प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ११ पृ. १८-१९
  • झूटो धर्मलाई इन्कार गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झूटो धर्मलाई इन्कार गर्नुहोस्‌!
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
    धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
  • धर्महरूलाई के हुनेछ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • झूटो उपासनादेखि अलग हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ११ पृ. १८-१९

पाठ ११

झूटो धर्मलाई इन्कार गर्नुहोस्‌!

शैतान तथा त्यसका प्रेतहरू तपाईंले परमेश्‍वरको उपासना गरेको चाहँदैनन्‌। तिनीहरू सकेसम्म सबै जनालाई परमेश्‍वरबाट तर्काउन चाहन्छन्‌। तिनीहरूले यसो कसरी गर्छन्‌? एउटा त, झूटो धर्ममार्फत हो। (२ कोरिन्थी ११:१३-१५) कुनै धर्मले बाइबलबाट सत्य कुरा सिकाउँदैन भने त्यो झूटो हो। झूटो धर्म जाली नोटजस्तै हो। त्यो साँच्चिकै जस्तो देखिन्छ तर त्यसको कुनै मोल हुँदैन। त्यसले गर्दा तपाईंलाई निकै समस्या हुनसक्छ।

चर्चमा प्रार्थना गर्दै गरेका दम्पती

झूटो धर्मले सत्य परमेश्‍वर यहोवालाई कहिल्यै खुसी तुल्याउन सक्दैन। येशू यस पृथ्वीमा हुनुहुँदा एउटा धार्मिक समूहले उहाँलाई मार्न खोज्यो। तिनीहरूले आफ्नो उपासना सही ठानेका थिए। तिनीहरूले भने: “हाम्रा एउटै पिता हुनुहुन्छ, अर्थात्‌ परमेश्‍वर!” के येशू तिनीहरूसित सहमत हुनुभयो? अहँ, हुनुभएन! उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ।” (यूहन्‍ना ८:४१, ४४) आज थुप्रै मानिसहरूले परमेश्‍वरको उपासना गरेको भन्ठान्छन्‌ तर वास्तवमा तिनीहरू शैतान तथा त्यसका प्रेतहरूलाई सेवा गरिरहेका छन्‌!—१ कोरिन्थी १०:२०.

खराब रूखले बिग्रेको फल फलाएझैं झूटो धर्मले खराब काम गर्ने मानिसहरू पैदा गर्छ। मानिसहरूले गर्ने खराब कुराहरूले गर्दा संसार समस्याले भरिएको छ। अनैतिकता, झगडा, चोरी, दमन, हत्या र बलात्कार व्याप्त छ। यी खराब काम गर्ने थुप्रै मानिसको आ-आफ्नै धर्म छ तर तिनीहरूको धर्मले असल काम गर्न प्रेरित गर्दैन। खराब कामहरू गरुञ्जेल तिनीहरू परमेश्‍वरको मित्र हुन सक्दैनन्‌।—मत्ती ७:१७, १८.

झूटो धर्मले मानिसहरूलाई मूर्तिपूजा गर्न सिकाउँछ। परमेश्‍वरले मूर्तिपूजा नगर्नू भन्‍नुभएको छ। यो कुरा व्यावहारिक छ। कुनै व्यक्‍तिले तपाईंसित चाहिं कहिल्यै कुरा नगर्ने तर तपाईंको तस्बिरसित मात्र कुरा गर्छ भने, के तपाईंलाई त्यो मनपर्छ? के त्यस्तो व्यक्‍ति पनि तपाईंको साँचो मित्र हुनसक्छ र? अहँ, हुनै सक्दैन। यहोवा मानिसहरूले निर्जीव मूर्ति वा तस्बिरसित होइन तर उहाँसितै कुरा गरेको चाहनुहुन्छ।—प्रस्थान २०:४, ५.

हतियार भिरेका सिपाहीहरू

झूटो धर्मले युद्धमा अरूलाई मार्नु ठीकै हो भनेर सिकाउँछ। परमेश्‍वरका मित्रहरूले आपसमा प्रेम गर्नेछन्‌ भनेर येशूले भन्‍नुभयो। हामी आफूले प्रेम गर्ने मानिसहरूलाई मार्दैनौं। (यूहन्‍ना १३:३५) खराब मानिसहरूलाई मार्नुसमेत गलत कुरा हो। येशूका शत्रुहरूले उहाँलाई पक्रन आउँदा उहाँले आफ्नो सुरक्षाको लागि समेत चेलाहरूलाई तिनीहरू विरुद्ध लड्‌न दिनुभएन।—मत्ती २६:५१, ५२.

झूटो धर्मले दुष्टहरू नरकमा तड्‌पिनेछन्‌ भनेर सिकाउँछ। यद्यपि, बाइबलले भने पापले मृत्युतर्फ डोऱ्‍याउँछ भनेर सिकाउँछ। (रोमी ६:२३) यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ। के मायालु परमेश्‍वरले मानिसहरूलाई सधैंको निम्ति सास्ती दिनुहुन्छ होला र? अहँ, कदापि दिनुहुने छैन! प्रमोदवनमा एउटै मात्र धर्म हुनेछ र त्यो यहोवाबाट अनुमोदन प्राप्त धर्म हुनेछ। (प्रकाश १५:४) शैतानका झूटा कुराहरूमा आधारित कुनै पनि धर्म रहनेछैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने