प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ १३ पृ. २१
  • टुनामुना र बोक्सीविद्या खराब हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टुनामुना र बोक्सीविद्या खराब हो
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • जादुगरी, टुनामुना र बोक्सीविद्याबारे साँचो कुरा
    अनन्त जीवनतर्फ लैजाने बाटो—के तपाईँले त्यो भेट्टाउनुभएको छ?
  • बोक्सीविद्याबारे तपाईंलाई थाह हुनुपर्ने कुराहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • बोक्सीविद्याबारे तपाईंलाई के थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ १३ पृ. २१

पाठ १३

टुनामुना र बोक्सीविद्या खराब हो

मान्छेको खप्पर, जादुगरी “औषधी”, बोक्सीविद्या

शैतान तपाईंले टुनामुना गरेको चाहन्छ। थुप्रैले आफ्नो सुरक्षाको लागि पितापुर्खा वा प्रेतात्मालाई बलि चढाउँछन्‌। तिनीहरू आत्मिक संसारको शक्‍तिसित डराएर यसो गर्छन्‌। तिनीहरू भूतप्रेत भगाउन औंठी वा चुराहरू लगाउँछन्‌। तिनीहरू जादुगरी शक्‍ति भएको झोल पदार्थ पिउने वा “औषधीहरू” शरीरमा दल्ने गर्छन्‌। तिनीहरू आफ्नो सुरक्षाको लागि जादुगरी मालतालहरू घरभित्र वा जमिनमुनि लुकाउने गर्छन्‌। अरूले चाहिं व्यापार, स्कूलको परीक्षा वा प्रेमीप्रेमिकासितको सम्बन्धमा सफलता ल्याउँछ भनेर जादुगरी “औषधीहरू” प्रयोग गर्छन्‌।

शैतानको प्रतिरोध गर्ने सबैभन्दा उत्तम तरिका यहोवालाई आफ्नो मित्र बनाउनु हो। यहोवा परमेश्‍वर तथा उहाँका स्वर्गदूतहरू, शैतान तथा त्यसका दूतहरूभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ। (याकूब २:१९; प्रकाश १२:९) आफूप्रति पूर्ण वफादार हुने मित्रहरूको खातिर यहोवा आफ्नो बल देखाउन उत्सुक हुनुहुन्छ।—२ इतिहास १६:९.

परमेश्‍वरको वचनले यसो भन्छ: “शकून-अपशकून नमान्‍नू।” यहोवा टुनामुना र बोक्सीविद्याको विरोध गर्नुहुन्छ किनभने त्यस्ता चलनहरूमा लाग्दा मानिसहरू सीधै शैतान अर्थात्‌ दियाबलको वशमा पर्छन्‌।—लेवी १९:२६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने