प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग १९ पृ. २२
  • येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • प्रेषितहरू चिन्ह माग्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
  • ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग १९ पृ. २२
जैतुनको डाँडामा येशू आफ्ना केही चेलाहरूसित कुराकानी गर्नुहुन्छ

भाग १९

येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ

येशू उहाँ राजकीय शक्‍तिमा उपस्थित हुँदाको र यस युगको आखिरी समयलाई संकेत गर्ने चिह्न दिनुहुन्छ

यरूशलेम र यसको मन्दिरको सुन्दर दृश्‍य देखिने जैतूनको डाँडामा येशूका चार प्रेरितहरू सुटक्क उहाँकहाँ आएर उहाँले सिकाउनुभएका कुराहरूबारे सोधे। भर्खरै मात्र येशूले यरूशलेमको मन्दिर विनाश हुनेछ भन्‍नुभएको थियो। अनि योभन्दा अघि उहाँले “जगत्‌को अन्त” अर्थात्‌ यस युगको आखिरी समयबारे तिनीहरूलाई बताउनुभएको थियो। (मत्ती १३:४०, ४९) अहिले यी प्रेरितहरूले यस्तो प्रश्‍न गरे: “तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्न के हुन्छ?”—मत्ती २४:३.

जवाफमा येशूले यरूशलेमको विनाशअघि के-के हुने थियो बताउनुभयो। तर उहाँका शब्दहरूले पछिसम्म पनि अर्थ राख्ने थियो। उहाँको भविष्यवाणी पछि विश्‍वव्यापी रूपमा विस्तृत तवरमा पूर्ति हुने थियो। येशूले विभिन्‍न घटना र विश्‍व परिस्थितिहरू मिलेर बनेको चिह्नबारे भविष्यवाणी गर्नुभयो। त्यो चिह्नबाट पृथ्वीमा रहेकाहरूले स्वर्गमा राजाको रूपमा येशूको उपस्थिति सुरु भइसक्यो भनेर थाह पाउने थिए। अर्को शब्दमा भन्‍नुपर्दा, त्यो चिह्नले धेरै पहिला प्रतिज्ञा गरिएको मसीही राज्यमा यहोवा परमेश्‍वरले येशूलाई राजा बनाउनुभएको छ भनेर संकेत गर्ने थियो। त्यो चिह्नले अर्को के पनि संकेत गर्ने थियो भने, त्यस राज्यले दुष्टतालाई हटाउने र मानिसजातिको लागि साँचो शान्ति ल्याउने समय भएको छ। त्यसैले येशूले गर्नुभएको भविष्यवाणीले यस युगको अर्थात्‌ अहिले भएको राजनैतिक, धार्मिक र सामाजिक व्यवस्थाको आखिरी समय र नयाँ युगको थालनीलाई बुझाउने थियो।

आफू स्वर्गमा राजाको रूपमा उपस्थित हुँदा पृथ्वीमा के-कस्ता घटनाहरू हुनेछन्‌ भनेर वर्णन गर्दै येशूले अन्तरराष्ट्रिय युद्ध, अनिकाल र रुढी हुनेछ अनि ठूलठूला भैंचालो जानेछ भन्‍नुभयो। अधर्म बढ्‌ने थियो। येशूका साँचो चेलाहरूले पृथ्वीभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने थिए। यी सबै घटनाहरूको चरमोत्कर्ष सुरुदेखि अहिलेसम्म कहिल्यै नभएको “महासंकष्ट”-मा हुने थियो।—मत्ती २४:२१.

महासंकष्ट नजिकै छ भनेर येशूका अनुयायीहरूले कसरी थाह पाउने थिए? येशूले भन्‍नुभयो: “अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ।” (मत्ती २४:३२, NRV) अञ्जीरको रूखमा पालुवा लाग्नु ग्रीष्म ऋतु नजिकै छ भन्‍ने एउटा स्पष्ट चिह्न हो। त्यसैगरि येशूले भन्‍नुभएका सबै कुराहरू एउटै समय अवधिमा हुनु अन्त नजिकै छ भन्‍ने एउटा स्पष्ट चिह्न हुने थियो। महासंकष्ट सुरु हुने दिन र घडी पिताले मात्र जान्‍नुहुने थियो। अतः येशूले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभयो: “जागा बस . . . किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।”—मर्कूस १३:३३.

— मत्ती अध्याय २४ र २५; मर्कूस अध्याय १३; लूका अध्याय २१ मा आधारित।

  • येशूका प्रेरितहरू थप के जान्‍न चाहन्थे?

  • येशूले दिएको चिह्नको अर्थ के हो र यस चिह्नका पक्षहरू के-के हुने थिए?

  • येशूले आफ्ना चेलाहरूलाई कस्तो सल्लाह दिनुभयो?

ख्रीष्टको उपस्थितिको चिह्न

वर्तमान भ्रष्ट युगको अन्त गर्ने परमेश्‍वरको समय नजिकै छ भनी बुझाउने चिह्नबारे येशूले भविष्यवाणी गर्नुभयो। प्रथम विश्‍वयुद्धदेखि मानिसजातिले येशूको भविष्यवाणीको पूर्ति देखेका छन्‌। संसारभरि भइरहेको धार्मिक, राजनैतिक र सामाजिक घटनाक्रमले यस वर्तमान दुष्ट संसारलाई एकदमै द्रुत गतिमा र उम्कनै नसक्ने गरी अन्ततर्फ डोऱ्‍याइरहेको छ। यसबाट बच्न ‘जागा रहनैपर्छ’ र सार्वभौमिकताको विवादमा परमेश्‍वरको पक्षमा खडा हुन ठोस कदम चाल्नैपर्छ भनेर येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो।a—लूका २१:३६; मत्ती २४:३-१४.

a येशूको भविष्यवाणीबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने