प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm19 पृ. ७-८
  • जानकारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जानकारी
  • २०१९ अधिवेशन कार्यक्रम
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विशेष सभा
  • जानकारी
    २०१८ अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२० अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२४ अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२३ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०१९ अधिवेशन कार्यक्रम
CO-pgm19 पृ. ७-८

जानकारी

परिचारकहरू परिचारकहरू तपाईँकै मदतका लागि खटाइएका हुन्‌। तिनीहरूले गाडी पार्क गर्ने, भीडभाड नगर्ने, सिट रोक्ने अनि अन्य विषयमा निर्देशन दिन्छन्‌। कृपया ती निर्देशनहरू पालन गरेर तिनीहरूलाई सघाउनुहोस्‌।

बप्तिस्मा बप्तिस्मा गर्न तयार भएकाहरूको लागि प्रायजसो मञ्चअगाडिका सिटहरू छुट्ट्याइन्छ। तिनीहरू दोस्रो दिन बिहान बप्तिस्मा भाषण सुरु हुनुअघि नै ती सिटहरूमा बसिसकेको हुनुपर्छ। हरेकले तौलिया र बप्तिस्मा गर्दा लगाउन मिल्ने भद्र पोसाक ल्याउनुपर्छ।

अनुदान अधिवेशनमा उपस्थित हुनेहरूले कार्यक्रमबाट आनन्द उठाउन सकून्‌ र यहोवासित अझ नजिक हुन मदत पाऊन्‌ भन्‍ने उद्देश्‍य राखेर प्रशस्त सिट, साउन्ड सिस्टम, भिडियो उपकरणहरू र अन्य थुप्रै सेवाको प्रबन्ध मिलाउन निकै रकम खर्च भएको छ। तपाईँको स्वैच्छिक अनुदानले यी खर्चहरू बेहोर्न मदत दिन्छ। यस अनुदानले विश्‍वव्यापी काममा पनि मदत पुऱ्‍याउँछ। अनुदान बाकस भनी स्पष्टसित लेखिएका बाकसहरू तपाईँको सुविधाको लागि यस भवनको ठाउँ-ठाउँमा राखिएका छन्‌। तपाईँले दिनुहुने अनुदानको कदर गरिन्छ। राज्य गतिविधि अघि बढाउन तपाईँले उदारचित्तले दिनुहुने अनुदानको लागि परिचालक निकाय तपाईँलाई धन्यवाद दिन चाहन्छ।

प्राथमिक उपचार कृपया याद गर्नुहोस्‌, यो सेवा आकस्मिक उपचारका लागि मात्र हो।

हरायो/पायो बेवारिसे सामानहरू हरायो/पायो विभागमा बुझाउनुपर्छ। तपाईँको केही सामान हराएको छ भने यस विभागमा सम्पर्क राख्नुहोस्‌। यदि हराएको कुनै बच्चा भेट्टाउनुभयो भने यस विभागमा लैजानुहोस्‌। तर यस विभागमा काम गर्नेहरूलाई अनावश्‍यक बोझ नबोकाउन कृपया आफ्ना छोराछोरीको रेखदेख राम्ररी गर्नुहोस्‌ र तिनीहरूलाई आफूसँगै राख्नुहोस्‌।

सिटको व्यवस्था कृपया अरूप्रति विचारशील हुनुहोस्‌। नबिर्सनुहोस्‌, आफ्नै परिवारका सदस्यहरू र एउटै सवारी साधनमा यात्रा गर्नेहरू, एउटै घरमा बस्नेहरू र हाल तपाईँसित बाइबल अध्ययन गरिरहेकाहरूको लागि मात्र सिट रोक्न सकिन्छ। यदि तपाईँले सिट रोक्नुभएको होइन भने कृपया त्यसमा आफ्नो सामान नराख्नुहोस्‌।

स्वयंसेवा अधिवेशनमा तपाईँ कुनै काममा मदत गर्न चाहनुहुन्छ भने कृपया जानकारी तथा स्वयंसेवा विभागमा सम्पर्क राख्नुहोस्‌।

विशेष सभा

राज्य प्रचारकहरूका लागि स्कुल आफ्नो सेवा विस्तार गर्न चाहेका २३ देखि ६५ वर्षबीचका अग्रगामी सेवकहरू तेस्रो दिनको दिउँसो हुने यस सभामा उपस्थित हुन सक्छन्‌। यो सभा हुने समय र स्थानबारे घोषणा गरिनेछ।

यहोवाका साक्षीहरूको परिचालक निकायद्वारा आयोजित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने