प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ९ पृ. १५
  • परमेश्‍वरका मित्रहरू को हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका मित्रहरू को हुन्‌?
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गमा लाखौँ व्यक्‍तिहरू छन्‌
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ९ पृ. १५

पाठ ९

परमेश्‍वरका मित्रहरू को हुन्‌?

परमेश्‍वरको राज्यको राजा येशू र प्रचारकार्यमा मानिसहरूलाई डोऱ्‍याइरहेका स्वर्गदूतहरू

येशू ख्रीष्ट यहोवाको पुत्र हुनुका साथै उहाँको सबैभन्दा घनिष्ठ र प्रिय मित्र हुनुहुन्छ। पृथ्वीमा मानिसको रूपमा जीवन बिताउनुअघि येशू स्वर्गमा शक्‍तिशाली आत्मिक प्राणीको रूपमा हुनुहुन्थ्यो। (यूहन्‍ना १७:५) त्यसपछि, उहाँ पृथ्वीमा मानिसहरूलाई परमेश्‍वरबारे सत्य सिकाउन आउनुभयो। (यूहन्‍ना १८:३७) आज्ञाकारी मानिसहरूलाई पाप र मृत्युबाट बचाउन उहाँले आफ्नो मानव शरीर पनि बलिदानस्वरूप दिनुभयो। (रोमी ६:२३) येशू अहिले परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ र यसै स्वर्गीय सरकारले पृथ्वीमा प्रमोदवन ल्याउनेछ।—प्रकाश १९:१६.

स्वर्गदूतहरू पनि परमेश्‍वरका मित्र हुन्‌। स्वर्गदूतहरू, पहिले पृथ्वीमा मानव जीवन बिताएपछि स्वर्गमा गएर स्वर्गदूत भएका होइनन्‌। परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुअघि स्वर्गमा स्वर्गदूतहरू सृष्टि गर्नुभयो। (अय्यूब ३८:४-७) स्वर्गदूतहरू लाखौं छन्‌। (दानियल ७:१०) परमेश्‍वरका ती स्वर्गमा भएका मित्रहरू, मानिसहरूले यहोवाबारे सिकून्‌ भन्‍ने चाहन्छन्‌।—प्रकाश १४:६, ७.

एक जना महिलालाई प्रचार गर्दै गरेका यहोवाका साक्षीहरू

पृथ्वीमा पनि परमेश्‍वरका मित्रहरू छन्‌; उहाँले तिनीहरूलाई आफ्ना साक्षीहरू भन्‍नुहुन्छ। अदालतमा साक्षी बस्ने व्यक्‍तिले आफूलाई थाह भएको कुनै कुरा वा कोही व्यक्‍तिबारे बयान दिन्छ। यहोवाका साक्षीहरू अरूलाई यहोवा अनि उहाँका उद्देश्‍यहरूबारे आफूलाई थाह भएको कुरा बताउँछन्‌। (यशैया ४३:१०) स्वर्गदूतहरूजस्तै साक्षीहरू पनि तपाईंलाई यहोवाबारे सत्य कुरा सिक्न मदत दिन चाहन्छन्‌। तपाईं पनि परमेश्‍वरको मित्र होस्‌ भन्‍ने तिनीहरू चाहन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने