने मैले उहाँलाई सान्त्वना दिन सकें।”

शोकाकुल अवस्थामा सँभाल्ने आशा

बेलाइतको ठिटो डेभिडको १३ वर्षीया बहिनी ज्यानेट, हजकिन्स रोगले मरिन्‌। तिनी भन्छन्‌: “मलाई मदत गर्ने एउटा कुरा, अन्त्येष्टि भाषणमा भनिएको एउटा शास्त्रपद थियो। त्यहाँ यसो भनिएको थियो: ‘उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्‍वास दिलाउनुभएको छ।’ वक्‍ताले पुनरुत्थानको दिन ‘ठहराउनुभएको’ छ भन्‍ने अभिव्यक्‍तिलाई जोड दिनुभयो। अन्त्येष्टिपछि त्यसले मलाई निकै बल प्रदान गऱ्‍यो।”—प्रेरित १७:३१; मर्कूस ५:३५-४२; १२:२६, २७; यूहन्‍ना ५:२८, २९; १ कोरिन्थी १५:३-८ पनि हेर्नुहोस्‌।

पुनरुत्थानबारे बाइबलले दिने आशाले शोकलाई पूर्णतया निवारण गर्दैन। किनभने आफ्नो प्रिय जनलाई तपाईं कहिल्यै बिर्सन सक्नुहुन्‍न। तथापि, धेरैले बाइबलका प्रतिज्ञाहरूबाट साँच्चै सान्त्वना पाएका छन्‌ र परिणामस्वरूप आफ्नो प्रिय जन गुमाउनुपरेको पीडालाई बिस्तारै बिस्तारै बिर्सन सकेका छन्‌।

छलफलका लागि प्रश्‍नहरू

◻ के तपाईंलाई आफ्नो प्रिय जन मर्दा शोक गर्नु स्वाभाविक लाग्छ?

◻ शोकाकुल व्यक्‍तिको मनमा कस्ता भावनाहरू जाग्नसक्छ र किन?

◻ शोकाकुल युवाले आफ्ना भावनाहरूलाई सँभाल्न के के गर्नसक्छन्‌?

◻ आफ्नो प्रिय जनको मृत्यु भएको साथीलाई तपाईं कसरी सान्त्वना दिन सक्नुहुन्छ?

[पृष्ठ १२८-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मलाई उहाँको मृत्यु भयो भनेर पत्यारै लागेको छैन। . . . ‘यो त आमालाई भन्‍नैपर्छ’ भनेर मनमनै भनिरहेकी हुन्छु”

[पृष्ठ -१३१मा भएको ठूलो अक्षरको क्याप्सन]

“आमाको मृत्युपछि . . . यस्तो लाग्थ्यो, ‘मर्छु होला भनेर तपाईंले हामीलाई किन थाह दिनुभएन। तपाईं त फुत्त निस्कनुभयो।’ त्यसपछि आफू एक्लै भएजस्तो लाग्यो”

[पृष्ठ १२९-मा भएको चित्र]

“यो हुनैसक्दैन!”

[पृष्ठ १३०-मा भएको चित्र]

हाम्रो कुनै प्रिय जनको मृत्यु हुँदा हामीलाई समानुभूतिशील व्यक्‍तिको मदत चाहिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने