प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ ११ पृ. २२-२३
  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने विश्‍वास तथा प्रचलनहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने विश्‍वास तथा प्रचलनहरू
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • इस्टर वा स्मरणार्थ—यीमध्ये कुन चाहिं मनाउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईंहरू किन इस्टर मनाउनुहुन्‍न?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ ११ पृ. २२-२३

पाठ ११

परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने विश्‍वास तथा प्रचलनहरू

कुन प्रकारका विश्‍वास तथा प्रचलनहरू गलत हुन्‌? (१)

परमेश्‍वर त्रिएक हुनुहुन्छ भनेर के मसीहीहरूले विश्‍वास गर्नु हुन्छ? (२)

साँचो मसीहीहरूले किन क्रिसमस, इस्टर वा जन्मदिन मनाउँदैनन्‌? (३, ४)

मरिसकेका मानिसहरूले के जिउँदाहरूलाई हानि गर्नसक्छन्‌? (५)

के येशू क्रूसमा मर्नुभएको हो? (६)

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनु कत्तिको महत्त्वपूर्ण छ? (७)

१. सबै विश्‍वास र प्रचलनहरू खराब छैनन्‌। तर झूटो धर्मबाट सुरु भएको वा बाइबल शिक्षा विपरीतका विश्‍वास तथा प्रचलनहरूलाई परमेश्‍वरले मन पराउनुहुन्‍न।—मत्ती १५:६.

२. त्रिएक: के यहोवा त्रिएक अर्थात्‌ तीन जना व्यक्‍तिहरू मिलेर बनेको परमेश्‍वर हुनुहुन्छ? अहँ, हुनुहुन्‍न! यहोवा, हाम्रो पिता, “एकमात्र सत्य परमेश्‍वर” हुनुहुन्छ। (यूहन्‍ना १७:३; मर्कूस १२:२९) येशू उहाँको जेठो पुत्र हुनुहुन्छ। उहाँ परमेश्‍वरको अधीनमा बस्नुहुन्छ। (१ कोरिन्थी ११:३) पुत्रभन्दा पिता महान्‌ हुनुहुन्छ। (यूहन्‍ना १४:२८) अनि पवित्र आत्मा व्यक्‍ति होइन तर परमेश्‍वरको सक्रिय शक्‍ति हो।—उत्पत्ति १:२; प्रेरित २:१८.

३. क्रिसमस र इस्टर: येशू डिसेम्बर २५ तारिख जन्मनुभएको होइन। उहाँ अक्टोबर १ तारिखको आसपास जन्मनुभएको थियो, जुन बेला गोठालाहरू आफ्नो बगाललाई राती बाहिरै राख्थे। (लूका २:८-१२) येशूले मसीहीहरूलाई उहाँको जन्मदिन मनाउने आज्ञा कहिल्यै दिनुभएन। बरु आफ्ना चेलाहरूलाई उहाँको मृत्युको स्मरणार्थ मनाउने वा सम्झने आज्ञा दिनुभयो। (लूका २२:१९, २०) क्रिसमस र त्यससित सम्बन्धित प्रचलनहरू पुरातन झूटा धर्महरूबाट सुरु भएका हुन्‌। इस्टरसित सम्बन्धित प्रचलन, जस्तै फूल र खरायोको प्रयोग पनि त्यहींबाट सुरु भएको हो। पहिले पहिलेका मसीहीहरू क्रिसमस वा इस्टर मनाउँदैनन्‌ थिए र आज साँचो मसीहीहरू पनि मनाउँदैनन्‌।

४. जन्मदिन: बाइबलमा दुइ जन्मदिनहरूबारे मात्र उल्लेख गरिएको छ र ती जन्मदिन मनाउने व्यक्‍तिहरू यहोवाका उपासकहरू थिएनन्‌। (उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१, २२, २४-२७) पहिले पहिलेका मसीहीहरू जन्मदिन मनाउँदैनन्‌ थिए। जन्मदिन मनाउने प्रचलन पुरातन झूटा धर्महरूबाट सुरु भएको हो। साँचो मसीहीहरूले जन्मदिनबाहेक अरू नै दिन उपहार दिएर रमाइलो गर्छन्‌।

५. मरिसकेका मानिसहरूको डर: मरिसकेका मानिसहरू चलहल वा महसुस गर्नसक्दैनन्‌। हामी तिनीहरूलाई मदत गर्नसक्दैनौं न त तिनीहरूले हामीलाई हानि गर्नसक्छन्‌। (भजन १४६:४; उपदेशक ९:५, १०) प्राण मर्छ; त्यो मृत्युपछि बाँचिरहँदैन। (इजकिएल १८:४) तर कहिलेकाहीं दुष्ट स्वर्गदूतहरू जसलाई प्रेत पनि भनिन्छ, तिनीहरूले मरिसकेको मानिसको आत्माको ढोंग रच्छन्‌। मरिसकेको मानिसको डर वा उपासनासित सम्बन्धित जुनसुकै प्रचलनहरू गलत हुन्‌।—यशैया ८:१९.

६. क्रूस: येशू क्रूसमा मर्नुभएको थिएन। उहाँ ठाडो खम्बा वा शूलीमा मर्नुभएको थियो। थुप्रै बाइबलहरूमा “क्रूस” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ वास्तवमा लामो ठाडो काठ हो। क्रूसको प्रतीक प्रयोग गर्ने चलन पुरातन झूटा धर्महरूबाट सुरु भएको हो। पहिले पहिलेका मसीहीहरू क्रूसको प्रयोग वा उपासना गर्दैनन्‌ थिए। त्यसोभए, हामीले उपासना गर्दा क्रूस चलाउनु ठीक होला त?—व्यवस्था ७:२६; १ कोरिन्थी १०:१४.

७. माथि भनिएका कुनै कुनै विश्‍वास तथा प्रचलनहरू त्याग्न असाध्यै गाह्रो हुनसक्छ। नातेदार अनि साथीहरूले तपाईंलाई आफ्नो विश्‍वास परिवर्तन गर्नु हुँदैन भनेर बुझाउन खोज्लान्‌। तर मानिसहरूलाई भन्दा परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।—हितोपदेश २९:२५; मत्ती १०:३६, ३७.

[पृष्ठ २२-मा भएको चित्र]

परमेश्‍वर त्रिएक हुनुहुन्‍न

[पृष्ठ २३-मा भएको चित्र]

क्रिसमस र इस्टर पुरातन झूटा धर्महरूबाट सुरु भएका हुन्‌

[पृष्ठ २३-मा भएको चित्र]

मरिसकेका मानिसहरूको उपासना गर्ने वा तिनीहरूसित डराउने कुनै कारण छैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने