प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sp पृ. २८-२९
  • उज्ज्वल भविष्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उज्ज्वल भविष्य
  • मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • सर्पको शिर कुच्याउने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • ईश्‍वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
sp पृ. २८-२९

उज्ज्वल भविष्य

येसुले सैतानलाई अगाध खाडलमा हुऱ्‍याउनुहुन्छ

चाँडै, सैतान र त्यसका प्रेतहरूलाई सजाय दिइनेछ

परमेश्‍वरको शत्रु सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई सधैँभरि झुक्क्याइरहन सक्नेछैनन्‌। यहोवाले तिनीहरूलाई स्वर्गबाट तल फ्याँकिसक्नुभएको छ। (प्रकाश १२:९) अब चाँडै परमेश्‍वरले सैतान र त्यसका प्रेतहरूलाई नाश गर्नुहुनेछ। बाइबलका एक जना पात्र युहन्‍नालाई परमेश्‍वरले भविष्यमा आफूले गर्न लाग्नुभएको काम यसरी देखाउनुभएको थियो: “त्यसपछि मैले स्वर्गबाट एक जना स्वर्गदूत ओर्लिरहेको देखेँ। तिनको हातमा अगाध खाडलको साँचो र ठूलो साङ्‌लो थियो। तिनले त्यो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्प, जो दियाबल र सैतान हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे। अनि १ हजार वर्ष नबितेसम्म त्यसले राष्ट्रहरूलाई बहकाउन नपाओस्‌ भनेर तिनले त्यसलाई अगाध खाडलमा हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए। त्यसपछि केही समयका लागि त्यसलाई मुक्‍त गरिनै पर्छ।” (प्रकाश २०:१-३) यो घटना पूरा भएपछि सैतान र त्यसका प्रेतहरूलाई सदाका लागि नाश गरिनेछ।—प्रकाश २०:१०.

पृथ्वीका खराब मानिसहरूलाई पनि त्यसैगरि नाश गरिनेछ।—भजन ३७:९, १०; लुका १३:५.

मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!

मरिसकेका आफ्ना प्रियजनहरूलाई बगैँचाजस्तै सुन्दर पृथ्वीमा स्वागत गर्दै

मरिसकेका हाम्रा प्रियजनहरू यसै पृथ्वीमा फेरि जीवित हुनेछन्‌

यहोवाले सैतान र त्यसका प्रेतहरूलाई सदाका लागि नाश गर्नुभएपछि उहाँले मानिसजातिलाई थुप्रै आशिष्‌ दिनुहुनेछ। मरिसकेका मानिसहरू निर्जीव हुन्छन्‌ र तिनीहरूको कुनै अस्तित्व हुँदैन भनेर हामीले थाह पाइसक्यौँ। येसुले मृत्युलाई गहिरो निद्रासित तुलना गर्नुभयो। (युहन्‍ना ११:११-१४) किनभने निदाएको मानिसलाई ब्युँझाउन सकेजस्तै मृत्युको चीर निद्रामा परेकाहरूलाई पनि ब्युँताउन सकिन्छ भनेर उहाँलाई थाह थियो। उहाँले यसो भन्‍नुभयो: “बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबै . . . बाहिर निस्किआउनेछन्‌।”— युहन्‍ना ५:२८, २९; प्रेषित २४:१५ तुलना गर्नुहोस्‌।

तिनीहरू यसै पृथ्वीमा फेरि जीवित हुनेछन्‌। त्यतिखेर हामी मृत्युको खबर होइन तर मरिसकेका हाम्रा प्रियजनहरू जीवित भएको खुसीको खबर सुन्‍नेछौँ। तिनीहरूलाई भेट्‌न पाउँदा कत्ति रमाइलो हुने होला, कल्पना गर्नुहोस्‌ त।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने