प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १०९
  • येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • ‘फरिसीहरूको खमिरदेखि होसियार रहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “मसँग सिक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येसु विश्रामदिनमा निको पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १०९

अध्याय १०९

येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ

येशूले आफ्ना धार्मिक विरोधीहरूलाई बिलकुलै चुप पारिदिनुभएकोले तिनीहरू अब उप्रान्त केही सोध्न डराउँछन्‌। त्यसकारण तिनीहरूको अज्ञानतालाई उदाङ्‌ग पार्न उहाँ नै अघि सर्नुहुन्छ। उहाँ सोध्नुहुन्छ: “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?”

फरिसीहरू जवाफ दिन्छन्‌: “दाऊदको।”

ख्रीष्ट अर्थात्‌ मसीहका शारीरिक पूर्वज दाऊद हुन्‌ भन्‍ने कुरा येशूले इन्कार नगरे तापनि उहाँ सोध्नुहुन्छ: “त्यसोभए, पवित्र शक्‍तिको प्रेरणा पाएर [भजन ११० मा] दाऊदले कसरी उनलाई ‘प्रभु’ भनेर सम्बोधन गर्दै यसो भन्‍न सके त, ‘यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो: “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि नराखुन्जेल मेरो दाहिने हाततिर बस” ’? यदि दाऊदले उनलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन्छ?”

ख्रीष्ट अर्थात्‌ परमेश्‍वरका अभिषिक्‍त जनको सही परिचय थाह नभएकोले फरिसीहरू चुप लाग्छन्‌। फरिसीहरूले विश्‍वास गरेअनुसार मसीह दाऊदका एक जना मानव सन्तान मात्र हुनुहुन्‍न। उहाँ स्वर्गमा पनि हुनुहुन्थ्यो र दाऊदभन्दा उच्च अथवा दाऊदका प्रभु हुनुहुन्थ्यो।

अब भीड र आफ्ना चेलाहरूतर्फ फर्कंदै शास्त्री र फरिसीहरूसँग होसियार रहन येशू भन्‍नुहुन्छ। तिनीहरूले “आफैलाई मोशाको व्यवस्थाको शिक्षक” बनाएर परमेश्‍वरको नियम सिकाउने भएकाले येशू भन्‍नुहुन्छ: “तिनीहरूले तिमीहरूलाई जे-जे भन्छन्‌, ती सबै गर।” तर उहाँ कुरा थप्दै भन्‍नुहुन्छ: “तर तिनीहरूले गरेजस्तै चाहिं नगर किनभने तिनीहरू भन्‍न त भन्छन्‌ तर गर्दैनन्‌।”

तिनीहरू कपटीहरू हुन्‌। महिनौंअघि एक फरिसीको घरमा खाइरहनुभएको बेला जसरी उहाँले तिनीहरूको निन्दा गर्नुभएको थियो, सोही तरिकामा तिनीहरूको फेरि पनि निन्दा गर्नुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “तिनीहरू जे-जति गर्छन्‌, ती सब मानिसहरूले देखून्‌ भनेर गर्छन्‌।” अनि उदाहरणहरू प्रस्तुत गर्दै उहाँ यसो भन्‍नुहुन्छ:

“तिनीहरू आफ्ना जन्तर ठूलठूला बनाउँछन्‌।” निधारमा वा पाखुरामा बाँधिने यी बट्टाहरू स-साना हुन्छन्‌ र तिनीहरूमा व्यवस्थाको चार भाग लेखिएको हुन्छ: प्रस्थान १३:१-१०, ११-१६; र व्यवस्था ६:४-९; ११:१३-२१। तर फरिसीहरूले ती बट्टाहरूको आकार बढाएर आफू व्यवस्थाका लागि अति नै जोसिलो भएको भान पार्न चाहन्छन्‌।

येशू अगाडि भन्‍नुहुन्छ, तिनीहरू “आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्‌।” गन्ती १५:३८-४० मा इस्राएलीहरूलाई तिनीहरूको लुगामा झुम्का बनाउनू भन्‍ने आदेश दिइएको थियो तर फरिसीहरूले आफ्नो लुगाको झुम्का अरूहरूको भन्दा लामो बनाउँछन्‌। प्रत्येक कुरा देखावटी मात्र हुन्छ! येशू भन्‍नुहुन्छ, तिनीहरू “मुख्य-मुख्य आसन खोज्छन्‌।”

दुःखको कुरा, उहाँका चेलाहरूमा पनि ठूलो हुने चाहना छ। त्यसकारण उहाँ तिनीहरूलाई सल्लाह दिनुहुन्छ: “तर तिमीहरू भने आफूलाई रब्बी भन्‍न नलगाओ, किनकि तिमीहरूको गुरु एकै जना हुनुहुन्छ र तिमीहरूचाहिं सबै दाजुभाइ हौ। साथै, तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन, किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ, जो स्वर्गमा बस्नुहुन्छ। न त कसैले तिमीहरूलाई ‘नेता’ भनोस्‌, किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रीष्ट हुनुहुन्छ।” सबैभन्दा ठूलो हुने इच्छा चेलाहरूले छाड्‌नुपर्छ! येशू सावधान गराउनुहुन्छ, “तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ तिमीहरूको सेवक बनोस्‌।”

त्यसपछि शास्त्री र फरिसीहरूलाई धिक्कार्दै बारम्बार तिनीहरूलाई कपटी भन्‍नुहुन्छ। उहाँ भन्‍नुहुन्छ, तिनीहरू “मानिसहरू नपसून्‌ भनेर स्वर्गको राज्यको ढोका बन्द” गरिदिन्छन्‌ र “विधवाहरूको घर हडप्ने र लामा-लामा देखावटी प्रार्थना गर्ने” गर्छन्‌।

येशू भन्‍नुहुन्छ, “धिक्कार छ तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो!” तिनीहरूको पक्षपातपूर्ण व्यवहारबाट स्पष्ट देखिने परमेश्‍वरको सेवासित सम्बन्धित कमजोरीको उहाँ भर्त्सना गर्नुहुन्छ। उदाहरणका लागि तिनीहरू भन्छन्‌, “यदि कसैले मन्दिरको कसम खान्छ भने त्यो केही होइन तर कसैले मन्दिरको सुनको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।” परमेश्‍वरको उपासनासम्बन्धी मूल्यलाई महत्त्व नदिई मन्दिरको सुनलाई बढी महत्त्व दिएर तिनीहरू आफ्नो नैतिक अन्धोपन जाहेर गर्छन्‌।

अनि पहिले गरेझैं येशूले फेरि ती फरिसीहरूको निन्दा गर्नुहुन्छ किनभने तिनीहरूले महत्त्वहीन जडीबुटीको दशांश दिनमा विशेष ध्यान दिएर “न्याय, कृपा र विश्‍वासीपन जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई चाहिं” बेवास्ता गरेका छन्‌।

येशू फरिसीहरूलाई ‘भुसुना चाल्ने, तर उँटलाई चाहिं निलिहाल्ने अन्धा अगुवाहरू’ भन्‍नुहुन्छ! तिनीहरू मद्यबाट भुसुनासमेत छानेर निकाल्छन्‌। भुसुना कीरा हो भनेर मात्र तिनीहरूले त्यसो गरेका होइनन्‌ तर भुसुना व्यवस्थाअनुसार अशुद्ध हो भनेर गरेका हुन्‌। तापनि तिनीहरूले व्यवस्थाका गहकिला कुराहरूको बेवास्ता गर्नु व्यवस्थाअनुसार अशुद्ध ठानिएको उँटलाई निलेकै समान हो। मत्ती २२:४१–२३:२४; मर्कूस १२:३५-४०; लूका २०:४१-४७; लेवी ११:४, २१-२४.

▪ दाऊदले भजन ११० मा भनेका कुराहरूबारे येशूले फरिसीहरूलाई प्रश्‍न गर्दा तिनीहरू किन चुप लागि बस्छन्‌?

▪ फरिसीहरू जन्तर र आफ्ना लुगाका झुम्काहरूलाई किन ठूलो पार्छन्‌?

▪ येशू चेलाहरूलाई के सल्लाह दिनुहुन्छ?

▪ फरिसीहरू मनमानी ढङ्‌गले कस्तो पक्षपात गर्छन्‌ र गहकिला कुराहरूलाई महत्त्व नदिएकोमा येशूले तिनीहरूको कसरी निन्दा गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने