गीत ३९
शान्ति हाम्रो सम्पत्ति
छापिएको संस्करण
१. गरौं है लौ प्रशंसा,
शान्तिदाताको;
रोक्छन् उनी युद्ध सब,
मिलाप सुरु भो।
शान्तिका राजकुमार ख्रीष्ट,
शीतल छहारी;
उनको जितले ल्याउनेछ,
शान्त बिहानी।
२. रीसराग र गालीगलौज,
सबै नै त्याग्यौं;
भाला, तरवार पिटेर,
फाली बनायौं।
चाहना यै हो भने,
माफी दिइरहौं;
शान्तिको भेष लिएर,
जिन्दगी जिऔं।
३. नफलाई हुन्न शान्ति,
फल सदाचारको;
माग्यौं ज्ञानको यो सबुत,
माथिबाटको।
सबैलाई भन्छौं हिंड्न,
यै पथमा ऐले;
नआएसम्म शान्ति,
राज्यले ल्याउने।
(भज. ४६:९; यशै. २:४; याकू. ३:१७, १८ पनि हेर्नुहोस्)