प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ६४
  • क्षमासम्बन्धी पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षमासम्बन्धी पाठ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • क्षमाशीलता बारे एउटा शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • क्षमा दिनुपर्ने महत्त्व
    येसु—बाटो, सत्य र जीवन
  • हामीले किन क्षमा दिनुपर्छ?
    महान्‌ शिक्षकबाट सिकौं
  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ६४

अध्याय ६४

क्षमासम्बन्धी पाठ

येशू आफ्ना चेलाहरूका साथ अझै पनि आफ्नो घर कफर्नहुममै हुनुहुन्छ जस्तो छ। भाइहरूबीच हुने कचिङ्‌गलको समाधान कसरी गर्ने भन्‍ने विषयमा उहाँ तिनीहरूसित छलफल गर्दै हुनुहुन्छ। पत्रुस सोध्छन्‌: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्‍यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ?” यहूदी धर्म-गुरुहरूले तीन पटकसम्म क्षमा दिने सल्लाह दिएकोले आफूले ठूलो उदारता देखाएको भन्ठान्दै पत्रुस सोध्छन्‌: “सात पटकसम्म?”

तर यसप्रकारको हिसाब राख्ने सोचाइ नै गलत हो। पत्रुसको विचारलाई सच्याउँदै येशू भन्‍नुहुन्छ: “म भन्छु, सात पटक होइन, सतहत्तर पटकसम्म।” पत्रुसले आफ्नो भाइलाई कति पटकसम्म क्षमा गर्नुपर्ने हो त्यसको कुनै सीमा हुनु हुँदैन भनी येशू यहाँ बुझाउँदै हुनुहुन्छ।

क्षमाशील हुनु चेलाहरूको दायित्व हो भन्‍ने कुरालाई महत्त्व दिंदै येशू एउटा दृष्टान्त बताउनुहुन्छ। यो एउटा राजाको बारेमा हो जसले आफ्ना दासहरूलाई ऋण चुक्‍ता गर्न बोलाउँछ। छ करोड दिनार ऋण लिएको एक जना दास राजाका सामुन्‍ने ल्याइन्छ। तर ऊसित त्यो ठूलो ऋण चुक्‍ता गर्ने कुनै उपाय छैन। यसकारण येशूको व्याख्याअनुसार त्यो दास, उसकी पत्नी, छोराछोरी सबैलाई बेचेर ऋण असुल्ने राजाले हुकुम दिन्छन्‌।

तब त्यो दास राजाको खुट्टामा घोप्टेर बिन्ती गर्छ: “हजुर, मलाई समय दिनुहोस्‌, म तपाईंको जम्मै ऋण चुक्‍ता गरिदिनेछु।”

त्यसलाई दया देखाउँदै राजाले त्यत्तिका ऋण सबै माफ गरिदिन्छ। येशू अगाडि भन्‍नुहुन्छ कि राजाले त्यसो गर्नासाथै त्यो दास त्यहाँबाट जान्छ र आफ्ना सँगी दासहरूमध्ये एक जनालाई खोज्छ, जसले त्यसबाट एक सय दिनार मात्र ऋण लिएको छ। त्यस मानिसले आफ्नो सँगी दासको घोक्रो अँठ्याएर भन्छ: “मेरो पैसा फिर्ता गरिहाल्‌।”

तर यो सँगी दाससित पैसा छैन। यसकारण जुन दासबाट उसले ऋण लिएको छ त्यस दासको खुट्टामा घोप्टो पर्दै बिन्ती गर्छ: “मलाई समय देऊ, म तिम्रो पैसा फिर्ता गरिदिनेछु।” तर राजाजस्तो ऊ दयालु छैन र उसले आफ्नो सँगी दासलाई झ्यालखानामा थुन्‍न लगाउँछ।

अनि येशू भन्दै जानुहुन्छ, अरू दासहरूले त्यहाँ घटेको घटना देख्छन्‌ र राजालाई भन्‍न जान्छन्‌। राजा रिसाएर त्यस दासलाई बोलाउँछ। उसले भन्छ: “ए दुष्ट दास, तैंले मसित बिन्ती गर्दा मैले तेरो सबै ऋण माफ गरिदिएँ। तब मैले तँमाथि कृपा गरेजस्तै के तैंले पनि आफ्नो सँगी दासमाथि कृपा गर्नु पर्दैनथ्यो?” तब राजा रिसाएर त्यसलाई त्यसको सबै ऋण नतिरेसम्म झ्यालखानाका जेलरहरूको हातमा सुम्पिदिन्छ।

अनि येशू कुरा टुङ्‌ग्याउँदै भन्‍नुहुन्छ: “त्यसैगरि तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”

क्षमाशीलताको कस्तो राम्रो पाठ! परमेश्‍वरले क्षमा गरिदिनुभएको हाम्रो पापको ठूलो ऋणको तुलनामा एक जना ख्रीष्टियन भाइले हाम्रो विरुद्धमा जस्तोसुकै अपराध गरे तापनि त्यो अति नै सानो हुन्छ। अझ, यहोवा परमेश्‍वरले हामीलाई हजारौं पटक क्षमा गर्नुभएको छ। अक्सर उहाँप्रति हामीले गरेको पापको हामीलाई जानकारीसम्म पनि हुँदैन। त्यसकारण गुनासो गर्ने जायज कारण छ भने पनि के हामीले आफ्ना भाइहरूलाई केही पटकसम्म क्षमा गर्न सक्दैनौं र? येशूले डाँडाको उपदेशमा सिकाउनुभएको यो कुरा याद गर्नुहोस्‌, परमेश्‍वरले ‘हाम्रो ऋण क्षमा गर्नुहुनेछ, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौं।’ मत्ती १८:२१-३५; ६:१२; कलस्सी ३:१३.

▪ के कारणले गर्दा पत्रुसले आफ्ना भाइलाई क्षमा गर्ने विषयमा प्रश्‍न सोध्छन्‌ र कसैलाई सात पटकसम्म क्षमा गर्ने आफ्नो सल्लाहलाई तिनले किन उदारता देखाएको भन्ठान्छन्‌?

▪ आफ्नो दासले दयाका निम्ति बिन्ती गर्दा राजाले देखाएको प्रतिक्रिया र सोही दासले उसको अर्को सँगी दासको बिन्तीप्रति व्यक्‍त गरेको प्रतिक्रियामा के भिन्‍नता छ?

▪ येशूले बताउनुभएको दृष्टान्तबाट हामी के सिक्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने