प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ६ पृ. १८-२१
  • बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू
  • २ वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌
  • ३ बच्चालाई सिकाउनुहोस्‌
  • बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बच्चाहरूको आवश्‍यकता र चाहना
    ब्यूँझनुहोस्‌!—२००४
  • हार्दिक अनुरोध
    ब्यूँझनुहोस्‌!—१९९७
  • बच्चाहरूको आवश्‍यकता प्रबन्ध गर्ने
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ६ पृ. १८-२१
नर्सले भर्खरै जन्मेको बच्चा आमाबुबालाई दिंदै

अध्याय ६

बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू

“छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌।”—भजन १२७:३

बच्चा जन्मनु आमाबाबुको लागि एकातिर खुसी कुरा हो भने अर्कोतिर ‘के गरौं कसो गरौं’ भनेर अतालिने समय पनि हो। पहिलो चोटि आमा अथवा बुबा भएपछि बच्चाको स्याहारसुसार गर्नमा कति धेरै समय र शक्‍ति खर्च हुने रहेछ भनेर तपाईंले सोच्नु पनि भएको थिएन होला। बच्चा जन्मेपछि आमाको मुड छिनछिनमा परिवर्तन हुन सक्छ। साथै आमाबाबु दुवै राम्ररी सुत्न पनि पाउँदैनन्‌। यसले गर्दा वैवाहिक जीवनमा तनाव उत्पन्‍न हुन पुग्छ। तपाईं र तपाईंको जीवनसाथीले बच्चाको हेरविचार गर्न र आपसी सम्बन्धलाई पनि न्यानो बनाइराख्न केही छाँटकाँट त गर्नै पर्छ। वैवाहिक जीवनमा आइपर्ने यस्ता समस्याहरूको समाधान गर्न तपाईंलाई बाइबलको सल्लाहले मदत गर्नेछ। कसरी?

१ बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू

बाइबल के भन्छ? “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले . . . आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन।” (१ कोरिन्थी १३:४, ५) बच्चा जन्मेपछि आमाको सम्पूर्ण ध्यान आफसेआफ बच्चामा जान्छ। तर यसले गर्दा तपाईंको श्रीमान्‌लाई तपाईंले कुनै वास्ता नगरेको जस्तो लाग्न सक्छ। त्यसैले बिर्सन नहुने कुरा, श्रीमान्‌लाई पनि तपाईंले आफ्नो समय र ध्यान दिनुपर्छ। धीरजी र दयालु हुनुहोस्‌। आफूलाई अनि बच्चालाई श्रीमान्‌को आवश्‍यकता छ भनेर देखाउनुहोस्‌।

बुबाले बच्चालाई खुवाउँदै र राती बच्चाको हेरविचार गर्दै

“हे पतिहरू हो, आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरहो।” (१ पत्रुस ३:७) श्रीमतीले बच्चाको हेरविचार गर्नमै धेरै समय र शक्‍ति लगाउँदा झिजो नमान्‍नुहोस्‌। तीनथुप्रो काम गर्नुपर्ने भएकोले तिनलाई तनाव हुन सक्छ, थकाइ लाग्न सक्छ अथवा निराशाले समेत छोप्न सक्छ। कहिलेकाहीं तिनी तपाईंसित रिसाउन पनि सक्छिन्‌। त्यसबेला शान्त रहने कोसिस गर्नुहोस्‌ किनभने बाइबल यसो भन्छ, “झगडालु हुनुभन्दा रीसमा धीमा हुनु असल हो।” (हितोपदेश १६:३२) तिनको परिस्थिति बुझेर तिनलाई चाहिएको मदत दिनुहोस्‌।—हितोपदेश १४:२९.

यसो गरेर हेर्नुहोस्‌:

  • बुबाहरू: बच्चाको हेरविचार गर्न श्रीमतीलाई मदत गर्नुहोस्‌। यसको लागि राती नै उठ्‌नुपर्ने पनि हुन सक्छ। श्रीमती र बच्चासित धेरै समय बिताउन अरू कामकुरामा थोरै समय बिताउनुहोस्‌।

  • आमाहरू: बच्चाको हेरविचार गर्न श्रीमान्‌ले केही मदत गर्न चाहन्छन्‌ भने ‘पर्दैन’ नभन्‍नुहोस्‌। तिनले कामकुरा ढङ्‌ग नपुऱ्‍याई गरे भने ‘यसरी होइन’ भनेर कचकच नगर्नुहोस्‌। बरु कसरी गर्ने भनेर मायालुपूर्वक सिकाउनुहोस्‌।

२ वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌

बाइबल के भन्छ? “तिनीहरू एउटै जीउ हुन्छन्‌।” (उत्पत्ति २:२४) दाम्पत्य जीवनमा बच्चाको आगमन भए तापनि तपाईंहरू “एउटै जीउ” हुनुहुन्छ भनेर नबिर्सनुहोस्‌। भनाइको अर्थ तपाईंहरूको वैवाहिक सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण छ। त्यसैले यसलाई बलियो बनाइराख्न यथाशक्य कोसिस गर्नुहोस्‌।

श्रीमतीहरू हो, श्रीमान्‌ले मदत गर्दा त्यसको कदर गर्नुहोस्‌। आफ्नो बोली-व्यवहारबाट धन्यवादी भएको देखाउँदा त्यसले चोट पुगेको मनलाई “निको” पार्छ। (हितोपदेश १२:१८) श्रीमान्‌हरू हो, तपाईं श्रीमतीलाई कत्ति माया गर्नुहुन्छ अनि कत्ति महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर तिनलाई बताउनुहोस्‌। तिनले परिवारको लागि गरिरहेको मेहनतको तारिफ गर्नुहोस्‌।—हितोपदेश ३१:१०, २८.

“हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।” (१ कोरिन्थी १०:२४) सधैं जीवनसाथीको हित हुने कुरा गर्नुहोस्‌। एकअर्कासित कुरा गर्न, प्रशंसा गर्न र एकअर्काको कुरा सुन्‍न पर्याप्त समय निकाल्नुहोस्‌। आफ्नो मात्र यौन इच्छा पूरा गर्न नखोज्नुहोस्‌। जीवनसाथीको आवश्‍यकतालाई पनि ध्यान दिनुहोस्‌। बाइबल भन्छ, ‘तिमीहरू एक-अर्कालाई यस हकबाट वञ्चित नगर। त्यसो गर्नु परे तापनि आपसी समझदारीमा मात्र गर।’ (१ कोरिन्थी ७:३-५) त्यसैले यौनको विषयमा केही कुरा छ भने एकअर्कासित खुलेर कुराकानी गर्नुहोस्‌। तपाईं आत्मसंयमी हुनुभयो र जीवनसाथीको आवश्‍यकतालाई बुझ्नुभयो भने वैवाहिक सम्बन्ध बलियो हुनेछ।

बच्चा सुतेको बेला श्रीमान्‌-श्रीमती कुराकानी गर्दै

यसो गरेर हेर्नुहोस्‌:

  • बच्चालाई मात्र धेरै समय दिने नगर्नुहोस्‌, श्रीमान्‌/श्रीमतीको लागि पनि समय निकाल्नुहोस्‌।

  • स-सानो कुरा गरेर जीवनसाथीलाई माया गरेको देखाउनुहोस्‌। जस्तै: मेसेज गर्ने, उपहार दिने।

३ बच्चालाई सिकाउनुहोस्‌

आमाले बच्चालाई पढेर सुनाउँदै

बाइबल के भन्छ? “तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू पनि थाह छ, जसबाट हासिल हुने बुद्धिले . . . तिम्रो उद्धार गर्नेछ।” (२ तिमोथी ३:१५) हो, येशूका चेला तिमोथीलाई सानैदेखि बाइबलको शिक्षा सिकाइएको थियो। तपाईं पनि आफ्नो बच्चालाई के सिकाउने भनेर पहिल्यै योजना बनाउन सक्नुहुन्छ। सानो बच्चाको सिक्ने क्षमता अचम्मको हुन्छ। गर्भमा रहेको बच्चाले समेत आमा र बुबाको आवाज चिन्‍न सक्छ। आमा खुसी भएको, दुःखी भएको अनि रिसाएको थाह पाउन सक्छ। त्यसैले बच्चालाई सानैदेखि पढेर सुनाउने गर्नुहोस्‌। हुन त पढेर सुनाएको कुरा उसले केही नबुझ्ला तर पछि ठूलो हुँदै जाँदा उसलाई पढाइमा मन लाग्नेछ।

सानो बच्चाले पनि परमेश्‍वरको कुरा सिक्न सक्छ। प्रार्थना गर्दा बच्चाले पनि सुन्‍नेगरि गर्नुहोस्‌। (व्यवस्था ११:१९) बच्चासँगै खेल्दा परमेश्‍वरले के-के बनाउनुभयो, बताउनुहोस्‌। (भजन ७८:३, ४) यसो गर्नुभयो भने तपाईं यहोवालाई कति माया गर्नुहुन्छ भनेर उसले बुझ्नेछ र यहोवालाई माया गर्न थाल्नेछ।

यसो गरेर हेर्नुहोस्‌:

  • बच्चालाई राम्ररी सिकाउन सकूँ भनेर यहोवासित बुद्धि माग्नुहोस्‌।

  • कुनै कुरा सिकाउँदा मुख्य शब्दलाई दोहोऱ्‍याउनुहोस्‌। यसो गर्दा बच्चाले छिटो सिक्नेछ।

बच्चाले दाम्पत्य जीवनमा खुसी ल्याउँछ

समय बित्दै जाँदा तपाईंलाई बच्चाको स्याहार-सुसार गर्न सजिलो लाग्नेछ। बच्चा हुर्काउँदै जाँदा तपाईं पहिलेभन्दा अझै मायालु, धीरजी अनि दयालु हुनुहुनेछ। बच्चा हुर्काउन एकअर्कालाई साथ दिनुभयो भने तपाईंहरूको सम्बन्ध बलियो हुनेछ। अनि भजन १२७:३ का शब्दहरू आफैले अनुभव गर्नुहुनेछ, “गर्भको फलचाहिं उहाँको इनाम हो।”

आफैलाई सोध्नुहोस्‌ . . .

  • गत हप्ता मेरो श्रीमान्‌/श्रीमतीले परिवारको लागि गरेको कामको लागि धन्यवाद दिन मैले के गरें?

  • मैले श्रीमान्‌/श्रीमतीसित आपसी सम्बन्धबारे कुरा नगरी बच्चाको विषयमा मात्र कुरा गरेको धेरै समय भयो कि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने