गीत १३१
यहोवा मेरा उद्धारक हुनुहुन्छ
१. हे यहोवा जीवित परमेश्वर हौ तिमी;
सृष्टि गर्छ बयान, तिम्रो त्यो शक्तिको।
छैन कोही बराबर याह तिम्रो।—छ र को?
नाश हुनेछन्, शत्रु।
(कोरस)
छुटकारा दिन्छन् याह, वफादारलाई!
चट्टान हुन् उनी आफ्ना सेवकका लागि।
भरोसा र साहस देखाई, प्रचार गर्छौं।
नाम फैलाउँछौं, उद्धारक हाम्रा यहोवाको।
२. मृत्युको डरले घेर्दा या’लाई पुकार्छु;
बल र साहस दुवै, उनैसित माग्छु।
सुन्छन् याहले मेरो यो पुकारा,
“हे प्रभु! गर उद्धार मेरो।”
(कोरस)
छुटकारा दिन्छन् याह, वफादारलाई!
चट्टान हुन् उनी आफ्ना सेवकका लागि।
भरोसा र साहस देखाई, प्रचार गर्छौं।
नाम फैलाउँछौं, उद्धारक हाम्रा यहोवाको।
३. दिन्छौ आवाज आकाशको ठूलो गर्जनझैं;
डराउनेछन् शत्रु, रम्नेछन् तिम्रा जन,
जे चाहन्छौ त्यही नै सक्छौ बन्न;
देख्नेछन्, सबले उद्धार तिम्रो।
(कोरस)
छुटकारा दिन्छन् याह, वफादारलाई!
चट्टान हुन् उनी आफ्ना सेवकका लागि।
भरोसा र साहस देखाई, प्रचार गर्छौं।
नाम फैलाउँछौं, उद्धारक हाम्रा यहोवाको।
(भज. १८:१, २; १४४:१, २ पनि हेर्नुहोस्)