प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ११५
  • एउटा विवाद उत्पन्‍न हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा विवाद उत्पन्‍न हुन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • को ठूलो भन्‍नेबारे बहस
    येसु—बाटो, सत्य र जीवन
  • येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • वर्तमान समयमा यहोवा हामीबाट के चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ११५

अध्याय ११५

एउटा विवाद उत्पन्‍न हुन्छ

साँझमा केही समयअघि आफ्ना प्रेषितहरूका खुट्टा धोइदिएर येशूले नम्रताबारे पाठ सिकाउनुभएको थियो। त्यसपछि नजिक आइरहेको आफ्नो मृत्युको स्मरणार्थ मनाउने चलन उहाँले सुरु गर्नुभयो। भर्खरै जुन कुरा भएको छ, त्यसलाई दृष्टिगत गर्दा एउटा अचम्मको घटना घट्‌छ। प्रेषितहरूबीच सबैभन्दा ठूलो को हो भन्‍ने कुरालाई लिएर तिनीहरू चर्को बहस गरिरहेका छन्‌! स्पष्टतया यो पहिलेदेखि नै चलिरहेको विवाद हो।

डाँडामा येशूको रूप परिवर्तन भएपछि आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भन्‍ने विषय लिएर प्रेषितहरूले वाद-विवाद गरेको तपाईंलाई सम्झना होला। यसका साथै याकूब र यूहन्‍नाले त राज्यमा प्रमुख स्थान पाऊँ भनी अनुरोध नै गरेका थिए र यसले गर्दा प्रेषितहरूबीच झगडा झन्‌ बढेको थियो। अहिले फेरि आफ्नो अन्तिम रातमा पनि त्यसै कुरालाई लिएर तिनीहरूबीच कलह देख्दा येशू कत्ति दुःखित हुनुहुन्छ! उहाँ के गर्नुहुन्छ?

प्रेषितहरूको व्यवहार देखेर तिनीहरूलाई हप्काउनुको सट्टा येशू तिनीहरूसँग फेरि धैर्यसाथ तर्क गर्नुहुन्छ: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिं परोपकारी भनिन्छ। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन। . . . कोचाहिं ठूलो हो, खान बस्ने कि सेवा गर्ने? खान बस्नेचाहिं होइन र?” अनि आफ्नै उदाहरण सम्झना गराउँदै उहाँ भन्‍नुहुन्छ: “तर म त तिमीहरूबीच सेवकजस्तै छु।”

तिनीहरूसित जतिसुकै कमीकमजोरी भए तापनि तिनीहरूले येशूलाई उहाँका परीक्षाहरूमा साथ दिएका छन्‌। त्यसकारण उहाँ भन्‍नुहुन्छ: “मेरो पिताले मलाई राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूलाई राज्य दिने करार गर्छु।” येशू र उहाँका वफादार अनुयायीहरूबीच यो व्यक्‍तिगत करारको कारण तिनीहरू उहाँसँग उहाँको राजकीय प्रभुत्वमा सहभागी हुन सक्नेछन्‌। राज्यसम्बन्धी यो करारमा १,४४,००० सीमित संख्या मात्र सम्मिलित हुनेछन्‌।

ख्रीष्टसँग परमेश्‍वरको राज्यमा शासन गर्न सहभागी हुन पाउनेजस्तो अद्‌भुत आशा प्रेषितहरूका सामुन्‍ने भए तापनि हाल परमेश्‍वरसित तिनीहरूको सम्बन्ध बलियो छैन। येशू भन्‍नुहुन्छ: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ।” तथापि पत्रुसका निम्ति आफूले प्रार्थना गरिदिएको कुरा बताउँदै येशू आग्रह गर्नुहुन्छ: “तिमी पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”

येशू व्याख्या गर्नुहुन्छ: “ए साना केटाकेटी हो, अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहूदीहरूलाई भनेझैं अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’ तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिंदैछु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”

पत्रुस सोध्छन्‌: “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?”

येशू प्रत्युत्तरमा भन्‍नुहुन्छ: “म जहाँ जाँदैछु, मेरो पछि लागेर तिमी अहिल्यै त्यहाँ आउन सक्दैनौ तर पछि भने तिमी त्यहाँ आउनेछौ।”

“प्रभु, म किन अहिल्यै तपाईंको पछि लाग्न सक्दिनँ?” पत्रुस जान्‍न चाहन्छन्‌। “तपाईंको लागि म आफ्नो ज्यानसमेत दिनेछु।”

येशू सोध्नुहुन्छ: “तिमीले मेरो लागि ज्यान दिने? तिमीलाई म साँच्चै भन्छु, तिमीले मलाई तीन पटक तिरस्कार नगरेसम्म कुनै हालतमा भाले बास्नेछैन।”

पत्रुस आपत्ति जनाउँदै भन्छन्‌: “तपाईंसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईंलाई तिरस्कार गर्नेछैन।” अरू सबै चेलाहरूले पनि त्यसै भन्दा पत्रुस फुर्ती लगाउँदै अझ यसो भन्छन्‌: “तपाईंमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैन!”

एक पटक प्रचार अभियानमा प्रेषितहरूलाई गालील पठाउँदा येशूले तिनीहरूलाई पैसाको थैली र खाजाको पोको नलिइकनै पठाउनुभएको थियो र त्यही बेलालाई सङ्‌केत गर्दै येशू सोध्नुहुन्छ: “के तिमीहरूलाई कुनै कुराको अभाव भयो?”

“अहँ, भएन!,” तिनीहरू जवाफ दिन्छन्‌।

उहाँ भन्‍नुहुन्छ: “तर अब थैली हुनेले त्यो बोकोस्‌, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्‌। किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदैछ।”

येशू त्यस समयतर्फ सङ्‌केत गर्नुहुँदैछ जब उहाँ दुष्टहरू अर्थात्‌ कुकर्मीहरूसँगै झुन्ड्याइनुहुनेछ। त्यसपछि आफ्ना अनुयायीहरूले कडा सतावट भोग्नुपर्नेछ भन्‍ने कुरा पनि उहाँ सङ्‌केत गर्दै हुनुहुन्छ। तिनीहरू भन्छन्‌: “प्रभु, हेर्नुहोस्‌ त! यहाँ दुई वटा तरबार छन्‌।”

उहाँ जवाफ दिनुहुन्छ: “यति भए पुग्छ।” तिनीहरूसँग तरबार भएकोले तिनीहरूलाई अर्को महत्त्वपूर्ण शिक्षा दिने मौका येशूले चाँडै पाउनुहुनेछ भनी हामी देख्नेछौं। मत्ती २६:३१-३५; मर्कूस १४:२७-३१; लूका २२:२४-३८; यूहन्‍ना १३:३१-३८; प्रकाश १४:१-३.

▪ प्रेषितहरूबीच चलेको वाद-विवाद सुन्दा किन अचम्म लाग्छ?

▪ येशूले त्यस विवाद कसरी समाधान गर्नुहुन्छ?

▪ आफ्ना चेलाहरूसँग येशूले गर्नुभएको करारद्वारा के सम्भव हुन्छ?

▪ येशूले कुन नयाँ आज्ञा दिनुहुन्छ र यो कत्तिको महत्त्वपूर्ण छ?

▪ पत्रुसले ज्यादै आत्म-विश्‍वासको प्रदर्शन कसरी गर्छन्‌ र येशू के भन्‍नुहुन्छ?

▪ पैसाको थैली र खाजाको पोको लिएर हिंड्‌ने विषयमा येशूले पहिले दिनुभएको निर्देशन अहिलेको निर्देशनभन्दा किन भिन्‍न छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने