प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq प्रश्‍न ९ पृ. २७-२९
  • मैले क्रमविकासमा विश्‍वास गर्नु ठीक हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले क्रमविकासमा विश्‍वास गर्नु ठीक हो?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने?
    ब्यूँझनुहोस्‌!—२००६
  • विकासवादी सिद्धान्त पुर्पक्षमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq प्रश्‍न ९ पृ. २७-२९
जवान केटाकेटीहरू कक्षामा भएको खोपडी हेर्दै छन्‌

प्रश्‍न ९

मैले क्रमविकासमा विश्‍वास गर्नु ठीक हो?

यसबारे किन चासो राख्नुपर्छ?

क्रमविकासको शिक्षा साँचो हो भने हाम्रो जीवनको कुनै उद्देश्‍य हुँदैन। तर सृष्टिको कुरा साँचो हो भने हामीले आफ्नो जीवन र भविष्यबारे महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउन सक्छौं।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: बिक्की अन्योलमा परेको छ। ईश्‍वरले नै सबथोक सृष्टि गर्नुभएको हो भन्‍ने कुरामा ऊ विश्‍वास गर्छ। तर आज उसको शिक्षकले क्रमविकास नै सही हो र यो वैज्ञानिक अनुसन्धानमा आधारित छ भनेर दाबी गर्नुभयो। बिक्की अरूको अगाडि मूर्ख देखिन चाहँदैन। ऊ यसो भन्छ, ‘वैज्ञानिकहरूले क्रमविकास साँचो हो भनेर पत्ता लगाइसके भने त्यसमा प्रश्‍न उठाउने म को हुँ र?’

तपाईं बिक्की हुनुभएको भए किताबमा क्रमविकास सही हो भनेर लेखिएको छ भन्दैमा यसलाई मानिहाल्नु हुन्थ्यो र?

एकछिन सोच्नुहोस्‌!

यस विषयमा विवाद गर्ने दुवै पक्षका मानिसहरू प्रायः आफू केमा विश्‍वास गर्छु भनेर त बताउँछन्‌ तर त्यसमा विश्‍वास गर्नुको कारण भने बताउन सक्दैनन्‌।

  • कोही-कोही मानिस धर्मले सृष्टिबारे सिकाएकोले यसमा विश्‍वास गर्छन्‌।

  • कोही-कोही मानिस भने स्कुलमा क्रमविकासबारे सिकेकोले यसमा विश्‍वास गर्छन्‌।

छ वटा प्रश्‍नहरू विचार गर्नुहोस्‌

बाइबल भन्छ: “हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ।” (हिब्रू ३:४) यो कुरामा कत्तिको विश्‍वास गर्न सकिन्छ?

घरलाई हेरिरहेको जवान केटो

जीवन सृष्टि गर्ने कोही छैन भनेर दाबी गर्नु भनेको यो घरको निर्माण गर्ने कोही छैन भन्‍नुजस्तै हो

दाबी: ब्रह्‍माण्डमा भएका सबै कुरा अन्तरिक्षमा भएको बिस्फोटले गर्दा आएको हो।

१. यो बिस्फोट कसले गऱ्‍यो र कसरी भयो?

२. कुन कुराचाहिं अर्थपूर्ण छ? सबै कुरा बिस्फोटले गर्दा आयो वा सबै कुरा कसैले बनायो?

दाबी: मानिसको विकास जनावरबाट भएको हो।

३. मानिसको विकास बाँदरबाट भएको हो भने मानिस र बाँदरको बौद्धिक क्षमताबीच किन यत्ति ठूलो अन्तर छ?

४. एक कोषीय जीवको बनौटसमेत किन एकदम जटिल छ?

दाबी: क्रमविकास प्रमाणित तथ्य हो।

५. यो कुरा दाबी गर्ने मान्छे आफैले के यसका प्रमाणहरू केलाएका छन्‌?

६. थुप्रै विद्धवान्‌ले क्रमविकासमा विश्‍वास गर्छन्‌ भनेर बताइएकोले मात्र त्यसमा विश्‍वास गर्नेहरू कति जना छन्‌?

“तपाईं जङ्‌गलको बाटो हुँदै जाँदा एउटा सुन्दर घर देख्नुभयो भने यस्तो सोच्नुहुन्छ कि? ‘आहा, कस्तो राम्रो! पक्कै पनि रूखहरू ठ्याक्क मिल्ने गरी खसेकोले यो घर बनेको हुनुपर्छ।’ तपाईं पक्कै यस्तो सोच्नुहुन्‍न नि! यसरी सोच्नु मुर्खता हो। उसोभए ब्रह्‍माण्डमा भएको सबै कुरा अन्तरिक्षमा भएको बिस्फोटले आएको हो भनेर हामी किन विश्‍वास गर्ने?”—जिना

“मानिलिनुहोस्‌ कसैले तपाईंलाई छापाखानामा विस्फोट भयो अनि सबै मसी भित्ताभरि छर्केर एउटा पूरै शब्दकोशका शब्दहरू भित्तामा लेखियो भनेर बतायो। के तपाईं यस्तो कुरा पत्याउनु हुन्थ्यो?”—ग्रिस्मा

ईश्‍वरमा किन विश्‍वास गर्ने?

बाइबल तपाईंलाई आफ्नो “सोचविचार गर्ने क्षमता” चलाउन प्रोत्साहन दिन्छ। (रोमी १२:१) यसको मतलब ईश्‍वरप्रति तपाईंको विश्‍वास यी कुराहरूको आधारमा मात्र हुनुहुँदैन:

  • भावना (कुनै सर्वोच्च शक्‍ति हुनैपर्छ भन्‍ने जस्तो मलाई लाग्छ)

  • अरूको प्रभाव (म धार्मिक समाजमा बस्छु)

  • दबाब (आमाबाबुले मलाई सिकाउनुभएकोले म ईश्‍वरमा विश्‍वास गर्छु—मसँग अरू छनौट थिएन)

बरु तपाईंले विश्‍वास गर्नुको चित्तबुझ्दो कारणहरू हुनुपर्छ।

“कक्षामा शिक्षकले हाम्रो शरीरले कसरी काम गर्छ भनेर बुझाउनुभएको सुन्दा ईश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का लाग्दैन। हाम्रो शरीरको हरेक अङ्‌गको आ-आफ्नै काम हुन्छ अनि हामीले चालै नपाई यी कामहरू भइरहेको हुन्छ। हाम्रो शरीर साँच्चै अद्‌भुत छ।”—त्रिजा

“अग्लो-अग्लो भवन, जहाज वा गाडी देख्दा म यस्तो विचार गर्छु ‘यो कसले बनाएको होला?’ उदाहरणको लागि, गाडी बनाउनको लागि बुद्धिमान्‌ मान्छेहरू चाहिन्छ। किनभने गाडि राम्ररी गुड्‌न स-साना पार्टपुर्जाले पनि ठीकसित काम गरेको हुनुपर्छ। गाडीको डिजाइन गर्ने कोही न कोही त हुन्छ भने हामी मानिसहरूको चाहिं हुँदैन र?”—रमेश

“जति धेरै विज्ञानबारे अध्ययन गरें त्यत्ति नै क्रमविकासको शिक्षा अर्थहीन लाग्यो। . . . मलाई सृष्टिकर्तामा भन्दा क्रमविकासको शिक्षामा विश्‍वास गर्न अझ गाह्रो लाग्छ।”—एलेक्स

विचार गर्नुहोस्‌

अनुसन्धान गरेको दशकौं भइसके तापनि अहिले सम्म क्रमविकासको शिक्षामा सबै वैज्ञानिकहरू सहमत हुन सकेका छैनन्‌। वैज्ञानिकहरूले नै क्रमविकासमा सहमति जनाउन सकेका छैनन्‌ भने यो सिद्धान्तमा तपाईंले प्रश्‍न उठाउनु गलत होइन।

योजना बनाऔं!

  • मानिलिनुहोस्‌ स्कुलको साथीले तपाईंलाई यसो भन्यो: “तिमीलाई ईश्‍वर छ जस्तो लाग्छ? मलाई त लाग्दैन।” उसलाई कसरी जवाफ दिनुहुन्छ लेख्नुहोस्‌।

थप कुराहरू हेर्नुहोस्‌!

तपाईंका साथीहरू के भन्छन्‌​—⁠ईश्‍वरमा विश्‍वास

www.jw.org मा तपाईंका साथीहरू के भन्छन्‌ —ईश्‍वरमा विश्‍वास भन्‍ने अङ्‌ग्रेजी भिडियो हेर्नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने