प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ५६
  • मानिसलाई केले अशुद्ध बनाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसलाई केले अशुद्ध बनाउँछ?
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • मानिसलाई के ले अशुद्ध तुल्याउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • केले मानिसलाई अशुद्ध बनाउँछ?
    येसु—बाटो, सत्य र जीवन
  • येसु विश्रामदिनमा निको पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्‍न गर्छन्‌
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ५६

अध्याय ५६

मानिसलाई केले अशुद्ध बनाउँछ?

येशूका विरुद्धमा विरोध बढ्‌दै जान्छ। उहाँका धेरै चेलाहरू उहाँका पछि लाग्न छाड्‌छन्‌। इस्वी संवत्‌ ३१ को निस्तार-चाडको बेला उहाँ यरूशलेममा हुनुभएको बेलामा झैं यहूदीहरूले उहाँको हत्या गर्ने मौका फेरि खोज्दैछन्‌।

अहिले इस्वी संवत्‌ ३२ को निस्तार-चाड हो। सम्भवतः परमेश्‍वरको आदेश पालना गर्ने हेतुले येशू पनि यरूशलेममा निस्तार-चाड मनाउन जानुहुन्छ। तथापि उहाँ होसियारीसाथ जानुहुन्छ किनभने उहाँको ज्यान खतरामा छ। त्यसपछि उहाँ गालील फर्किनुहुन्छ।

यरूशलेमबाट शास्त्री र फरिसीहरू उहाँलाई भेट्‌न आउँदा सायद येशू कफर्नहुममै हुनुहुन्छ। उहाँलाई धार्मिक विधान उल्लङ्‌घन गरेको दोष लगाउने मौकाको खोजीमा तिनीहरू छन्‌। “तपाईंका चेलाहरू किन पुर्खाहरूले बसालेको परम्परा तोड्‌छन्‌?” भनेर तिनीहरू उहाँलाई सोध्छन्‌। “जस्तो कि, तिनीहरू खाना खानुअघि हात धुँदैनन्‌।” यो परमेश्‍वरले चाहनुभएको कुनै नियम होइन, तापनि माथि कुहिनासम्म धुने परम्परागत चलन पूरा नगर्दा फरिसीहरू त्यसलाई एउटा गम्भीर अपराध सम्झिन्छन्‌।

तिनीहरूले लगाएको आरोपको जवाफ दिनुको सट्टा परमेश्‍वरको नियम तिनीहरूले जानी-जानीकन र दुष्टतासाथ उल्लङ्‌घन गरेको कुरालाई येशू औंल्याउनुहुन्छ। “तिमीहरू पनि किन आफ्नो परम्पराको पछि लागेर परमेश्‍वरको आज्ञा तोड्‌छौ?” भनी उहाँ जान्‍न चाहनुहुन्छ। “उदाहरणका लागि, परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू,’ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्‌।’ तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई “तपाईंहरूले मबाट लाभ पाउन सक्ने जे-जति कुराहरू मसित छन्‌, ती मैले परमेश्‍वरलाई भेटीको रूपमा अर्पण गरिसकें” भन्छ, उसले आफ्नो बुबाको आदर गर्नै पर्दैन।’ ”

वास्तवमा पैसा, सम्पत्ति अथवा परमेश्‍वरलाई भेटीको रूपमा समर्पण गरेको कुनै पनि कुरा मन्दिरको हुन जान्छ र ती चीजहरूलाई फेरि अरू कुनै कामका लागि चलाउन सकिंदैन भनेर फरिसीहरूले शिक्षा दिन्छन्‌। तापनि त्यसरी समर्पण गरिएको उपहार, वास्तवमा चढाउने मान्छेले नै राखेको हुन्छ। यसप्रकार छोराले उसको पैसा अथवा सम्पत्ति “कुर्बानी” हो अर्थात्‌ परमेश्‍वर या मन्दिरलाई चढाइसकेको भेटी हो भनेपछि खाँचोमा परेका उसका वृद्ध आमाबाबुलाई मदत गर्ने जिम्मेवारीबाट उसले आफूलाई मुक्‍त पार्छ।

फरिसीहरूले दुष्टतासाथ परमेश्‍वरको व्यवस्थालाई बङ्‌गाएको देखेर येशू अप्रसन्‍न हुनु उचित हो र उहाँ भन्‍नुहुन्छ: “तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्‍वरको वचनलाई बेकामको तुल्याएका छौ। ए कपटीहरू हो, यशैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए: ‘यी मानिसहरू आफ्नो ओठले त मेरो आदर गर्छन्‌, तर तिनीहरूको मन भने मबाट धेरै टाढा छ। तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌, किनकि तिनीहरू मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’ ”

येशूसित प्रश्‍न गर्न फरिसीहरूलाई सजिलो होस्‌ भनेर सायद भीड पछि हटेको थियो होला। तर अब येशूले गर्नुभएको कडा आलोचनाको उत्तर फरिसीहरूले दिन नसक्दा उहाँ भीडलाई नजिक बोलाउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “सुन र यसको अर्थ के हो बुझ: मानिसको मुखबाट जे भित्र पस्छ, त्यसले उसलाई अशुद्ध बनाउँदैन, बरु मुखबाट जे बाहिर निस्कन्छ, त्यसले अशुद्ध बनाउँछ।”

पछि तिनीहरू घरभित्र पस्दा उहाँका चेलाहरूले सोध्छन्‌: “तपाईंको कुरा सुनेर फरिसीहरू रिसले मुरमुरिएको के तपाईंले चाल पाउनुभयो?”

येशू जवाफ दिनुहुन्छ: “स्वर्गमा बस्नुहुने मेरो बुबाले नरोपेको हरेक बोट उखेलिनेछ। तिनीहरूलाई त्यस्तै रहनदेओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने, दुवै जना खाल्टोमा खस्नेछन्‌।”

मानिसलाई अशुद्ध पार्ने विषयमा चेलाहरूको तर्फबाट पत्रुसले स्पष्टीकरण माग्दा येशू छक्क परेजस्तो देखिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ, “के तिमीहरू पनि अझै अबुझ छौ? के तिमीहरूलाई थाह छैन, मुखबाट जे भित्र पस्छ, त्यो पेटमा पुगेपछि बाहिर निस्कन्छ? तर मनमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ। जस्तै: दुष्ट विचार, हत्या, हर किसिमका यौन दुराचार, चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा मनबाटै निस्कन्छ। हो, यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ। तर हात नधोई खाँदैमा मानिस अशुद्ध हुने होइन।”

येशूले यहाँ साधारण सरसफाइलाई महत्त्व नदिनुभएको होइन। खानेकुरा पकाउँदा अथवा खानुअघि हात धुनु पर्दैन भनेर तर्क गर्नुभएको होइन। बरु परमेश्‍वरका धार्मिक नियमहरूलाई धुर्त्याइँसाथ बङ्‌ग्याउदै शास्त्रमा हुँदै नभएका नियमहरू पालन गर्न जोड दिने धर्म-गुरुहरूको कपटको येशू यहाँ भर्त्सना गर्नुहुँदैछ। हो, दुष्ट कार्यहरूले मानिसलाई अशुद्ध बनाउँछ र यी कुराहरू मानिसको मनबाट सुरु हुन्छ भनेर येशू देखाउनुहुन्छ। यूहन्‍ना ७:१; व्यवस्था १६:१६; मत्ती १५:१-२०; मर्कूस ७:१-२३; प्रस्थान २०:१२; २१:१७; यशैया २९:१३.

▪ येशूले अब कुन प्रकारको विरोधको सामना गर्नुहुन्छ?

▪ फरिसीहरूले उहाँलाई कुन कुराको आरोप लगाउँछन्‌ तर येशूका अनुसार फरिसीहरूले परमेश्‍वरका नियमहरूको जानी बुझीकन कसरी उल्लङ्‌घन गरिरहेका छन्‌?

▪ मानिसलाई अशुद्ध बनाउने कुराहरू के हुन्‌ भनी येशू कसरी प्रकट गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने