प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. १ पृ. १०-पृ. ११ अनु. ८
  • परमेश्‍वरबाट आएको दुइटा सन्देश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरबाट आएको दुइटा सन्देश
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गबाट आएका समाचारहरू
    सबैभन्दा महान्‌ पुरुष
  • इलिसिबा एउटा बच्चा जन्माउँछिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बाटो तयार पार्ने जन्मिन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • एउटा स्वर्गदूत मरियमलाई भेट्‌न आउँछन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. १ पृ. १०-पृ. ११ अनु. ८
गब्रिएल जकरियाकहाँ देखा पर्छन्‌; गर्भवती इलिसिबा

अध्याय १

परमेश्‍वरबाट आएको दुइटा सन्देश

लुका १:५-३३

  • गब्रिएल स्वर्गदूत बप्तिस्मा गराउने युहन्‍नाको जन्मबारे भविष्यवाणी गर्छन्‌

  • गब्रिएल येसुको जन्मबारे मरियमलाई बताउँछन्‌

वास्तवमा सम्पूर्ण बाइबल नै परमेश्‍वरबाट आएको सन्देश हो। हाम्रा स्वर्गमा बस्नुहुने बुबाले हामीलाई शिक्षा दिन बाइबल दिनुभएको छ। तर अब लगभग २ हजार वर्षअघि परमेश्‍वरबाट आएको दुइटा विशेष सन्देशलाई विचार गरौँ। यी सन्देशहरू “परमेश्‍वरसामु हाजिर भइरहने” गब्रिएल नाम गरेको स्वर्गदूतले सुनाएका थिए। (लुका १:१९) ती स्वर्गदूतले यी महत्त्वपूर्ण सन्देशहरू कस्तो अवस्थामा सुनाएका थिए?

कुरा ईसापूर्व ३ तिरको हो, गब्रिएल स्वर्गदूत जकरिया नाम गरेको यहोवाका एक जना पुजारीलाई आफ्नो पहिलो सन्देश सुनाउँछन्‌। जकरिया यहुदियाको पहाडी इलाकामा, सायद यरुसलेमको नजिकै बस्छन्‌। तिनी र तिनकी पत्नी इलिसिबाको उमेर ढल्किसकेको छ र तिनीहरूको कुनै सन्तान छैन। जकरिया यरुसलेममा भएको परमेश्‍वरको मन्दिरमा आफ्नो पालोमा पुजारीको काम गरिरहेका छन्‌। तिनी मन्दिरमै भएको बेला गब्रिएल अचानक धूप चढाउने वेदीनजिकै देखा पर्छन्‌।

स्वर्गदूतलाई देखेर जकरिया असाध्यै डराउँछन्‌। तर स्वर्गदूत तिनलाई शान्त पार्दै यसो भन्छन्‌: “नडराऊ जकरिया, किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलिसिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन्‌ अनि तिमीले उसको नाम युहन्‍ना राख्नू।” ऊ “यहोवा परमेश्‍वरको नजरमा महान्‌ हुनेछ” अनि उसले “यहोवा परमेश्‍वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ” भनेर पनि गब्रिएल बताउँछन्‌।—लुका १:१३-१७.

जकरिया इसारा गरेर कुरा गर्छन्‌

तर जकरियालाई त्यो कुरा पत्याउनै गाह्रो लाग्छ। किन? किनभने तिनको र इलिसिबाको उमेर ढल्किसकेको छ। गब्रिएल तिनलाई यसो भन्छन्‌: “यी कुरा पूरा नहोउन्जेल तिमी गुँगो हुनेछौ र बोल्न सक्नेछैनौ किनकि मैले भनेको कुरा तिमीले पत्याएनौ।”—लुका १:२०.

मन्दिरबाहिर भएका मानिसहरू भने जकरियाले मन्दिरबाट निस्कन निकै ढिलो गरेकोमा अचम्म मानिरहेका छन्‌। तिनी बाहिर निस्कँदा त बोल्नै सक्दैनन्‌। तिनी इसारा गरेर मात्र कुरा गर्न सक्छन्‌। मन्दिरभित्र तिनले पक्कै पनि कुनै अलौकिक घटना देखेको हुनुपर्छ।

मन्दिरमा सेवा गर्ने पालो सिद्धिएपछि जकरिया आफ्नो घर फर्कन्छन्‌। केही समयपछि इलिसिबा गर्भवती हुन्छिन्‌! बच्चा जन्मने समयको प्रतीक्षा गर्दै उनी पाँच महिनासम्म घरमै बस्छिन्‌।

गब्रिएल मरियमकहाँ देखा पर्छन्‌

गब्रिएल फेरि दोस्रो चोटि देखा पर्छन्‌। कसकहाँ? मरियम नाम गरेकी कन्याकहाँ। तिनी यरुसलेमको उत्तरतिर पर्ने गालिलको नासरत भन्‍ने सहरमा बस्छिन्‌। ती स्वर्गदूत तिनलाई यसो भन्छन्‌: “तिमीले परमेश्‍वरको निगाह पाएकी छ्यौ।” गब्रिएल अझै यसो भन्छन्‌: “हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ अनि तिमीले उहाँको नाम येसु राख्नू।” उनी यसो पनि भन्छन्‌: “उहाँ महान्‌ हुनुहुनेछ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ अनि . . . उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”—लुका १:३०-३३.

यी दुइटा सन्देश सुनाउन पाएकोमा गब्रिएलले कत्ति गर्व महसुस गरे होलान्‌! युहन्‍ना र येसुको विषयमा अझ धेरै कुरा सिक्दै जाँदा स्वर्गबाट आएको यी दुइटा सन्देश साँच्चै कत्ति महत्त्वपूर्ण रहेछ भनेर थाह पाउनेछौँ।

  • स्वर्गबाट आएको दुइटा महत्त्वपूर्ण सन्देश कसले सुनाउँछन्‌?

  • यी दुइटा सन्देश क-कसलाई सुनाइन्छ?

  • स्वर्गबाट आएका यी सन्देशहरू पत्याउन गाह्रो हुनुको कारण के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने