प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १४
  • येशूका प्रथम चेलाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूका प्रथम चेलाहरू
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु चेलाहरू रोज्न थाल्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • तिनीहरू येशूका चेला बने
    महान्‌ शिक्षकबाट सिकौं
  • यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु बाह्र प्रेषित रोज्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १४

अध्याय १४

येशूका प्रथम चेलाहरू

चालीस दिनसम्म उजाडस्थानमा बसेपछि येशू आफूलाई बप्तिस्मा गराउने यूहन्‍नाकहाँ फर्किनुहुन्छ। जसै उहाँ नजिक आइपुग्नुहुन्छ, सबैले देख्ने गरी यूहन्‍नाले येशूतर्फ सङ्‌केत गर्छन्‌ र त्यहाँ उपस्थित सबैका सामुन्‍ने कराउँदै तिनी भन्छन्‌: “हेर, परमेश्‍वरको थुमा जसले संसारको पाप हटाउनुहुन्छ! उहाँ तिनै मानिस हुनुहुन्छ जसको विषयमा मैले भनेको थिएँ कि मपछि आउने एक जना मानिस मभन्दा अघि जानुभएको छ, किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।” येशूभन्दा यूहन्‍ना जेठा भए तापनि उहाँ यूहन्‍ना जन्मनुभन्दा अघिदेखि नै स्वर्गमा अदृश्‍य व्यक्‍तिका रूपमा हुनुहुन्थ्यो। यो कुरा यूहन्‍नालाई थाह छ।

तथापि केही साताअघि येशू बप्तिस्मा गर्न आउनुहुँदा, येशू नै मसीह हुनुहुनेछ भनेर जरुर पनि यूहन्‍नालाई पक्कासँग थाह थिएन। यस कुरालाई स्वीकार्दै यूहन्‍ना भन्छन्‌: “मैले पनि उहाँलाई चिनेको थिइनँ तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीमा बप्तिस्मा गराउँदै म आएँ।”

येशूलाई बप्तिस्मा गर्ने बेलामा भएको कुरा आफ्ना श्रोतालाई यूहन्‍ना यसरी भन्छन्‌: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिंदै गरेको देखें र त्यो उहाँमाथि बस्यो। मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिंदै र बस्दै गरेको तिमीले देखौला, पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”

अर्को दिन यूहन्‍ना आफ्ना दुई चेलाका साथ उभिरहेका छन्‌। अनि येशूलाई आइरहनुभएको देखेर तिनी भन्छन्‌: “हेर, परमेश्‍वरको थुमा!” अनि बप्तिस्मा गराउने यूहन्‍नाका दुई चेलाहरू येशूका पछि लाग्छन्‌। एउटाको नाउँ अन्द्रियास हो र अर्कोचाहिं तिनै हुन्‌ जसले यी कुराहरू लेखिरहेका छन्‌, जसलाई यूहन्‍ना भन्छन्‌। यी यूहन्‍ना पनि, दिइएका सङ्‌केतअनुसार, मरियमकी बहिनी सलोमीका छोरा भएकाले स्पष्टतः येशूका भाइ (सानी आमाका छोरा) नै हुन्‌।

येशूले फर्केर हेर्दा अन्द्रियास र यूहन्‍नालाई आफ्नो पछि-पछि आइरहेको देखेर तिनीहरूलाई सोध्नुहुन्छ: “तिमीहरू के चाहन्छौ?”

तिनीहरू उहाँलाई सोध्छन्‌: “हे रब्बी, (जसको अनुवाद गर्दा अर्थ हुन्छ, गुरुज्यू) तपाईं कहाँ बस्नुहुन्छ?”

उहाँ जवाफ दिनुहुन्छ: “आओ, अनि तिमीहरूले देख्नेछौ।”

अपरान्हको प्रायः चार बजेको छ अनि अन्द्रियास र यूहन्‍ना त्यस दिन येशूसँगै बस्छन्‌। त्यसपछि अन्द्रियास यत्ति उत्साहित हुन्छन्‌ कि आफ्ना भाइ, जसलाई पत्रुस भनिन्छ, खोज्न हतारिएर जान्छन्‌। तिनलाई भेट्टाएर भन्छन्‌: “हामीले मसीहलाई (जसको अनुवाद गर्दा अर्थ हुन्छ, ख्रीष्ट) भेट्टाएका छौं।” तिनले पत्रुसलाई येशूकहाँ लग्छन्‌। सायद त्यसै बेला यूहन्‍नाले पनि आफ्ना भाइ याकूबलाई भेट्टाएर येशूकहाँ ल्याउँछन्‌; तापनि व्यक्‍तिगत कुराहरूको जिकिर गर्ने यूहन्‍नाको स्वभाव नभएको हुनाकारण तिनले यो व्यक्‍तिगत जानकारीको चर्चा आफूले लेखेका सुसमाचारमा गरेका छैनन्‌।

अर्को दिन येशूले अन्द्रियास र पत्रुस बस्ने सहर बेथसेदाका बासिन्दा फिलिपलाई भेट्टाउनुहुन्छ। उहाँ तिनलाई भन्‍नुहुन्छ: “मेरो पछि लाग।”

अनि फिलिपले बारथोलोमाइ पनि भनिने नथनेललाई भेट्टाउँछन्‌ र भन्छन्‌: “हामीले यूसुफको छोरा नासरतको येशूलाई भेट्टाएका छौं, जसबारे मोशाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।” नथनेलले शङ्‌का गर्छन्‌ र सोध्छन्‌: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?”

फिलिप आग्रह गर्छन्‌: “आएर तिमी आफै हेर।” तिनीहरूलाई आफूकहाँ आउँदै गरेका देखेर नथनेलको विषयमा येशू भन्‍नुहुन्छ: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।”

नथनेल सोध्छन्‌: “तपाईंले मलाई कसरी चिन्‍नुभयो?”

येशू जवाफ दिनुहुन्छ: “फिलिपले तिमीलाई बोलाउनुअघि नै मैले तिमीलाई अन्जीरको रूखमुनि देखेको थिएँ।”

नथनेल छक्क पर्छन्‌। उनी भन्छन्‌: “रब्बी, [अर्थात्‌ गुरुज्यू] तपाईं परमेश्‍वरका छोरा हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”

येशू सोध्नुहुन्छ: “मैले तिमीलाई अन्जीरको रूखमुनि देखें भनेकोले नै के तिमीले विश्‍वास गरेका हौ? तिमीले यीभन्दा पनि ठूलठूला कुराहरू देख्नेछौ।” अनि उहाँ प्रतिज्ञा गर्नुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्‍वरका दूतहरूलाई मानिसको छोराकहाँ ओर्लिंदै र उक्लिंदै गरेको देख्नेछौ।”

यसपछि तुरुन्तै येशू आफ्ना नयाँ चेलाहरूका साथ यर्दन उपत्यकालाई छाडेर गालीलको यात्रा गर्नुहुन्छ। यूहन्‍ना १:२९-५१.

▪ येशूका प्रथम चेलाहरू को-को हुन्‌?

▪ पत्रुस र साथै सायद याकूब पनि येशूसँग कसरी परिचित हुन्छन्‌?

▪ येशू परमेश्‍वरका छोरा हुनुहुन्छ भनेर कुन कुराले नथनेलको चित्त बुझ्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने