प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ९ पृ. २९-३१
  • सपरिवार यहोवा परमेश्‍वरको उपासना गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सपरिवार यहोवा परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ यहोवालाई घनिष्ठ मित्र बनाउनुहोस्‌
  • २ पारिवारिक उपासनालाई रमाइलो बनाउनुहोस्‌a
  • परिवारहरूका लागि मदत
    हाम्रो राज्य सेवा—२०११
  • पारिवारिक उपासना भनेको के हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • पारिवारिक उपासना​—⁠यसलाई अझ रमाइलो बनाउन सक्नुहुन्छ कि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ९ पृ. २९-३१
पतिपत्नी सँगै मिलेर बाइबल पढ्‌दै

अध्याय ९

सपरिवार यहोवा परमेश्‍वरको उपासना गर्नुहोस्‌

‘आकाश र पृथ्वी बनाउनुहुनेको उपासना गर।’—प्रकाश १४:७

परिवारलाई सुखी बनाउने थुप्रै सल्लाह बाइबलमा छ भनेर तपाईंले यस पुस्तिकाबाट थाह पाउनुभयो। यहोवा तपाईं खुसी भएको चाहनुहुन्छ। उहाँको उपासनालाई अरू कुराभन्दा महत्त्वपूर्ण ठान्‍नुभयो भने उहाँले तपाईंको सबै आवश्‍यकता पूरा गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको छ। (मत्ती ६:३३) उहाँ तपाईंलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ। उहाँसितको मित्रतालाई बलियो बनाउने कुनै पनि मौका खेर नफाल्नुहोस्‌। उहाँलाई साथी बनाउन पाउनु सबैभन्दा ठूलो सुअवसर हो।—मत्ती २२:३७, ३८.

१ यहोवालाई घनिष्ठ मित्र बनाउनुहोस्‌

पतिपत्नी सँगै प्रचारमा

बाइबल के भन्छ? ‘यहोवा भन्‍नुहुन्छ: “म तिमीहरूको बुबा हुनेछु र तिमीहरू मेरा छोरा र छोरीहरू हुनेछौ।”’ (२ कोरिन्थी ६:१८) परमेश्‍वर तपाईंलाई आफ्नो मिल्ने साथी बनाउन चाहनुहुन्छ। साथी बनाउने एउटा तरिका कुराकानी गर्नु हो। उहाँ तपाईंलाई यस्तो आग्रह गर्नुहुन्छ, “निरन्तर प्रार्थना गर।” (१ थिस्सलोनिकी ५:१७) किनकि उहाँ तपाईंको भावना अनि पीर-व्यथा सुन्‍न सधैं तयार हुनुहुन्छ। (फिलिप्पी ४:६) परिवारसँगै मिलेर प्रार्थना गर्नुहोस्‌। यसो गर्दा श्रीमती अनि छोराछोरीले तपाईंको लागि परमेश्‍वर कति वास्तविक हुनुहुन्छ भनेर देख्नेछन्‌।

परमेश्‍वरसित कुरा गर्नुका साथै उहाँको कुरा सुन्‍नु पनि महत्त्वपूर्ण छ। यसो गर्ने एउटा तरिका उहाँको वचन बाइबल अनि बाइबलआधारित प्रकाशन पढ्‌नु हो। (भजन १:१, २) साथै आफूले पढेको कुरामा मनन गर्नु पनि आवश्‍यक छ। (भजन ७७:११, १२) अनि यहोवाका साक्षीहरूको सभाहरूमा गएर पनि परमेश्‍वरको कुरा सुन्‍न सक्नुहुन्छ।—भजन १२२:१-४.

यहोवालाई घनिष्ठ मित्र बनाउने अर्को तरिका उहाँबारे अरूसित कुरा गर्नु हो। तपाईं जति धेरै यसो गर्नुहुन्छ, त्यति नै उहाँसित घनिष्ठ हुनुहुनेछ।—मत्ती २८:१९, २०.

यसो गरेर हेर्नुहोस्‌:

  • हरेक दिन बाइबल पढ्‌न अनि प्रार्थना गर्न समय छुट्ट्याउनुहोस्‌।

  • परिवारै मिलेर परमेश्‍वरसितको सम्बन्धलाई बलियो बनाउने कामकुरालाई पहिलो स्थान दिनुहोस्‌। मनोरञ्जनसम्बन्धी गतिविधिलाई दोस्रो स्थान दिनुहोस्‌।

२ पारिवारिक उपासनालाई रमाइलो बनाउनुहोस्‌a

बुबा पारिवारिक अध्ययनको लागि तयारी गर्दै र पछि पारिवारिक उपासना गर्दै

बाइबल के भन्छ? “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकूब ४:८) उहाँसित नजिक हुने एउटा तरिका पारिवारिक उपासना गर्नु हो। पारिवारिक उपासनामा के-कस्तो विषय छलफल गर्ने भनेर तालिका बनाउनुहोस्‌ र त्यसैअनुसार गर्ने कोसिस गर्नुहोस्‌। (उत्पत्ति १८:१९) साथै परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनु पनि महत्त्वपूर्ण छ। परिवारलाई परमेश्‍वरसित घनिष्ठ बनाउन “घरमा बस्ता, बाटोमा हिंड्‌दा, ढल्केर बस्ता र उठ्‌दा” उहाँबारे कुरा गर्नुहोस्‌। (व्यवस्था ६:६, ७) यहोशूजस्तै हुने लक्ष्य राख्नुहोस्‌, जसले यसो भने, “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहोशू २४:१५.

यसो गरेर हेर्नुहोस्‌:

  • नियमित रूपमा अनि व्यवस्थित ढङ्‌गमा सपरिवार अध्ययन गर्नुहोस्‌। प्रत्येक सदस्यको आवश्‍यकतालाई ध्यानमा राख्दै अध्ययनको विषय रोज्नुहोस्‌।

आमाले सानो छोरालाई पढेर सुनाउँदै; परिवारका सबै जना बाइबलको विवरणको नाटक गर्दै; बुबा छोरीलाई अध्ययन गराउँदै

[फुटनोट]

a यहोवाका साक्षीहरू सपरिवार परमेश्‍वरको उपासना गर्न हरेक हप्ता केही समय छुट्ट्याउँछन्‌। यसरी भेला हुँदा तिनीहरू बाइबलका विभिन्‍न विषयमा छलफल गर्छन्‌।

यहोवाका आनन्दित सेवकहरू

यहोवा परमेश्‍वरको उपासना गर्नुजस्तो महत्त्वपूर्ण कुरा अरू कुनै छैन। तपाईं र तपाईंको परिवारले मनैदेखि उहाँको सेवा गरेको देख्दा उहाँलाई खुसी लाग्छ। यसरी सेवा गर्दा यहोवाप्रतिको तपाईंको प्रेम अझै बढ्‌नेछ र उहाँका गुणहरू अनुकरण गर्न पनि उत्प्रेरित हुनुहुनेछ। (मर्कूस १२:३०; एफिसी ५:१) परमेश्‍वरलाई खुसी पार्ने तरिकामा जीवन बिताउनुभयो भने तपाईंहरूको सम्बन्ध तीन सुताले बाटिएको डोरीझैं बलियो हुनेछ। (उपदेशक ४:१२; यशैया ४८:१७) अनि “परमेश्‍वरले आशिष्‌ दिनुभएको छ” भनेर थाह पाउँदा तपाईं र तपाईंको परिवार सधैंभरि सुखी हुनेछ।—व्यवस्था १२:७.

आफैलाई सोध्नुहोस्‌ . . .

  • हामी सँगै बसेर यहोवालाई प्रार्थना नगरेको धेरै भयो कि?

  • यहोवाप्रतिको विश्‍वास बलियो बनाउन परिवारसित कुन विषयमा अध्ययन गर्नुपर्ला?

परिवारको शिरले याद गर्नुपर्ने कुरा:

  • पारिवारिक उपासनामा कुनै कुराले बाधा पुऱ्‍याउन नदिनुहोस्‌।

  • पारिवारिक उपासना गर्नुअघि नै के विषयमा छलफल गर्ने हो, परिवारलाई थाह दिनुहोस्‌। यसो गर्दा तिनीहरूले पहिल्यै तयारी गर्न सक्नेछन्‌।

  • परिवारका सबै सदस्यलाई उपस्थित गराउन सक्दो कोसिस गर्नुहोस्‌।

  • अध्ययनलाई रमाइलो बनाउन शान्तिमय वातावरण बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने