प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग ७ पृ. १०
  • परमेश्‍वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मोसाले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • प्रस्थानको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग ७ पृ. १०
मोशा दस आज्ञाहरू लेखिएको दुइटा ढुङ्‌गाको पाटी बोक्दै छन्‌

भाग ७

परमेश्‍वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ

यहोवा मिश्रमा विपत्ति ल्याउनुहुन्छ र मोशाको नेतृत्वमा इस्राएलीहरू त्यस देशबाट निस्की आउँछन्‌। परमेश्‍वर मोशामार्फत इस्राएलीहरूलाई व्यवस्था दिनुहुन्छ

धेरै लामो समयसम्म इस्राएलीहरू मिश्रमै बसे। त्यहाँ तिनीहरूको फलिफाप र वृद्धि भयो। तर एक जना नयाँ फिरऊनले शासन गर्न थाले। यी शासकले यूसुफलाई चिनेका थिएनन्‌। इस्राएलीहरू दिन-प्रतिदिन वृद्धि हुँदै गएको देखेर डराएका यी क्रूर शासकले तिनीहरूलाई आफ्नो दास बनाए र तिनीहरूबाट जन्मिने सबै छोराहरूलाई नील नदीमा फालिदिनू भन्‍ने आदेश दिए। तर एक आँटिली आमाले आफ्नो दूधे-बालकलाई जोगाउन तिनलाई कुसहरूको बीचमा लुकाएर राखिन्‌। फिरऊनकी छोरीले ती बालकलाई फेला पारिन्‌, तिनको नाउँ मोशा राखिदिइन्‌ र मिश्री राजपरिवारमा तिनको लालनपालन गरिन्‌।

चालीस वर्षको उमेरमा मोशाले एक जना इस्राएली दासलाई अत्याचारी मिश्रीबाट बचाउन खोज्दा तिनी समस्यामा परे। मोशा भागेर टाढाको देशमा गए र त्यहाँ निर्वासित जीवन बिताए। मोशा ८० वर्षका हुँदा यहोवाले इस्राएलीहरूलाई मिश्रबाट छुटाउन तिनलाई फेरि मिश्रमा फिरऊनकहाँ पठाउनुभयो।

फिरऊनले ठाडै इन्कार गरे। त्यसैले यहोवाले मिश्रमाथि दस विपत्ति ल्याउनुभयो। प्रत्येक विपत्तिपछि फिरऊनलाई अर्को विपत्तिबाट बच्ने मौका दिन मोशा तिनीकहाँ गए तर तिनले हठी हुँदै मोशा अनि यहोवा परमेश्‍वरको अवहेलना गरे। आखिरमा दसौं विपत्तिले गर्दा मिश्रका पहिलो जन्मेका सबै मरे। तर यहोवाको आज्ञा मान्दै ढोकाको चौकोसमा बलि चढाइएको पाठाको रगत छ्याप्ने परिवारहरू भने जोगिए। पहिलो जन्मेका सबैको विनाश गर्न परमेश्‍वरले पठाउनुभएको स्वर्गदूतले ती घरहरू भने छोडे, केही गरेनन्‌। त्यसबेलादेखि ती इस्राएलीहरूले त्यस अद्‌भुत छुटकाराको सम्झना गर्न प्रत्येक वर्ष निस्तार चाड मनाउन थाले।

आफ्नै जेठो छोरा मरेपछि भने फिरऊनले मोशा र सबै इस्राएलीलाई मिश्रबाट निक्लेर गइहाल्न भने। तिनीहरूको ठूलो दलले त्यहाँबाट तुरुन्तै निस्कने प्रबन्ध मिलायो। तर फिरऊनले मन परिवर्तन गरे। थुप्रै घोडचढी र रथहरूका साथ तिनी इस्राएलीहरूलाई खेद्दै पछि-पछि लागे। लाल समुद्रको किनारमा ती इस्राएलीहरू फसेझैं देखियो। यहोवाले लाल समुद्रलाई दुई भाग पारिदिनुभयो अनि पानीचाहिं तिनीहरूका दाहिने र देब्रेपट्टि पर्खाल भयो र इस्राएलीहरू समुद्रको ओबानो जमिनमा हिंडे! मिश्रीहरूले तिनीहरूलाई खेद्दै आउँदा परमेश्‍वरले दुवैपट्टिका पानीका पर्खालहरू मिश्रीहरूमाथि खस्न दिनुभयो। फिरऊन र तिनका सबै सिपाहीहरू मरे।

पछि इस्राएलीहरू सीनै पर्वतमा पाल टाँगेर बस्दा यहोवाले तिनीहरूसित एउटा करार बाँध्नुभयो। परमेश्‍वरले मोशालाई मध्यस्थकर्ताको रूपमा प्रयोग गर्दै इस्राएलीहरूलाई जीवनका हरेक पक्षमा डोऱ्‍याइ र सुरक्षा दिन व्यवस्था दिनुभयो। इस्राएलीहरूले विश्‍वासी भई परमेश्‍वरको शासन स्वीकारेसम्म यहोवा तिनीहरूसित हुनुहुने थियो र तिनीहरू अरूको लागि आशिष्‌को स्रोत हुनेथिए।

तथापि, धेरैजसो इस्राएलीहरूले विश्‍वासको कमी भएको देखाएर परमेश्‍वरको चित्त दुखाए। त्यसैले यहोवाले तिनीहरूलाई ४० वर्षसम्म उजाडस्थानमा भौंतारिन दिनुभयो। त्यसपछि मोशाले धर्मी व्यक्‍ति यहोशूलाई अगुवाको काम सुम्पे। अन्ततः इस्राएलीहरू परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको देश प्रवेश गर्न तयार भए।

— प्रस्थान; लेवी; गन्ती; व्यवस्था; भजन १३६:१०-१५; प्रेरित ७:१७-३६ मा आधारित।

  • कस्तो अवस्थाले गर्दा इस्राएलीहरूलाई छुटकारा दिन परमेश्‍वरले मोशालाई प्रयोग गर्नुभयो?

  • इस्राएलीहरूले किन निस्तार चाड मनाउन थाले?

  • इस्राएलीहरूलाई यहोवाले कसरी मिश्रको दासत्वबाट छुटाउनुभयो?

सबैभन्दा ठूलो आज्ञा

मोशामार्फत दिइएका लगभग ६०० आज्ञामध्ये सायद प्रस्थान २०:१-१७ मा उल्लिखित दस आज्ञा सबैभन्दा परिचित हुन्‌। तथापि, परमेश्‍वरले दिनुभएको कुनचाहिं आज्ञा सबैभन्दा ठूलो हो भनेर येशू ख्रीष्टलाई सोध्दा उहाँले योचाहिं छान्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर्‌।”—मर्कूस १२:२८-३०; व्यवस्था ६:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने