प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ १ पृ. ४-५
  • हामीले थाह पाउनुपर्ने पवित्र रहस्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले थाह पाउनुपर्ने पवित्र रहस्य
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१८
  • मसीहीहरूले गोप्य राख्नै नहुने कुरा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • एउटा पवित्र रहस्य खोलिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ १ पृ. ४-५
येशूले परमेश्‍वरको राज्यबारे मानिसहरूलाई बताउँदा स्वर्गदूतहरू सुन्दै छन्‌

पाठ १

हामीले थाह पाउनुपर्ने पवित्र रहस्य

रहस्य भनेको के हो, तिमीलाई थाह छ?—a रहस्य भनेको कसैलाई पनि थाह नभएको गोप्य कुरा हो। तिमीलाई कसैले गोप्य कुरा भनेको छ?— बाइबलमा एउटा अचम्मलाग्दो गोप्य कुरा लेखिएको छ। त्यसलाई “पवित्र रहस्य” भनिन्छ। त्यो रहस्यलाई किन पवित्र भनेको थाह छ? किनभने त्यो रहस्य सुरुमा परमेश्‍वरलाई मात्र थाह थियो। कुनै पनि मान्छेलाई त्यो रहस्यबारे थाह थिएन। स्वर्गदूतहरूसमेत त्यो रहस्यबारे धेरै कुरा थाह पाउन चाहन्थे। तिमी पनि थाह पाउन चाहन्छौ कि?—

स्वर्गदूतहरू के कुरा थाह पाउन खोज्दै छन्‌?

धेरै वर्षअघिको कुरा हो। परमेश्‍वरले पहिलो लोग्नेमान्छे र पहिलो स्वास्नीमान्छे बनाउनुभयो। तिनीहरूको नाम आदम र हव्वा थियो। परमेश्‍वरले तिनीहरूलाई असाध्यै राम्रो बगैंचामा राख्नुभयो। त्यो बगैंचाको नाम अदन थियो। परमेश्‍वरले आदम र हव्वालाई छोराछोरी जन्माउनू भन्‍नुभयो। अनि तिनीहरूसँगै मिलेर पृथ्वीभरि त्यस्तै बगैंचा बनाउनू भन्‍नुभयो। परमेश्‍वरको कुरा मानेको भए तिनीहरू र तिनीहरूका छोराछोरीहरू रमाइलो बगैंचामा सधैंभरि बस्न सक्थे। तर आदम र हव्वाले के गरे तिमीलाई थाह छ?—

आदम र हव्वाले परमेश्‍वरको कुरा मानेनन्‌। त्यही भएर तिनीहरू अदनको रमाइलो बगैंचामा बसिरहन पाएनन्‌। तिनीहरूले गर्दा नै यो पृथ्वी पनि अदनको बगैंचाजस्तो राम्रो हुन पाएन। तर परमेश्‍वरले पृथ्वीलाई फेरि अदनको बगैंचाजस्तै राम्रो बनाउँछु भन्‍नुभएको छ। त्यसपछि मान्छेहरू कहिल्यै मर्ने छैनन्‌; तिनीहरू सधैंभरि खुसी हुनेछन्‌। परमेश्‍वरले पृथ्वीलाई कसरी अदनको बगैंचाजस्तै राम्रो बनाउनुहुनेछ? धेरै वर्षसम्म त्यो कुरा कसैलाई पनि थाह थिएन। त्यो एउटा रहस्य थियो।

तर येशू यस पृथ्वीमा आउनुभएपछि उहाँले त्यो पवित्र रहस्यबारे धेरै कुरा सिकाउनुभयो। उहाँले त्यो पवित्र रहस्य परमेश्‍वरको राज्य हो भनेर बताउनुभयो। हामीले त्यो राज्य आओस्‌ भनेर प्रार्थना गर्नुपर्छ भनेर पनि उहाँले सिकाउनुभयो। परमेश्‍वरको राज्यले नै यो पृथ्वीलाई अदनको बगैंचाजस्तै राम्रो बनाउनेछ।

यो रहस्य थाह पाएर तिमीलाई कस्तो लाग्यो?— तर नबिर्स है, त्यो रमाइलो बगैंचामा बस्न यहोवाको कुरा मान्‍नुपर्छ। तिमीलाई यहोवाको कुरा मान्‍ने मान्छे मन पर्छ?— यहोवाको कुरा मान्‍ने थुप्रै मान्छेहरूको कथा बाइबलमा लेखिएको छ। अब हामी केही मान्छेहरूको कथा पढौं है त! अनि कसरी तिनीहरूजस्तै हुने, त्यो पनि सिकौं ल।

बाइबल खोलेर पढ

  • मर्कूस ४:११

  • १ पत्रुस १:१२

  • उत्पत्ति १:२६-२८; २:८, ९; ३:६, २३

  • मत्ती ६:९, १०

  • भजन ३७:११, २९

a यस पुस्तिकामा भएका कुनै-कुनै प्रश्‍नहरूसँगै तपाईंले एउटा धर्सो (—) देख्नुहुनेछ। यस्तो धर्सो भएको प्रश्‍न पढेपछि एकछिन रोकिनुहोस्‌ अनि केटाकेटीलाई जवाफ दिन लगाउनुहोस्‌।

प्रश्‍न:

  • अहिले पृथ्वी किन अदनको बगैंचाजस्तो रमाइलो छैन?

  • येशूले पवित्र रहस्य भनेको के हो भनेर बताउनुभयो?

  • हामीले के भनेर प्रार्थना गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो?

  • पृथ्वी अदनको बगैंचाजस्तै भएपछि त्यहाँ बस्न तिमीले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने