प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग २५ पृ. २९
  • विश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • येशूको कुरा लेख्ने मान्छेहरू
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • यूहन्‍ना र यहूदाको पत्रका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • “विश्‍वासको निम्ति उत्कटसाथ लड”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग २५ पृ. २९
एक बाइबल लेखक पत्र लेख्छन्‌

भाग २५

विश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह

याकूब, पत्रुस, यूहन्‍ना र यहूदा सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिन पत्र लेख्छन्‌

याकूब र यहूदा येशूका सौतेनी भाइहरू थिए। पत्रुस र यूहन्‍ना येशूका १२ प्रेरितहरूमध्ये थिए। यी चार पुरुषहरूले ख्रीष्टियान युनानी धर्मशास्त्रमा पाइने जम्मा सात वटा पत्र लेखे। प्रत्येक पत्र यी लेखकहरूको नाउँबाट चिनिन्छ। यी पत्रहरूमा पाइने प्रेरित अर्तीहरूको उद्देश्‍य यहोवा र उहाँको राज्यप्रति वफादार रहिरहन ख्रीष्टियानहरूलाई मदत गर्नु हो।

विश्‍वास देखाउनुपर्छ। विश्‍वास छ भनी दाबी गर्नु मात्र पर्याप्त छैन। साँचो विश्‍वासले काम गर्न उत्प्रेरित गर्छ। याकूब लेख्छन्‌: “किनभने . . . विश्‍वास . . . कामविना मरेको हुन्छ।” (याकूब २:२६) परीक्षाको बेला विश्‍वासका साथ कदम चाल्दा धीरजी होइन्छ। सफल हुने हो भने ख्रीष्टियानले, परमेश्‍वरले बुद्धि दिनुहुन्छ भनी विश्‍वस्त हुँदै उहाँसित माग्नुपर्छ। धीरजी हुँदा परमेश्‍वरको अनुमोदन पाइन्छ। (याकूब १:२-६, १२) ख्रीष्टियानले विश्‍वासका साथ सत्यनिष्ठा कायम गर्छन्‌ भने यहोवा परमेश्‍वरले जवाफ दिनुहुनेछ। याकूब भन्छन्‌, “परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ।”—याकूब ४:८.

ख्रीष्टियानको विश्‍वास प्रलोभन र अनैतिक प्रभावहरूको प्रतिरोध गर्ने हदसम्म बलियो हुनैपर्छ। व्याप्त भ्रष्ट नैतिक वातावरणको कारण यहूदाले आफ्ना सँगी विश्‍वासीहरूलाई “विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस” भनी लेख्न बाध्य महसुस गरे।—यहूदा ३.

शुद्ध आचरण कायम राख्नुपर्छ। यहोवा आफ्ना उपासकहरू पवित्र अर्थात्‌ हर क्षेत्रमा शुद्ध भएको आशा गर्नुहुन्छ। पत्रुस लेख्छन्‌: “जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म [यहोवा] पवित्र छु।’ ” (१ पत्रुस १:१५, १६) ख्रीष्टियानहरूसामु अनुकरण गर्न योग्यको नमुना छ। पत्रुस भन्छन्‌: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) परमेश्‍वरको स्तर पालन गर्दा दुःख भोग्नुपरे तापनि ख्रीष्टियानहरू “असल विवेक” कायम राख्छन्‌। (१ पत्रुस ३:१६, १७) परमेश्‍वरको न्यायको दिन र ‘धार्मिकताले बास गर्ने’ प्रतिज्ञा गरिएको नयाँ संसारको प्रतीक्षा गर्दै ईश्‍वरीय भक्‍ति झल्काउने पवित्र आचरण र कार्यमा प्रशस्त हुन पत्रुस ख्रीष्टियानहरूलाई सल्लाह दिन्छन्‌।—२ पत्रुस ३:११-१३.

“परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ।”—याकूब ४:८

प्रेम देखाउनुपर्छ। यूहन्‍ना लेख्छन्‌, “परमेश्‍वर प्रेम हुनुहुन्छ।” ख्रीष्टलाई “पापको प्रायश्‍चित हुन” पठाएर परमेश्‍वरले महान्‌ प्रेम देखाउनुभयो भनी प्रेरित यूहन्‍ना बताउँछन्‌। ख्रीष्टियानहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? यूहन्‍ना बताउँछन्‌: “हे प्रिय हो, परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।” (१ यूहन्‍ना ४:८-११) त्यस्तो प्रेम देखाउने एउटा तरिका सँगी विश्‍वासीहरूलाई अतिथि सत्कार गरेर हो।—३ यूहन्‍ना ५-८.

तर यहोवाका उपासकहरूले कसरी उहाँप्रति आफ्नो प्रेम देखाउन सक्छन्‌? यूहन्‍ना भन्छन्‌: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूहन्‍ना ५:३; २ यूहन्‍ना ६) परमेश्‍वरको आज्ञा मान्‍नेहरूले “अनन्त जीवनको . . . आशा”-सहित परमेश्‍वरबाट प्रेम पाइरहने आश्‍वासन पाउँछन्‌।—यहूदा २१.

— याकूब; १ पत्रुस; २ पत्रुस; १ यूहन्‍ना; २ यूहन्‍ना; ३ यूहन्‍ना; यहूदामा आधारित।

  • ख्रीष्टियानले कसरी विश्‍वास देखाउन सक्छन्‌?

  • परमेश्‍वर आफ्ना उपासकहरूबाट कस्तो आचरणको आशा गर्नुहुन्छ?

  • कुनै व्यक्‍तिले परमेश्‍वरप्रतिको साँचो प्रेम कसरी देखाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने