प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ १३ पृ. २६-२७
  • तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ?
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो धर्मको पहिचान गर्नु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ १३ पृ. २६-२७

पाठ १३

तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ?

के परमेश्‍वरलाई सबै धर्म मन पर्छ वा एउटै? (१)

मसीही हुँ भनी दाबी गर्ने धर्महरू किन थुप्रै छन्‌? (२)

तपाईं साँचो मसीहीहरूलाई कसरी चिन्‍न सक्नुहुन्छ? (३-७)

१. येशूले सुरु गर्नुभएको साँचो मसीही धर्म एउटै थियो। त्यसैकारण आज पनि यहोवा परमेश्‍वरको साँचो उपासना गर्ने झुन्ड वा समूह एउटै हुनुपर्छ। (यूहन्‍ना ४:२३, २४; एफिसी ४:४, ५) जीवनको साँघुरो बाटोमा हिंड्‌ने मानिसहरू थोरै मात्र हुन्छन्‌ भनेर बाइबलले सिकाउँछ।—मत्ती ७:१३, १४.

२. प्रेरितहरूको मृत्यु भएपछि मसीही मण्डलीमा बिस्तारै गलत शिक्षा तथा गैरमसीही प्रचलनहरू छिर्नेछन्‌ भनेर बाइबलले पहिल्यै अगमवाणी गरिसकेको थियो। मानिसहरूले विश्‍वासीहरूलाई ख्रीष्टको होइन तर आफ्नो पछि लाग्न उस्काउनेथिए। (मत्ती ७:१५, २१-२३; प्रेरित २०:२९, ३०) त्यसैकारण मसीही हुँ भनी दाबी गर्ने थुप्रै धर्महरू हामी देख्छौं। त्यसोभए साँचो मसीहीहरूलाई कसरी चिन्‍नसक्छौं त?

३. साँचो मसीहीहरूको सबैभन्दा उल्लेखनीय चिह्न तिनीहरूबीच हुने साँचो प्रेम हो। (यूहन्‍ना १३:३४, ३५) अरू मानिस, जाति वा रंगभन्दा श्रेष्ठ छौं भनेर तिनीहरूलाई सिकाइएको हुँदैन। न त अरू देशका मानिसहरूलाई घृणा गर्न तिनीहरूलाई सिकाइन्छ। (प्रेरित १०:३४, ३५) त्यसैकारण तिनीहरू युद्धमा भाग लिंदैनन्‌। साँचो मसीहीहरू एकअर्कालाई भाइबहिनी सम्झेर व्यवहार गर्छन्‌।—१ यूहन्‍ना ४:२०, २१.

४. साँचो धर्मको अर्को चिह्न त्यसका सदस्यहरूले बाइबलप्रति देखाउने गहिरो आदर हो। तिनीहरू बाइबललाई परमेश्‍वरको वचनको रूपमा स्वीकार्छन्‌ र त्यसमा भएका कुराहरू विश्‍वास गर्छन्‌। (यूहन्‍ना १७:१७; २ तिमोथी ३:१६, १७) तिनीहरू परमेश्‍वरको वचनलाई मानव विचार वा प्रचलनहरूभन्दा धेरै महत्त्वपूर्ण ठान्छन्‌। (मत्ती १५:१-३, ७-९) तिनीहरू बाइबलअनुसार दैनिक जीवन बिताउने कोसिस गर्छन्‌। त्यसैकारण तिनीहरू मुखले एउटा कुरा प्रचार गरेर कामले चाहिं अर्को गर्दैनन्‌।—तितस १:१५, १६.

५. साँचो धर्मले परमेश्‍वरको नाउँको आदर पनि गर्नैपर्छ। (मत्ती ६:९) येशूले मानिसहरूलाई परमेश्‍वरको नाउँ यहोवा हो भनेर चिनाउनुभयो। साँचो मसीहीहरूले पनि त्यसै गर्नुपर्छ। (यूहन्‍ना १७:६, २६; रोमी १०:१३, १४) तपाईंको टोलछिमेकमा कसले अरूसित परमेश्‍वरको नाउँबारे कुरा गर्छ?

६. साँचो मसीहीहरूले परमेश्‍वरको राज्य प्रचार गर्नैपर्छ। येशूले त्यसै गर्नुभयो। उहाँले सधैं परमेश्‍वरको राज्यबारे कुरा गर्नुभयो। (लूका ८:१) उहाँले आफ्ना चेलाहरूलाई सारा पृथ्वीभरि त्यही समाचार प्रचार गर्ने आज्ञा दिनुभयो। (मत्ती २४:१४; २८:१९, २०) परमेश्‍वरको राज्यले मात्र यो पृथ्वीमा साँचो शान्ति र सुरक्षा ल्याउनेछ भनेर साँचो मसीहीहरू विश्‍वास गर्छन्‌।—भजन १४६:३-५.

७. येशूका चेलाहरू पटक्कै यो दुष्ट संसारको भागीदार हुनु हुँदैन। (यूहन्‍ना १७:१६) तिनीहरू संसारको राजनैतिक गतिविधि वा सामाजिक विवादहरूमा मुछिदैनन्‌। यो संसारमा चारैतिर व्याप्त हानिकारक बानीबेहोरा, प्रचलन र मनोवृत्तिहरूदेखि तिनीहरू अलग बस्छन्‌। (याकूब १:२७; ४:४) तपाईंको टोलछिमेकमा साँचो मसीही धर्मका यी चिह्नहरू हुने कुनै धार्मिक समूह चिन्‍न सक्नुहुन्छ?

[पृष्ठ २७-मा भएको चित्र]

साँचो मसीहीहरू आपसमा प्रेम गर्छन्‌, बाइबललाई आदर गर्छन्‌, अनि परमेश्‍वरको राज्यबारे प्रचार गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने