प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ १० पृ. २२-२३
  • ज्ञानी मान्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्ञानी मान्छे
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • ‘यिनी मेरो छोरा हुन्‌’
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु बाह्र वर्षको हुनुहुँदा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ १० पृ. २२-२३
यूसुफ र मरियमले सानो केटो येशूलाई मन्दिरमा भेट्‌छन्‌

पाठ १०

ज्ञानी मान्छे

ममी-बाबाले भनेको कुरा मान्‍न गाह्रो छ कि सजिलो?— कहिलेकाहीं गाह्रो हुन्छ। तर येशू सधैं यहोवा परमेश्‍वर र बुबाआमाको कुरा मान्‍नुहुन्थ्यो। यो कुरा तिमीलाई थाह थियो?— गाह्रो हुँदा पनि ममी-बाबाको कुरा सुन्‍नुपर्छ भनेर येशूको कथाबाट सिक्न सक्छौं। अब हामी उहाँको कथा पढौं है त!

पृथ्वीमा आउनुअघि येशू आफ्नो बुबा यहोवासितै स्वर्गमा बस्नुहुन्थ्यो। तर पृथ्वीमा पनि येशूको बुबाआमा हुनुहुन्थ्यो। उहाँको बुबाआमाको नाम यूसुफ र मरियम थियो। तिनीहरू कसरी येशूको बुबाआमा बने, तिमीलाई थाह छ?—

येशू यो पृथ्वीमा जन्मेको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो। त्यसैले उहाँले स्वर्गमा भएको येशूलाई अचम्मलाग्दो तरिकाले मरियमको पेटभित्र राखिदिनुभयो। कस्तो चमत्कार हगि! येशू मरियमको पेटभित्र बढ्‌दै जानुहुन्छ। नौ महिनापछि येशू जन्मनुहुन्छ। यसरी मरियम र यूसुफ येशूको बुबाआमा बन्छन्‌।

येशू आफ्नो बुबा यहोवालाई धेरै माया गर्नुहुन्छ। उहाँ १२ वर्षको छँदा पनि उहाँले यहोवालाई धेरै माया गर्नुहुन्छ भनेर देखियो। कसरी? एक चोटिको कुरा हो, येशू आफ्नो बुबाआमासँगै यरूशलेम जानुहुन्छ। त्यो ठाउँ धेरै टाढा थियो। उहाँहरू निस्तार-चाड मनाउन त्यहाँ जानुभएको थियो। त्यो चाड मनाएर घर फर्कंदै गर्दा यूसुफ र मरियमले येशूलाई खोज्छन्‌। तर भेट्टाउँदैनन्‌। तिमीलाई थाह छ, येशू कहाँ हुनुहुन्थ्यो?—

येशू किन मन्दिरमा हुनुहुन्छ?

यूसुफ र मरियम येशूलाई खोज्दै-खोज्दै यरूशलेम पुग्छन्‌। तिनीहरूले येशूलाई सबै ठाउँमा खोज्छन्‌। तर भेट्टाउँदैनन्‌। तिनीहरू धेरै दुःखी हुन्छन्‌। तर तीन दिनपछि तिनीहरूले येशूलाई मन्दिरमा भेट्टाउँछन्‌। येशू किन मन्दिरमा हुनुहुन्थ्यो?— किनभने मन्दिरमा यहोवा परमेश्‍वरको कुरा सिक्न पाइन्थ्यो। येशू यहोवालाई धेरै माया गर्नुहुन्थ्यो अनि उहाँको कुरा सिक्न चाहनुहुन्थ्यो। ठूलो भइसकेपछि पनि येशूले यहोवाको कुरा मान्‍नुभयो। धेरै गाह्रो भएको बेलामा पनि उहाँले यहोवाको कुरा सुन्‍नुभयो। येशूले यूसुफ र मरियमको कुरा पनि मान्‍नुभयो कि भएन?— उहाँले मान्‍नुभयो भनेर बाइबलमा लेखिएको छ।

येशूको कथा पढेर तिमीले के सिक्यौ?— हो, गाह्रो बेलामा पनि ममी-बाबाको कुरा सुन्‍नुपर्छ। तिमी पनि ममी-बाबाको कुरा सुन्छौ त?—

बाइबल खोलेर पढ

  • लूका १:३०-३५; २:४५-५२

  • एफिसी ६:१

  • हिब्रू ५:८

प्रश्‍न:

  • येशू कसरी जन्मनुभयो?

  • यूसुफ र मरियमले येशूलाई कहाँ भेट्टाउँछन्‌?

  • येशूको कथा पढेर तिमीले के सिक्यौ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने