प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ५०
  • सतावटको सामना गर्ने तयारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सतावटको सामना गर्ने तयारी
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • सतावट सामना गर्ने तैयारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
  • आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • येसु—बाटो, सत्य र जीवन
    येसु—बाटो, सत्य र जीवन
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ५०

अध्याय ५०

सतावटको सामना गर्ने तयारी

प्रचारको कामबारे आफ्ना चेलाहरूलाई आदेश दिइसकेपछि येशू तिनीहरूलाई विरोधीहरूदेखि सतर्क गराउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “हेर, म तिमीहरूलाई पठाउँदैछु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ; . . . मानिसहरूदेखि तिमीहरू होसियार होओ; किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्‌। मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।”

आफ्ना चेलाहरूले जतिसुकै कठिन सतावटको सामना गर्नुपरे तापनि येशू यो सान्त्वनादायी प्रतिज्ञा गर्नुहुन्छ: “तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर; के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ; किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।”

येशू अझ यसो भन्‍नुहुन्छ: “दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबाबुको विरुद्ध उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌। तिमीहरू मेरा चेला भएकाले सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌; तर जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।”

प्रचारको काम सबैभन्दा महत्त्वपूर्ण हो। यसकारण यो काम गर्नका निम्ति फुर्सत निकाल्नका लागि बुद्धि चलाउनुपर्ने आवश्‍यकतामाथि जोड दिंदै येशू भन्‍नुहुन्छ: “जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्‌, तब भागेर अर्को सहरमा जाओ। म तिमीहरूलाई साँचो-साँचो भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्धयाइसकेका हुनेछैनौ।”

यो साँचो हो कि येशूले यो आदेश, चेतावनी र प्रोत्साहन आफ्ना १२ प्रेषितहरूलाई दिनुभयो तर उहाँको मृत्यु र पुनर्जीवनपश्‍चात्‌ विश्‍वव्यापी प्रचारको काममा भाग लिने सबै व्यक्‍तिहरूका लागि पनि यो लागू हुन्छ। उहाँका चेलाहरूलाई त्यतिबेला तिनीहरू प्रचार गर्न गएका इस्राएलीहरूले मात्र होइन तर ‘सबै मानिसहरूले घृणा’ गर्नेछन्‌ भनी उहाँले भन्‍नुभएको कुराबाट यो प्रस्टिन्छ। साथै येशूले त्यो छोटो प्रचार अभियानमा पठाउनुभएका प्रेषितहरूलाई राज्यपाल र राजाहरूसामु उभ्याइएन। साथै त्यसबेलाका विश्‍वासी जनहरूलाई तिनीहरूका परिवारका सदस्यहरूले मृत्युका लागि सुम्पेनन्‌।

यसकारण “मानिसको छोरा नआइपुगुन्जेल” आफ्ना चेलाहरूले प्रचार गर्ने आफ्नो इलाकामा काम समाप्त गरेका हुनेछैनन्‌ भन्‍नुहुँदा येशूले एउटा भविष्यवाणी गर्नुभएको हो। यसको अर्थ आरमागेडोनमा यहोवाका मुख्य कार्य-विधायकका रूपमा महिमावान्‌ राजा येशू ख्रीष्ट आउनुभन्दा अघि उहाँका चेलाहरूले सारा संसारमा परमेश्‍वरको स्थापित राज्यको प्रचार गरिसकेका हुनेछैनन्‌।

प्रचारसम्बन्धी आफ्नो निर्देशनमा येशू अझै भन्‍नुहुन्छ: “चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन न त दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।” अतः परमेश्‍वरको राज्यबारे प्रचार गर्दा येशूले जुन प्रकारको दुर्व्यवहार र सतावट सहनुपऱ्‍यो, हुन सक्छ उहाँका चेलाहरूले पनि त्यस्तै भोग्नुपर्ला। तापनि उहाँ यो चेतावनी दिनुहुन्छ: “तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित नडराऊ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा नाश गर्न सक्नेसित डराऊ।”

यस विषयमा येशू स्वयम्‌ले एउटा आदर्श स्थापित गर्न लाग्नुभएको थियो। सर्वशक्‍तिमान्‌ यहोवा परमेश्‍वरप्रति आफ्नो इमानदारीबाट हट्‌नुभन्दा बरु उहाँ निर्भयतासाथ मृत्युको शासना भोग्नुहुनेछ। हो, यहोवा परमेश्‍वरले मात्र मानिसको “जीवन” (यहाँ यसको अर्थ हो, भविष्यमा फेरि जीवित हुने अधिकारलाई) नाश गर्न सक्नुहुन्छ, अथवा पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउन सक्नेगरि पुनर्जीवित पनि पार्न सक्नुहुन्छ। यहोवा स्वर्गमा बस्नुहुने कत्ति प्रेमपूर्ण र दयावन्त बुबा!

यसपछि आफ्ना चेलाहरूमा यहोवाको मायालु चासोलाई प्रकाश पार्ने एउटा उदाहरणद्वारा येशूले तिनीहरूलाई प्रोत्साहन दिनुहुन्छ: “के दुइटा भँगेरा एक पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटै पनि तिमीहरूका बुबाले थाह नपाई भुइँमा झर्दैन। तर तिमीहरूको कपालसमेत उहाँले गन्‍नुभएको छ। त्यसैले नडराओ: तिमीहरू थुप्रै भँगेराभन्दा पनि बहुमूल्य छौ।”

येशूले आफ्ना चेलाहरूलाई अह्राउनुभएको राज्यको समाचारको घोषणाले घरपरिवारलाई विभाजित गर्नेछ किनकि परिवारका कसैले यो समाचारलाई स्वीकार्नेछन्‌ र कसैले यसलाई तिरस्कार गर्नेछन्‌। उहाँ व्याख्या गर्नुहुन्छ, “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन आएको हुँ।” अतः परिवारको कुनै सदस्यले बाइबलमा दिएको सच्चाइ अपनाउँदा साहसको खाँचो पर्छ। येशू अझ भन्‍नुहुन्छ: “जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा बढी माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुनेछैन; र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा बढी माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुनेछैन।”

आफ्ना चेलाहरूलाई स्वागत गर्नुको अर्थ आफैलाई स्वागत गरेसरह हुनेछ भन्दै येशू आफ्नो उपदेश अन्त गर्नुहुन्छ। “अनि यदि कसैले यीमध्ये सबैभन्दा सानालाई मेरो चेला हो भनी सम्झेर एक कचौरा चिसो पानी पिउन दिन्छ भने म तिमीहरूलाई साँचो-साँचो भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।” मत्ती १०:१६-४२.

▪ येशू आफ्ना चेलाहरूलाई कुन-कुन कुराबारे चेतावनी दिनुहुन्छ?

▪ उहाँ तिनीहरूलाई कस्तो प्रोत्साहन र सान्त्वना दिनुहुन्छ?

▪ येशूले दिनुभएका उपदेशहरू आधुनिक समयका ख्रीष्टियनहरूमा पनि किन प्रयोग हुन सक्छ?

▪ येशूका चेला आफ्ना गुरुभन्दा कुन कुरामा श्रेष्ठ छैनन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने