प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd पाठ १
  • अरूमा चासो राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूमा चासो राख्नुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—साक्षी दिन सकियोस्‌ भनेर अनौपचारिक कुराकानी सुरु गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd पाठ १

कुराकानी थाल्नुहोस्‌

येसु इनारनेर एउटी स्त्रीसित कुरा गर्दै हुनुहुन्छ।

युह. ४:६-९

पाठ १

अरूमा चासो राख्नुहोस्‌

सिद्धान्त: “प्रेम[ले] . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरि. १३:४, ५.

येसुले के गर्नुभयो?

येसु इनारनेर एउटी स्त्रीसित कुरा गर्दै हुनुहुन्छ।

भिडियो: येसु इनारमा एउटी स्त्रीलाई भेट्‌नुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ४:६-९ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. येसुले कुराकानी थाल्नुअघि त्यस स्त्रीको कुन कुरा याद गर्नुभयो?

  2. ख. येसुले भन्‍नुभयो: “मलाई पानी पिउन देऊ।” कुराकानी थाल्ने यो तरिका किन प्रभावकारी थियो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. हामीले साक्षी दिन लागेको व्यक्‍तिलाई चासो लाग्ने विषयबाट कुराकानी थाल्यौँ भने राम्रो कुराकानी हुन सक्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. परिस्थितिअनुसार कुराकानी गर्नुहोस्‌। आफूले तयारी गरेको विषयबाटै कुराकानी थाल्नुपर्छ भन्‍ने सोचाइ नराख्नुहोस्‌। मानिसहरूले सोचिरहेको विषयबाट कुरा थाल्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  1. क. ‘आजभोलि समाचारमा के छ?’

  2. ख. ‘मेरा छिमेकीहरू, सहकर्मीहरू वा सहपाठीहरू केबारे कुरा गर्दै छन्‌?’

४. अवलोकन गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  1. क. ‘मैले कुरा गर्न लागेको व्यक्‍ति के गर्दै छन्‌? तिनी केबारे सोचिरहेका हुन सक्छन्‌?’

  2. ख. ‘तिनको पहिरन, रूपरङ्‌ग वा घरले तिनको विश्‍वास वा संस्कृतिबारे के बताउँछ?’

  3. ग. ‘के यो तिनीसित कुराकानी गर्ने उपयुक्‍त समय हो?’

५. सुन्‍नुहोस्‌।

  1. क. धेरै नबोल्नुहोस्‌।

  2. ख. तिनलाई आफ्नो कुरा व्यक्‍त गर्न प्रोत्साहन दिनुहोस्‌। उपयुक्‍त छ भने प्रश्‍नहरू सोध्नुहोस्‌।

यी पदहरू पनि हेर्नुहोस्‌:

मत्ति ७:१२; १ कोरि. ९:२०-२३; फिलि. २:४; याकु. १:१९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने