प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १७
  • निकोदेमसलाई शिक्षा दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निकोदेमसलाई शिक्षा दिनुहुन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • निकोदेमसबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ जन्म—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १७

अध्याय १७

निकोदेमसलाई शिक्षा दिनुहुन्छ

इस्वी संवत्‌ ३० को निस्तार-चाडमा उपस्थित हुँदा येशूले उल्लेखनीय चिन्हहरू वा चमत्कारहरू देखाउनुहुन्छ। फलस्वरूप धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गर्छन्‌। सभाघर अर्थात्‌ यहूदी न्यायपरिषद्‌का एक सदस्य निकोदेमस असाध्यै प्रभावित हुन्छन्‌ र उहाँसँग अझै शिक्षा लिन चाहन्छन्‌। तर यहूदी नेताहरूको सामुन्‍ने आफ्नो प्रतिष्ठामा आघात नपुगोस्‌ भनेर कसैले नदेख्ने गरी उनी राती येशूकहाँ आउँछन्‌।

उनी भन्छन्‌: “रब्बी, हामीलाई थाह छ, तपाईं परमेश्‍वरको तर्फबाट आउनुभएको शिक्षक हुनुहुन्छ; किनकि यदि परमेश्‍वर साथमा हुनुहुन्‍न भने कसैले पनि तपाईंले गर्नुभएजस्ता चमत्कारहरू गर्न सक्दैन।” जवाफ दिंदै येशू निकोदेमसलाई भन्‍नुहुन्छ कि परमेश्‍वरको राज्यमा प्रवेश गर्नका लागि मानिस ‘फेरि जन्मनुपर्छ।’

तर कुनै मानिस फेरि कसरी जन्मन सक्छ? निकोदेमस सोध्छन्‌: “आफ्नी आमाको गर्भमा पसेर के ऊ फेरि जन्मन सक्छ र?”

फेरि जन्मनुको अर्थ त्यो होइन। येशू व्याख्या गर्नुहुन्छ: “पानी र पवित्र शक्‍तिद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा पस्न सक्दैन।” येशूको बप्तिस्मा हुँदा र पवित्र शक्‍ति उहाँमाथि आउँदा, उहाँ “पानी र पवित्र शक्‍तिद्वारा” जन्मनुभएको थियो। साथै, “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु” भन्‍ने स्वर्गबाट भएको घोषणाद्वारा स्वर्गीय राज्यमा प्रवेश पाउने सम्भावना भएका परमेश्‍वरको शक्‍तिद्वारा अभिषिक्‍त छोरा प्रस्तुत गरेको घोषणा परमेश्‍वरले स्वयम्‌ गर्नुभएको हो। बप्तिस्मा गरेका अरूहरूले पनि पछि इस्वी संवत्‌ ३३ को पेन्तिकोसको दिनमा पवित्र शक्‍ति पाउनेछन्‌ र यसप्रकार तिनीहरू पनि परमेश्‍वरको शक्‍तिद्वारा अभिषिक्‍त छोराहरूका रूपमा फेरि जन्मेका हुनेछन्‌।

तर परमेश्‍वरका विशेष मानव छोराको भूमिका महत्त्वपूर्ण छ। येशू निकोदेमसलाई भन्‍नुहुन्छ: “जसरी मोशाले उजाडस्थानमा सर्पलाई टाँगे, त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ, ताकि ऊमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाओस्‌।” हो, जसरी विषालु सर्पले डसेका इस्राएलीहरूले बाँच्नका लागि तामाको सर्पलाई हेर्नुपर्थ्यो, त्यसैगरि मरणशील अवस्थाबाट बाँच्नका लागि सबै मानवले परमेश्‍वरका छोरामाथि विश्‍वास गर्नु आवश्‍यक छ।

यहोवाको मायालु भूमिकामाथि जोड दिंदै येशू निकोदेमसलाई भन्‍नुहुन्छ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” यसप्रकार यहाँ यरूशलेममा आफ्नो सेवा सुरु गरेको छ महिनाभित्रैमा आफू मानवजातिलाई बचाउने परमेश्‍वरको माध्यम भएको कुरा येशू स्पष्ट पार्नुहुन्छ।

निकोदेमसलाई येशू अझै व्याख्या गर्दै भन्‍नुहुन्छ: “किनकि परमेश्‍वरले आफ्नो छोरालाई संसारको न्याय गर्न होइन, तर ऊमार्फत संसारको उद्धार होस्‌ भनेर पठाउनुभयो।” अर्थात्‌ संसारलाई दोषी अथवा अपराधी ठहराउने किसिमको न्याय गरेर मानवजातिलाई विनाशको दण्ड सुनाउन परमेश्‍वरले उहाँलाई पठाउनुभएको होइन। बरु, येशूले भन्‍नुभएझैं “संसारको उद्धार होस्‌” भनेर उहाँलाई पठाइएको हो।

निकोदेमस येशूकहाँ राती अँध्यारोमा डराउँदै आएका छन्‌। त्यसकारण येशूले यसो भनेर आफ्नो कुरा टुङ्‌ग्याउनुहुन्छ: “अब यस आधारमा न्याय हुन्छ, संसारमा ज्योति [जुन येशूले आफ्नो जीवन र शिक्षामा झल्काउनुभयो] आएको छ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए, किनकि तिनीहरूका कामहरू दुष्ट थिए। जसले खराब कामहरू गरिरहन्छ, उसले ज्योतिलाई घृणा गर्छ र आफ्ना कामहरू प्रकट नहोऊन्‌ भनेर ज्योतिमा आउँदैन। तर जसले असल काम गर्छ, ऊचाहिं परमेश्‍वरको इच्छाबमोजिम आफूले गरिरहेका कामहरू प्रकट होऊन्‌ भनेर ज्योतिमा आउँछ।” यूहन्‍ना २:२३–३:२१; मत्ती ३:१६, १७; प्रेषित २:१-४; गन्ती २१:९.

▪ के कारणले गर्दा निकोदेमस आउँछन्‌ र उनी किन राती आउँछन्‌?

▪ ‘फेरि जन्मनुको’ अर्थ के हो?

▪ हाम्रो मुक्‍तिका लागि आफूले निर्वाह गर्ने भूमिका येशू कसरी व्याख्या गर्नुहुन्छ?

▪ येशू संसारको न्याय गर्न आउनुभएको होइन भन्‍नुको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने