प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg पाठ ११ प्रश्‍न १-४
  • परमेश्‍वरका नियमहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका नियमहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सिद्धान्त बुझ्नु परिपक्वता झल्काउनु हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • ईश्‍वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्‍याउन सक्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी हाम्रो फाइदा हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg पाठ ११ प्रश्‍न १-४

पाठ ११

परमेश्‍वरका नियमहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?

१. हामीलाई किन डोऱ्‍याइ चाहिन्छ?

बाइबल सिद्धान्तहरू लागू गरेको: आमाले बच्चलाई सुरक्षापेटी लगाइदिँदै; बुबा र छोरा दुवैले हेल्मेट लगाएको; गर्भवती स्त्री र कामदार सजगता अपनाउँदै

बाइबलको आधारभूत सत्यले हामीलाई सुरक्षामा ध्यान दिन कसरी मदत गर्छ?—भजन ३६:९.

हाम्रा सृष्टिकर्ता हामीभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। उहाँ हाम्रो मायालु बुबा हुनुभएकोले हाम्रो ख्याल राख्नुहुन्छ। साथै, यहोवाले हामीलाई उहाँको डोऱ्‍याइविना आफूमा मात्र भर पर्न सक्ने गरी बनाउनुभएको थिएन। (यर्मिया १०:२३) जसरी एउटा सानो बालकलाई आमाबुबाको डोऱ्‍याइ चाहिन्छ, त्यसरी नै हामी सबैलाई परमेश्‍वरको डोऱ्‍याइ चाहिन्छ। (यसैया ४८:१७, १८) हामीलाई डोऱ्‍याइ दिने बाइबलका नियमहरू परमेश्‍वरबाट आएको उपहार हो।—२ तिमोथि ३:१६ पढ्‌नुहोस्‌।

यहोवाका नियमहरूले अहिले कसरी उत्तम जीवन बिताउन सकिन्छ र भविष्यमा कसरी चिरकालीन इनाम हासिल गर्न सकिन्छ भनेर सिकाउँछ। परमेश्‍वरले हामीलाई सृष्टि गर्नुभएकोले हामीले उहाँको डोऱ्‍याइ कृतज्ञ भई स्विकार्नु उचित छ।—भजन १९:७, ११; प्रकाश ४:११ पढ्‌नुहोस्‌।

२. परमेश्‍वरको वचनले हामीलाई कसरी डोऱ्‍याउँछ?

बाइबलका आधारभूत सत्यले यहोवा हामीले विभिन्‍न परिस्थितिमा कस्तो कदम चालेको चाहनुहुन्छ भनेर बुझ्न मदत गर्छ। बाइबलका अन्य नियमहरू कुनै खास परिस्थितिमा मात्र लागू हुन सक्छ। (व्यवस्था २२:८) कुनै अवस्थामा कस्तो कदम चाल्ने भनेर बाइबलमा आधारित भएर निर्णय गर्न हामीले सोच्ने क्षमता चलाउनुपर्छ। (हितोपदेश २:१०-१२) उदाहरणको लागि, जीवन परमेश्‍वरले दिनुभएको वरदान हो भनेर बाइबल सिकाउँछ। यो आधारभूत सत्यले हामीलाई जीवनको हर क्षेत्रमा डोऱ्‍याउँछ; यसले हामीलाई आफ्नो र अरूको सुरक्षामा ध्यान दिन मदत गर्छ।—प्रेषित १७:२८ पढ्‌नुहोस्‌।

३. कुन दुई आज्ञा महत्त्वपूर्ण छन्‌?

येसुले दुई वटा महत्त्वपूर्ण आज्ञाबारे बताउनुभयो। पहिलो आज्ञामा मानिसको जीवनको वास्तविक उद्देश्‍यलाई प्रस्ट पारिएको छ। त्यो हो: परमेश्‍वरलाई चिन्‍नु, उहाँलाई प्रेम गर्नु र वफादार भई उहाँको सेवा गर्नु। जीवनमा हरेक निर्णय गर्दा हामीले यो पहिलो आज्ञा मनमा राख्नै पर्छ। (हितोपदेश ३:६) यस आज्ञाअनुसार जीवन बिताउनेहरूले परमेश्‍वरसित मित्रता गाँस्न सक्छन्‌ अनि अनन्त जीवन र साँचो आनन्द पनि प्राप्त गर्न सक्छन्‌।—मत्ति २२:३६-३८ पढ्‌नुहोस्‌।

दोस्रो आज्ञाले हामीलाई अरूसँग शान्तिमय सम्बन्ध राख्न मदत दिन्छ। (१ कोरिन्थी १३:४-७) मानिसहरूसित व्यवहार गर्दा परमेश्‍वरको निर्देशन पालन गर्नु पनि यो आज्ञामा समावेश छ।—मत्ति ७:१२; २२:३९, ४० पढ्‌नुहोस्‌।

४. परमेश्‍वरका नियमहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?

आनन्दित परिवार

बाइबलका नियमहरूले परिवारका सदस्यहरूले आपसमा प्रेम गर्नुपर्छ भनेर सिकाउँछ। (कलस्सी ३:१२-१४) वैवाहिक सम्बन्ध स्थायी हुनै पर्छ भनेर परमेश्‍वरको वचन सिकाउँछ। यो आधारभूत सत्य परिवारको लागि सुरक्षा हो।—उत्पत्ति २:२४ पढ्‌नुहोस्‌।

बाइबलको शिक्षाअनुसार चल्दा हामी भौतिक र भावनात्मक तवरमा सुरक्षा पाउँछौँ। उदाहरणको लागि, मालिकहरू त्यस्ता कामदारहरूलाई काम दिन रुचाउँछन्‌, जो इमानदार र लगनशील हुनुपर्छ भनेर बाइबलले सिकाएअनुसार चल्छन्‌। (हितोपदेश १०:४, २६; हिब्रू १३:१८) परमेश्‍वरको वचनले हामीलाई आफ्ना आवश्‍यकताहरू पूरा भएका छन्‌ भने त्यसमै सन्तुष्ट हुन र भौतिक कुरालाई भन्दा परमेश्‍वरसितको मित्रतालाई महत्त्व दिन पनि सिकाउँछ।—मत्ति ६:२४, २५, ३३; १ तिमोथि ६:८-१० पढ्‌नुहोस्‌।

परमेश्‍वरका नियमहरू पालन गर्दा हाम्रो स्वास्थ्यमा पनि लाभ पुग्छ। (हितोपदेश १४:३०; २२:२४, २५) उदाहरणको लागि, धेरै रक्सी नपिउनू भन्‍ने बाइबलको नियम पालन गर्दा ज्यानै लिने रोग र दुर्घटनाबाट हामी जोगिन्छौँ। (हितोपदेश २३:२०) यहोवाले हामीलाई ठिक्क मात्रामा रक्सी पिउने अनुमति दिनुभएको छ। (भजन १०४:१५; १ कोरिन्थी ६:१०) परमेश्‍वरका नियमहरूले हाम्रा कामहरूलाई मात्र होइन, हाम्रो विचारलाई पनि नियन्त्रणमा राख्न सिकाउँछ। (भजन ११९:९७-१००) तर साँचो ख्रिष्टियनहरूले आफ्नो फाइदा हुने भएकोले मात्र परमेश्‍वरको स्तर पालन गरेका होइनन्‌। यहोवा परमेश्‍वरको आदर गर्न तिनीहरू उहाँको स्तर पालन गर्छन्‌।—मत्ति ५:१४-१६ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय १२ र १३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने