प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग ५ पृ. १२-१३
  • महा-जलप्रलय—कसले सुने अनि कसले सुनेनन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महा-जलप्रलय—कसले सुने अनि कसले सुनेनन्‌?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • नुहको जहाज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • भाग ५
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • नूहले ठूलो जहाज बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग ५ पृ. १२-१३

भाग ५

महा-जलप्रलय—कसले सुने अनि कसले सुनेनन्‌?

नुहको समयका धेरैजसो मानिसले खराब काम गरे। उत्पत्ति ६:५

दुष्ट स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूसित विवाह गर्न पुरुषको रूप लिए

आदम र हव्वाले छोराछोरी जन्माए र पृथ्वी मानिसहरूले भरिन थाल्यो। पछि केही स्वर्गदूतले सैतानसँगै लागेर यहोवा परमेश्‍वरको विरोध गरे।

तिनीहरू पृथ्वीमा आए र स्त्रीहरूसित विवाह गर्न पुरुषको रूप लिए। ती स्त्रीहरूले छोराहरू जन्माए। ती छोराहरू अजङ्‌गका, बलिया र निष्ठुर थिए।

सानो बालक बोकिरहेकी स्त्रीलाई एउटा केटोले हिर्काउँदै; दुष्ट स्वर्गदूतहरूका नपिल भनिने छोराहरू हिंस्रक थिए

संसार खराब काम गर्ने मानिसहरूले भरियो। बाइबल भन्छ: ‘पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भए र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहन्थे।’

नुहले परमेश्‍वरको कुरा सुने र एउटा जहाज बनाए। उत्पत्ति ६:१३, १४, १८, १९, २२

नुहले परमेश्‍वरको कुरा सुने

नुह असल मान्छे थिए। महा-जलप्रलय ल्याएर दुष्टहरूलाई नाश गर्नेछु भनेर यहोवा परमेश्‍वरले नुहलाई बताउनुभयो।

नुह र उनको परिवारले जहाज बनाए

परमेश्‍वरले नुहलाई बडेमाको जहाज बनाउन लगाउनुभयो। त्यो जहाजमा नुहले उनको परिवार र सबै किसिमका पशुपक्षी राख्नुपर्ने थियो।

जलप्रलय आउँदै छ भनेर नुहले मानिसहरूलाई चेतावनी दिए तर तिनीहरूले नुहलाई हाँसोमा उडाए

जलप्रलय आउँदै छ भनेर नुहले मानिसहरूलाई चेतावनी दिए तर तिनीहरूले सुन्दै सुनेनन्‌। कसै-कसैले त नुहलाई हाँसोमा उडाए, अरू कतिले चाहिँ छिःछिः दूरदूर गरे।

नुह र उनको परिवार पशुपक्षीलाई जहाजभित्र हुल्दै

जहाज बनाइसकेपछि नुहले पशुपक्षी जहाजभित्र हुले।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने