प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg पाठ १४ प्रश्‍न १-४
  • यहोवाले आफ्ना मानिसहरूलाई किन सङ्‌गठित पार्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले आफ्ना मानिसहरूलाई किन सङ्‌गठित पार्नुभएको छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • के परमेश्‍वरको कुनै सङ्‌गठन छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मण्डलीलाई कसरी सञ्चालन र व्यवस्थापन गरिन्छ?
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • यहोवाका साक्षीहरू कसरी संगठित छन्‌
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg पाठ १४ प्रश्‍न १-४

पाठ १४

यहोवाले आफ्ना मानिसहरूलाई किन सङ्‌गठित पार्नुभएको छ?

१. परमेश्‍वरले पुरातन इस्राएललाई किन सङ्‌गठित पार्नुभयो?

१. प्राचीन इस्राएलमा परमेश्‍वरका जनहरू; २. प्रथम शताब्दीका ख्रिष्टिनहरू व्यवस्थित रूपमा प्रचारमा भाग लिँदै

परमेश्‍वरले कुलपिता अब्राहामको सन्तानलाई एउटा राष्ट्रको रूपमा सङ्‌गठित पार्नुभयो र तिनीहरूलाई नीतिनियमहरू दिनुभयो। उहाँले त्यस राष्ट्रलाई “इस्राएल” भन्‍ने नाम दिनुभयो र साँचो उपासना अनि उहाँको वचनको जगेर्ना गर्ने जिम्मा दिनुभयो। (भजन १४७:१९, २०) त्यसैले अरू सबै राष्ट्रका मानिसहरूले इस्राएल राष्ट्रमार्फत आशिष्‌ पाउन सक्थे।—उत्पत्ति २२:१८ पढ्‌नुहोस्‌।

परमेश्‍वरले इस्राएलीहरूलाई आफ्नो साक्षीको रूपमा छान्‍नुभयो। तिनीहरूको इतिहास केलाएर हेऱ्‍यौँ भने परमेश्‍वरको आज्ञा मान्दा मानिसहरूले कसरी लाभ उठाउन सक्छन्‌ भनेर प्रस्ट हुन्छ। (व्यवस्था ४:६) यसरी इस्राएलीहरूमार्फत अरूले साँचो परमेश्‍वरलाई चिन्‍न सक्थे।—यसैया ४३:१०, १२ पढ्‌नुहोस्‌।

२. साँचो ख्रिष्टियनहरू किन सङ्‌गठित छन्‌?

समय बित्दै जाँदा इस्राएलीहरूले परमेश्‍वरको अनुमोदन गुमाए। उहाँले तिनीहरूको सट्टामा ख्रिष्टियन मण्डलीलाई छान्‍नुभयो। (मत्ति २१:४३; २३:३७, ३८) इस्राएलीहरूको सट्टामा अहिले साँचो ख्रिष्टियनहरूले यहोवाका साक्षीहरूको रूपमा सेवा गरिरहेका छन्‌।—प्रेषित १५:१४, १७ पढ्‌नुहोस्‌।

येसुले आफ्ना अनुयायीहरूलाई सबै जातिका मानिसहरूलाई प्रचार गर्न र चेला बनाउन सङ्‌गठित पार्नुभयो। (मत्ति १०:७, ११; २४:१४; २८:१९, २०) यस युगको आखिरी समयमा प्रचार गर्ने काम जोडतोडले भइरहेको छ। इतिहासमै पहिलो पटक यहोवा परमेश्‍वरले विभिन्‍न राष्ट्रका लाखौँ मानिसलाई साँचो उपासनामा एकताबद्ध पारिरहनुभएको छ। (प्रकाश ७:९, १०) एकअर्कालाई प्रोत्साहन र मदत दिन साँचो ख्रिष्टियनहरूलाई सङ्‌गठनको रूपमा एकताबद्ध पारिएको छ। संसारभरि हुने तिनीहरूको सभामा बाइबलमा आधारित एउटै कार्यक्रम सञ्चालन हुन्छ।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

३. आधुनिक समयमा यहोवाका साक्षीहरूको सङ्‌गठन कहिले सुरु भयो?

यहोवाका साक्षीहरू बीसौँ शताब्दीको सुरुतिर र अहिले प्रचारकार्यमा भाग लिइरहेको दृश्‍यहरू; थुप्रै भाषामा बाइबल अध्ययन सामग्रीहरू

आधुनिक समयमा इस्वी संवत्‌ १८७० को दशकमा यहोवाका साक्षीहरूको सङ्‌गठन सुरु भयो। बाइबल विद्यार्थीहरूको एउटा सानो समूहले लामो समयदेखि ओझेलमा परेका बाइबल सत्यहरू फेरि भेट्टाउन थाल्यो। येसुले ख्रिष्टियन मण्डलीलाई प्रचार गर्नको लागि सङ्‌गठित पार्नुभएको कुरा तिनीहरूले बुझे। त्यसैकारण तिनीहरूले संसारभरि प्रचार गर्ने अभियान सुरु गरे। इस्वी संवत्‌ १९३१ देखि तिनीहरू यहोवाका साक्षीहरू भन्‍ने नामले चिनिए।—प्रेषित १:८; २:१, ४; ५:४२ पढ्‌नुहोस्‌।

४. यहोवाका साक्षीहरूलाई कसरी सङ्‌गठित पारिएको छ?

प्रथम शताब्दीमा विभिन्‍न राष्ट्रमा रहेका ख्रिष्टियन मण्डलीहरूले येसुका प्रेषितहरू र एल्डरहरू मिलेर बनेको परिचालक निकायबाट लाभ उठाए। तिनीहरूले येसु मण्डलीको शिर हुनुहुन्छ भनेर स्विकारेका थिए। (प्रेषित १६:४, ५) आज पनि संसारभरिका यहोवाका साक्षीहरूले अनुभवी एल्डरहरू मिलेर बनेको परिचालक निकायबाट लाभ उठाउँछन्‌। यसले संसारभरिका शाखाहरूको निरीक्षण गर्छ। ती शाखाहरूले बाइबल अध्ययन सामग्रीहरू ८०० भन्दा धेरै भाषामा अनुवाद र वितरण गर्छ। यसरी परिचालक निकायले संसारभरिका १ लाख २० हजारभन्दा धेरै मण्डलीलाई धर्मशास्त्रबाट प्रोत्साहन र निर्देशन दिन्छ। हरेक मण्डलीमा योग्य पुरुषहरूले एल्डर वा निरीक्षकको रूपमा सेवा गर्छन्‌। यी पुरुषहरूले परमेश्‍वरको बगालको मायालु हेरचाह गर्छन्‌।—१ पत्रुस ५:२, ३ पढ्‌नुहोस्‌।

यहोवाका साक्षीहरू सुसमाचार प्रचार गर्न र चेला बनाउन सङ्‌गठित छन्‌। येसुका प्रेषितहरूजस्तै हामी पनि प्रचार गर्न घरघर जान्छौँ। (प्रेषित २०:२०) बाइबल सत्य मन पराउने मानिसहरूलाई बाइबल अध्ययनको प्रस्ताव पनि राख्छौँ। तर यहोवाका साक्षीहरू एउटा सङ्‌गठन मात्र होइनन्‌। हामी परिवार हौँ र यस परिवारमा एक जना मायालु बुबा पनि हुनुहुन्छ। हामी एकअर्काको ख्याल राख्ने दाजुभाइ दिदीबहिनी हौँ। (२ थिस्सलोनिकी १:३) यहोवाका जनहरू उहाँलाई खुसी पार्न र अरूलाई मदत गर्न सङ्‌गठित छन्‌। त्यसैले तिनीहरू पृथ्वीका सबैभन्दा आनन्दित परिवार हुन्‌।—भजन ३३:१२; प्रेषित २०:३५ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय १९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने