प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ९/१ पृ. ८-९
  • येशूले नम्रताको शिक्षा दिनु हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले नम्रताको शिक्षा दिनु हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • नम्रताको पाठ
    सबैभन्दा महान्‌ पुरुष
  • नम्रताबारे महत्त्वपूर्ण पाठ
    येसु—बाटो, सत्य र जीवन
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाको उपासनाका लागि जोस
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ९/१ पृ. ८-९

येशूको जीवन र सेवकाई

येशूले नम्रताको शिक्षा दिनु हुन्छ

सिजरिया फिलिप्पीको नजिक क्षेत्रमा भूत लागेको ठिटालाई निको पारि सकेपछि, येशू आफ्नो घर कफर्नहुममा फर्कने इच्छा गर्नुहुन्छ। तथापि, उहाँको मृत्यु र त्यस पश्‍चात्‌ चेलाहरूले उठाउनु पर्ने जिम्मेवारीका लागि तिनीहरूलाई तयार पार्न, उहाँ यस यात्रामा तिनीहरूसित मात्र केही समय एकान्तमा बिताउन चाहनुहुन्छ। तिनीहरूलाई सम्झाउँदै, उहाँ भन्‍नुहुन्छ: “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्‌, तर तेस्रो दिनमा उसको पुनरुत्थान हुनेछ।”

येशूले यस कुरालाई पहिले नै भनी सक्नु भएको छ र तीन जना प्रेरितहरूले ता उहाँको रूप परिवर्त्तन भएको पनि देखेका थिए र त्यही अवसरमा उहाँको “प्रयाण” बारे छलफल भएको थियो। तापनि उहाँका चेलाहरूले त्यस कुरालाई अझ पनि राम्रोसँग बुझेका छैनन्‌। येशू मारिनु हुनेछ भन्‍ने कुरालाई तिनीहरू मध्य कसैले पनि पत्रुसले झैं इन्कार गर्ने कोशिश ता गर्दैनन्‌। तापनि, यस विषयमा उहाँसित अझै अरू प्रश्‍न गर्न तिनीहरू डराउँछन्‌।

अब उहाँहरू कफर्नहुममा आइपुग्छन्‌ र यो ठाउँ येशूको सेवकाईको दौरानमा एक प्रकारको गृह केन्द्र जस्तो भएकोछ। कफर्नहुम, पत्रुस र अरू प्रेरितहरूको गाउँ-घर पनि हो। यहाँ, मन्दिरको तिरो उठाउनेहरू पत्रुसकहाँ आउँछन्‌। शायद कुनै स्थापित चलनलाई येशूले भङ्‌ग गरेको दोष लगाउने प्रयासमा तिनीहरूले पत्रुसलाई सोध्छन्‌: “के तिमीहरूका गुरुले दुई ड्राक्मा (मन्दिरको) तिरो तिर्दैनन्‌?”

“तिर्नु हुन्छ,” भनी पत्रुसले जवाफ दिन्छन्‌।

केही समय पछि येशू पनि घर आइ पुग्नु हुँदा, त्यहाँ घटेको यस घटना बारे उहाँलाई जानकारी हुन्छ। यसकारण, पत्रुसले कुरा उठाउनु भन्दा अघि नै, येशूले यो प्रश्‍न गर्नु हुन्छ: “ए शिमोन, तिमी के विचार गर्छौ? पृथ्वीका राजाहरूले महसुल वा कर को सँग उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराइहरूबाट?”

“पराइहरूबाट,” भनेर पत्रुसले उत्तर दिन्छन्‌।

येशू भन्‍नुहुन्छ: “उसो भए छोरा-छोरीहरूले ता माफी पाएका रहेछन्‌।” येशूका पिता, ब्रह्‍माण्डका राजा हुनुहुन्छ जसको उपासना त्यस मन्दिरमा गरिन्छ। यसकारण, कानूनन्‌ परमेश्‍वरको छोराले तिरो तिर्नु न पर्ने हो। तर येशू भन्‍नुहुन्छ: “हामीबाट तिनीहरू नचिढ़िनाको लागि तिमी समुद्रमा गएर बल्छी थाप, र पहिले आएको माछा लेऊ, र त्यसको मुख खोले पछि [चार ड्राक्मा न्यु .व.] तिमीले एउटा शेकेल पाउनेछौ। त्यो लिएर तिम्रो र मेरो भनेर तिनीहरूलाई तिरिदेऊ।”

कफर्नहुमबाट फर्किए पछि, शायद पत्रुसको घरमा चेलाहरू भेला भएर सोध्छन्‌: “स्वर्गको राज्यमा सबै भन्दा ठूलो को हो?” तिनीहरूले यो प्रश्‍न सोधेको कारण उहाँ जान्‍नु हुन्छ। सिजरिया फिलिप्पीबाट फर्कंदा, तिनीहरू उहाँका पछि पछि हिंड़िरहेको बेला, तिनीहरूको आपसमा के कुरा भइरहेको थियो, येशूलाई थाह छ। यसकारण तिनीहरूलाई उहाँ सोध्नुहुन्छ: “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ, हँ?” लाज मानेर, चेलाहरू चुप्‌लागेर बस्छन्‌ किनकि तिनीहरू बीच को ठूलो हो भनी बाटोमा तिनीहरूले आपस्तमा बिवाद गरिरहेका थिए।

येशूले तिनीहरूलाई तीन वर्ष देखिन्‌ शिक्षा दिनु भएर पनि, तिनीहरू बीच यस प्रकारको बिवाद हुनु के एउटा अविश्‍वसनीय कुरा होइन र? यसबाट मानव असिद्धताको गहिरो प्रभाव, साथै आ-आफ्नो धार्मिक संस्कार प्रकट हुन्छ। चेलाहरू जुन यहूदी धर्म समाजमा हुर्केका थिए, त्यहाँ जीवनको हर व्यवहारमा, ओहदा अथवा पदलाई महत्त्व दिने चलन थियो। साथै, शायद येशूले राज्यका केही “साँचा” दिने प्रतिज्ञा गर्नु भएको हुनाकारण, पत्रुसले आफूलाई अरू भन्दा ठूलो ठानेको हुन सक्छ। र येशूको रूप परिवर्तन देख्ने विशेषाधिकार पाएको हुनाकारण, याकूब र यूहन्‍नाको मनमा पनि त्यस्तै प्रकारको विचार आएको हुनसक्छ।

कुरा जे भएता पनि, तिनीहरूको दृष्टिकोणलाई सच्याउने प्रयास गर्दै, येशूले एउटा हृदय स्पर्शी प्रदर्शन गर्नु हुन्छ। उहाँले एक जना सानो बालकलाई बोलाउनु हुन्छ र त्यसलाई तिनीहरूका बीचमा राख्नु हुन्छ, र त्यसलाई अगांलो हालेर भन्‍नुहुन्छ: “तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा पस्ने छैनौं। यसकारण जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ। औ जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई ग्रहण गर्ला त्यसले मलाई ग्रहण गर्दछ।”

आफ्ना चेलाहरूको विचारमा सुधार ल्याउने यो कस्तो अद्‌भुत तरीका हो! येशू तिनीहरूसित रिसाउनु हुन्‍न र तिनीहरूलाई घमण्डी, लोभी, वा उच्चाभिलाषी पनि भन्‍नुहुन्‍न। बरू साना बालकहरूको उदाहरण प्रयोग गर्दै, उहाँले आफ्नो सुधारपूर्ण शिक्षा दिनु हुन्छ किनभने बालकहरूको विशिष्ट गुणनै नम्रता र महत्वाकांक्षा रहित हुनु हो र तिनीहरूमा साधारणतया ओहदा वा दर्जाको कुनै विचार हुँदैन। अतः नम्र बालकहरूमा हुने यी गुणहरू उहाँका चेलाहरूमा हुनु पर्दछ भनी येशू देखाउनु हुन्छ। र अन्तमा, कुरा टुङ्‌ग्‌याउदै येशू भन्‍नुहुन्छ: “तिमीहरू सबैमा जो सबै भन्दा सानो छ, त्यही ठूलो हुन्छ।” मत्ती १७:२२-२७; १८:१-५; मर्कूस ९:३०-३७; लूका ९:४३-४८.

◆ कफर्नहुममा फर्किए पछि, येशूले कुन शिक्षालाई फेरि दोहराउनु हुन्छ, र त्यसलाई मानिसहरूले कसरी ग्रहण गर्छन्‌?

◆ येशूलाई मन्दिरको तिरो तिर्नुपर्ने आवश्‍यकता किन छैन, तर फेरि उहाँले त्यो किन तिर्नुहुन्छ?

◆ चेलाहरू बीच के कारणले गर्दा वाद-विवाद चलेको हुन सक्छ र येशूले तिनीहरूको विचारमा कसरी सुधार ल्याउनु हुन्छ? (w88 2/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने