प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ६ पृ. १०-११
  • प्रमोदवन नजिकै छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रमोदवन नजिकै छ!
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • उत्तम जीवन—नजीकै!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • पृथ्वी कहिले प्रमोदवन हुनेछ?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • “संसारको अन्त” नजिक छ!
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ६ पृ. १०-११

पाठ ६

प्रमोदवन नजिकै छ!

अहिले पृथ्वीमा भइरहेका खराब कुराहरूले प्रमोदवन नजिकै छ भनेर देखाउँछ। प्रमोदवन आउनुअघि हामीले डरलाग्दो समय देख्नेछौं भनी बाइबल बताउँछ। हामी अहिले त्यस्तै समयमा बाँचिरहेका छौं! बाइबलले बताएका केही कुराहरू यसप्रकार छन्‌:

क्षेप्यास्त्र

ठूलठूला युद्ध। “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ती २४:७) यो भविष्यवाणी साँचो साबित भएको छ। सन्‌ १९१४ देखि यता दुइटा विश्‍वयुद्ध र थुप्रै स-साना युद्धहरू भएका छन्‌। युद्धमा लाखौं मानिसले ज्यान गुमाएका छन्‌।

रोगहरूको बिगबिगी। “विभिन्‍न ठाउँहरूमा रूढ़ी . . . हुनेछ।” (लूका २१:११) के यस्तो भएको छ? भएको छ। क्यान्सर, हृदय रोग, क्षयरोग, औलो, एड्‌स तथा अन्य रोगहरूले लाखौं मानिसहरूको ज्यान लिएको छ।

बिरामी र कुपोषित बच्चाहरू

खानाको अभाव। हातमुख जोड्‌न पनि धौधौ पर्ने मानिसहरू संसारमा थुप्रै छन्‌। वर्षेनी लाखौं मानिसहरू खान नपाएर मर्छन्‌। प्रमोदवन नजिकै छ भन्‍ने यो एउटा अर्को चिह्न हो। बाइबल भन्छ: “अनिकाल हुनेछ।”—मर्कूस १३:८.

भुइँचालो। “ठाउँ ठाउँमा . . . भैंचालो हुनेछ।” (मत्ती २४:७) यो हाम्रो समयमा पनि सत्य साबित भएको छ। सन्‌ १९१४ देखि यता लाखौं मानिसहरू भुइँचालोको कारण मरेका छन्‌।

बन्दुक देखाएर एउटी महिलाको घाँटी अँठ्याउँदै गरेको मानिस

दुष्ट मानिसहरू। मानिसहरू “स्वार्थी, धनका लोभी” हुनेछन्‌। तिनीहरू “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” हुनेछन्‌। केटाकेटीहरू “आमा-बाबुको आज्ञा पालन नगर्ने” हुनेछन्‌। (२ तिमोथी ३:१-५) आज यस्ता थुप्रै मानिस छन्‌ भनेर के तपाईं सहमत हुनुहुन्‍न र? तिनीहरू परमेश्‍वरको आदर गर्दैनन्‌ र परमेश्‍वरबारे सिक्न चाहनेहरूलाई पनि दुःख दिइरहन्छन्‌।

अपराध। “अधर्म बढ़ने[छ]।” (मत्ती २४:१२) केही वर्षअघिभन्दा अहिले अपराध निकै बढेको छ भनेर सायद तपाईं सहमत हुनुहुन्छ होला। सबै मानिसहरूलाई लुटिने, ठगिने वा हानि गरिने खतरा छ।

यी सबै कुराहरूले परमेश्‍वरको राज्य नजिकै छ भनेर देखाउँछ। बाइबल भन्छ: “तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजीकै छ भनी जान।” (लूका २१:३१) परमेश्‍वरको राज्य भनेको के हो? यो परमेश्‍वरको स्वर्गीय सरकार हो जसले पृथ्वीमा प्रमोदवन ल्याउनेछ। परमेश्‍वरको राज्यले मानव सरकारहरूलाई हटाउनेछ।—दानियल २:४४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने